• १४ असार २०८१, शुक्रबार

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

blog

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, असार १० गते । सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा २१ निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्री शर्माले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

त्यस्तै यही असार २७ देखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनको भ्रमण स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।