बझाङ केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गए
असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि यस क्षेत्र वरिपरि केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिन अझै तीन दिन लाग्ने
नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै तीन दिन लाग्ने भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भागबाट मनसुन पूर्णरुपमा बाहिरिएपनि पूर्वी क्षेत्रबाट बाहिरिन भने अझै तीन दिन लाग्ने देखिएको छ ।
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुई जना नियन्त्रणमा
काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एक जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बैठक जारी रहेको हो ।
एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जैसी निर्विरोध
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैसी निर्विरोध निर्वाचित हुनु भएको छ । अन्य पदाधिकारीहरू समेत सर्वसम्मत हुनुभएको हो ।
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ । असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।
सात वर्षमा बनेको पुल १० महिनामै भत्किन थाल्यो
२०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।
इजरायलबाट शव ल्याउन केही समय लाग्छ : परराष्ट्र मन्त्रालय
इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ ।
भ्रष्टाचार रोक्न पदमा बस्नेले मानसिकता बदल्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताउनुभएको छ ।
काभा भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई हरायो
काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले बुधबार अफगानिस्तानको विजय यात्रामा पूर्णविराम लगाएको छ ।
इजरायलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना
इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजरायलीहरूको मृत्यु भएको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताउनुभएको छ ।
बानेश्वर नजिकै बागमती किनारमा युवकको शव
काठमाडौं महानगरपालिका-३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बागमती खोला किनारामा आज (बुधबार) एक युवकको शव भेटिएको छ ।
प्रहरी हिरासतमा कुटिएको भन्दै थुनुवाले दिए उजुरी
वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ। आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको भनाइ उहाँको छ।
सहसचिव र उपसचिवको विज्ञापन रोकियो
लोक सेवा आयोगले बुधवार (आज) गोरखापत्रमा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन भएन । आयोगले मङ्गलवार निर्णय गरी बुधवारको तालिकामा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन गर्न नसकिने सूचना जारी गरेको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित
यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको छ ।
मानसिक समस्यामा सबैभन्दा बढी महिला
गुल्मीमा मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी महिला परेका छन् ।
हात्तीको आक्रमणबाट बालकको मृत्यु
सर्लाहीमा घाँस काट्न जङ्गल गएका एक बालकको मङ्गलबार बिहान हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ ।
यस वर्षको वर्षा सरदरभन्दा कम
नेपालमा यस वर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ ।
सरकारी तथा गैरसरकारी निकाय भूकम्पपीडित प्रभावित क्षेत्रमा
बझाङमा केन्द्रबिन्दु बनाई मंगलबारदेखि पटक पटक गएको भूकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा क्षति भएको छ ।
नेपालगञ्जमा हट्यो कर्फ्यु र निषेधाज्ञा
स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हटेको छ । आठ दिनदेखि नेपालगञ्जमा लगाउँदै आइएको कर्फ्यु र निषेधाज्ञा मङ्गलबारबाट हटेको हो ।
बझाङमा थप भूकम्प मापकयन्त्र जडान
बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ ।
अरिङ्गालले चिल्दा दुईको मृत्यु, एक घाइते
जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालको चिल्दा दुई बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भूमि आयोगका तीन कर्मचारी घुससहित पक्राउ
राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् । हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
इजरायलमा उद्धार प्रयास
गत शनिबार बिहान इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी इस्लामिक समूह हमासले आक्रमण गर्दा दस जना नेपाली विद्यार्थीको हत्या भयो । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका दस जना विद्यार्थीको मृत्यु, चार जना घाइते र एक जना हराइरहेकाले आमनेपाली यतिबेला चिन्तित छन् । मित्रराष्ट्र इजरायलमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत नेपालका कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गरी