सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।
कलेज बसले शव बोकेको गाडीलाई ठक्कर दियो, २० घाइते
पूर्वपश्चिम राजमार्गको भरतपुर–९ टिकौली जङ्गल क्षेत्रमा बुधबार बिहान कलेज बसले शव बोकेको गाडीलाई ठक्कर दिँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
केहीबेरमा कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ ।
कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक बस्दै
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गर्न बैठक बोलाएको छ । कक्षा १२ को नतिजा प्रकाशन गर्न आज (मङ्गलबार) साँझ ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा
गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
नेपाल प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । मङ्गलबार नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा भएको हो ।
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
बरामद सुन ६० किलो सात सय ८९ ग्राम
मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ ।
बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी रहेको छ ।
अर्थतन्त्र सुधार्न प्रधानमन्त्रीलाई निजी क्षेत्रले दियो सुझाव
सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ ।
हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ ।
सिर्जना भएका सबै दायित्वको भुक्तानी हुन्छः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच छलफल भएको छ । आज (सोमबार) अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ ।
संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षीसँग संवादको पहल गर्ने निर्णय
नेपाली कांग्रेसको संसदीय दलको बैठकले निरन्तर अवरुद्ध संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्ष लगायत सबै दलसँग संवादको पहल गर्ने निर्णय गरेको छ ।
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
डोल्पाको भेरी नदीको बहाव उच्च, खतरामा सदरमुकाम दुनै
लगातारको वर्षातले भेरी नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजारमा जोखिम बढेको छ । सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरी नदीको पानीको बहाव उच्च बढेपछि सदरमुकामवासीमा चिन्ता थपिदिएको छ ।
महाकाली नदीको जलसतह खतरा तह नजिक
महाकाली नदीको जलसतह बढेपछि शारदा ब्यारेजमा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ ।
कक्षा १२ को परीक्षाफल यसरी हेर्नुहाेस्
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।
घुस लिएको आरोपमा इन्जिनियरसहित दुईजना पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
देशका अधिकांश पहाडी भूभागमा भारी वर्षा
अहिले देशका अधिकांश पहाडी भूभागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदरभन्दा उत्तर (नेपाल नजिक) रहेकाले अहिले पहाडी भूभागमा भारी वर्षा भएको हो ।
पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध
गुल्मीको कालीगण्डकी गाउँपालिका –१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
एक सय ५५ सहकारी एकीकरण
गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
श्रीमतीको हत्या गरी गाडेर भागेका श्रेष्ठ पक्राउ
श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडा गाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली
नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली आयोजना गरेको छ ।