• २१ वैशाख २०८१, शुक्रबार

जापान पठाउने भनी १७ लाख बढी ठगी गर्ने पक्राउ

blog

काठमाडौं, असोज २१ गते । वैदेशिक रोजगारीका लागि जापान पठाउने भनी १७ लाख २५ हजार रुपियाँ ठगी गर्ने म्याग्दी रघु गाउँपालिका – १ का दुर्गा बहादुर भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार हाल काठमाडौँको तारेकेश्वर नगरपालिका – ७ बस्दै आएका ५८ वर्षीय भट्टचनले पूर्ण विश्वकर्मासहित तीन जनालाई वर्किङ भिसामा जापान जान प्रतिव्यक्ति १२ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि ग्लोबल पीग फर्ममा मासिक दुई लाख २० हजार रुपियाँभन्दा बढी कमाइ हुने भन्दै प्रलोभनमा पारेका थिए ।

मलेसियन एयरलाइन्सको टिकट समेत पाएका पीडितहरूले विमानस्थलमा चेकजाँच गर्दा सो भिषा र टिकट नक्कली भएको जानकारी पाएपछि आफूहरू ठगी भएको थाहा पाएका थिए ।

प्रहरीका अनुसार उनलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।