उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चीन भ्रमणमा रहनु भएका श्रेष्ठलाई गए राती हृदयाघात भएको थियो ।
रुसले गाजामा २७ टन मानवीय सहायता पठायो
रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपत्कालीन मन्त्रालयले बताएको छ ।
सहायता सामग्री पुर्याउन गाजा सीमा खोल्ने सम्झौता
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता सुरु गर्नुभएको छ ।
नेपालको शानदार सुरुआत
नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा बुधबार विजयी सुरुआत गरेको छ । टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३–० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बहराइनबाट जानकारी गराउनुभयो ।
प्रेस काउन्सिलमा उजुरी बढे, आचारसंहिता उल्लङ्घनमा विभिन्न कारबाही
प्रेस काउन्सिल नेपालमा पछिल्लो ३ महिनामा आचारसंहिता उल्लंघनका घटनामा १३२ वटा उजुरी र जनगुनासो परेका छन् ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दुमा कायम भएको हो ।
ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान
‘तेस्रो एशिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ ।
गाजासम्बन्धी प्रस्ताव पारित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् असफल
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा मानवीय युद्धविरामका लागि आह्वान गर्ने रुसी मस्यौदासम्बन्धी प्रस्ताव पारित गर्न असफल भएको छ ।
मुस्ताङको संस्कृतिप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण मुस्ताङको ऐतिहासिकता, भौगोलिकता, संस्कृति र परम्परामा पुगेको क्षतिबारे सरकार संवेदनशील भएको बताउनुभएको छ ।
हिमपात हुँदा किसान खुसी
सोमबार माथिल्लो मनाङमा हिमपात भएको छ । हिमपात भएपछि बालीनाली सप्रिने भएकाले यहाँका कृषक खुसी भएका छन् ।
ट्विनेटर विमान खरिद गर्ने प्रक्रिया रोकिँदैन : मन्त्री किराँती
पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया नरोकिने बताउनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मेलनमा सहभागी
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।
गाजा अस्पतालमा हवाई आक्रमण : सयौंको मृत्यु
गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।
इजरायलबाट १९ जना ल्याइयो
इजरायलमा विद्रोही समूह हमासको आक्रमणपछि असुरक्षित अनुभव गरी स्वदेश फर्काउन आग्रह गरेपछि १९ जनालाई पुनः ल्याइएको छ । इजरायलमा रहेको नेपाली दूतावासमा निवेदन दिएकालाई मङ्गलबार राति ल्याइएको हो । भारत सरकारको उद्धार जहाजमार्फत इजरायलको तेलअभिभबाट १९ जना नेपाली नयाँ दिल्ली आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उनीहरू मङ्गलबार बिहान इजरायलको स्थानीय समय अनुसार बिहान ९ बजे उडेका थिए । उहाँले भन्नुभयो, “इजरायलमा श्रमिकका रूपमा कार्यरत १९ जनाले नेपाल फर्किन निवेदन दिनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा
प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङको जोमसोममा आउनुभएको छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड मुस्ताङ आउनुभएको हो ।
नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
नवरात्रको चौँथो दिन दसँैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
इजरायलबाट थप १९ जना नेपालीको उद्धार
आतङ्कवादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि..
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ ।
पदमुक्त भएपछि नगरपालिका उपस्थित हुनु भएन मौलापुर नगरप्रमुख साह
रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रीनाकुमारी साहको पद गुमेपछि उहाँ मङ्गलबार नगरपालिका उपस्थित हुनुभएन । मङ्गलबार नै निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएपछि उहाँ पालिकामा अनुपस्थित रहनुभएको हो ।
वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान
बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
साइपालबाट चार करोड मूल्य बराबरको भेडा निर्यात
हिन्दुहरुको महान चाड दसैं सुरु भएसँगै जिल्लाको उत्तरी भेगमा पर्ने साइपाल गाउँपालिकाबाट झण्डै चार करोड रुपियाँ मुल्य बरावरका भेडा बिक्रीका लागि पोखरा लगिएका छन् ।
एनआरएनएको महाधिवेशन राष्ट्रपति पौडेलबाट उद्घाटन (प्रत्यक्ष प्रसारण)
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । महाधिवेशन कात्तिक ३ गतेसम्म चल्ने छ ।
एनआरएनएको महाधिवेशनको आजदेखि, अध्यक्षमा चार प्रतिस्पर्धी
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन आज असोज ३० देखि कात्तिक ३ गते सम्म काठमाडौँमा हुन लागेको हो ।
लम्पी स्किनका कारण ७४ अर्ब क्षति
मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।