सार्कका नयाँ महासचिवले सम्हाल्नुभयो कार्यभार
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हाल्नुभएको छ ।
बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण
विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ ।
मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थलमा
मुगुको मुन्दुगाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।
टी-२० विश्वकप छनोटमा खेल्ने, नेपाल टिमको चयन
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार घोषित टिममा रोहित पौडेलको कप्तान पद यथावत् छ ।
आज राति खण्डग्रास चन्द्रग्रहण
शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । शनिबार राति ११:४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आइतबार बिहान १:२० बजे ढाक्ने छ । ग्रहणको मध्य आइतबार बिहान १:५९ बजे हुने छ भने आइतबार बिहान २:३८ बजे ढाक्न छोड्ने छ । बिहान ४:१२ बजे विरल छायाले ढाक्न छोड्ने छ ।
अटो दुर्घटनामा पाँच घाइते, एकको अवस्था गम्भीर
रुकुमपश्चिमको मुसिकोट नगरपालिका –४ बोहरागाउँमा अटो दुर्घटना भएको छ । मुसिकोट नगरपालिका १ खलङगाबाट वडा ४ सोलाबाङ्गतर्फ जाँदैगरेको रा १ ह ७३०९ नम्वरको अटो आज दिउँसो साढे ४ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गापा अध्यक्षमाथि गोली प्रहार गर्नेलाई पक्राउ गर्न माग
सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादव (बब्लु) माथि गोली प्रहार भएको छ । दोषीको तत्काल पहिचान गरी पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
तनहुँमा रोकिएन डेंगुको सङ्क्रमण
तनहुँमा फैलिएको डेंगुको प्रकोप बढ्दो छ । जिल्लामा छ हजारभन्दा बढीमा सङ्क्रमित भएको पुष्टि भइसकेको छ । तनहुँका करिब दैनिक एक सय जनामा डेंगुको सङ्क्रमण थपिरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
मुगुको मुन्दुगाउँमा चार जनाको हत्या
मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका चार जनाको हत्या गरिएको छ ।
वरिष्ठ क्याप्टेन सेढाईंको अन्येष्टि
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका
नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमित आमाबुवाबाट संक्रमणमुक्त बालबालिका जन्मिरहेका छन् ।
तोकिएभन्दा बढी भाडा असुल्दै सवारी साधन
चाडवाडमा सवारी साधनले यात्रुवाट तोकिएभन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ । बिभिन्न स्थानमा तोकीएभन्दा डबल बढीसम्म भाडा असुल्ने गरेको यात्रुको गुनासो छ ।
दसैंमा सात करोडभन्दा बढीको खसी–भेडा बिक्री
यस पटकको दसैंमा हुम्लामा सात करोडभन्दा बढी रुपियाँको खसीभेडा बिक्री भएको पाइएको छ । चीनबाट च्याङ्ग्रा नआउनु र स्थानीय खसीको मुल्य बृद्धि भएका कारण खसी बिक्रीमा बढी आर्थिक कारोवार भएको कृषकको भनाइ छ ।
नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् ।
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।
क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु
मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चाडपर्वमा सवारी दुर्घटना : यो वर्ष तुलनात्मक कम
नेपाल प्रहरीले चाडपर्वको समयमा हुने सार्वजनिक सवारी साधनको दुर्घटना यो वर्ष कम भएको बताएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते
धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार रुकुमपश्चिम आउनुहुँदै
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुमपश्चिम आउनुहुने भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आउनुहुने भएको हो ।
सम्भावित दुर्घटनाबाट बचाउन नदीमा उद्धार टोली तैनाथ
सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको कम्दीस्थित राप्ती नदीमा उद्धार टोली तैनाथ पारिएको छ । दुर्गा मुर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन राप्ती नदीको सिधनीया घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
जमुनाहा नाका आज राति ८ बजेसम्मका लागि बन्द
नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एकदिनका लागि बन्द गरिएको छ ।
दसैँमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति
दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भई नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घटेको छ ।
मुस्लिम सदस्यहरुले पनि लगाए दसैंको टीका जमरा
सदभावको सहरको रुपमा परिचित नेपालगन्जमा बडा दसैंको दिन शुभसाइतमा मंगलवार मुस्लिम समुदायका अगुवाहरुले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् ।