कोइरालाकै अडानमा बन्यो संविधान
बहुआयामिक, सादगी जीवनशैली र निष्ठावान् राजनीतिज्ञ सुशील कोइरालाले २०७२ असोज ३ गते संविधान घोषणा गर्दा साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुभयो । ‘हलिउडको नायक बन्ने’ बाल्यकालको सपना पूरा नभए पनि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति कोइरालाले नेपालको संविधान घोषणाका लागि नायकत्व प्रदान गर्नुभयो ।
समावेशी सवाल : अधिकार हो कि दयाको व्यवहार
नेपाल आदिबासी ज्ञान सम्मेलन २०८२ मा सङ्घीयता कार्यान्वयनका विभिन्न सवालमा बहस भएका छन् । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा राजनीतिशास्त्री एवम् प्राध्यापक कृष्ण खनालले बहुजातीय राज्य व्यवस्थापनका लागि सङ्घीयता एक उपयुक्त राजनीतिक संयन्त्र भएको बताउनुभयो ।
स्वास्थ्य बीमा बन्द गर्न दिनु हुँदैन : प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौंँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भएपनि अहिले अवरोध आएकोमा दुःख प्रकट गर्नुभएको छ ।
मतदाता शिक्षा विशेष कार्यक्रम फागुन ३ देखि १७ सम्म
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुने भएको छ ।
स्वास्थ्य बिमा सेवामा न्यूनतम दररेट दाबी गर्न निर्देशन
स्वास्थ्य बिमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीको न्यून दररेट मात्र दाबी गर्न अस्पताललाई निर्देशन दिएको छ।
स्वर्णसहित दोहोरो अङ्कमा पदक ल्याउने गरी प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ ।
एडभेन्चर रनिङ महासङ्घद्वारा खेलाडी सम्मानित
नेपाल एडभेन्चर रनिङ महासङ्घले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा/ट्रेल रेसमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ ।
३५५ ऐनसहित सङ्घीय स्तरमा १ हजार १ सय ३० कानुन निर्माण
सङ्घीय स्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानुन, नियमावली तथा निर्देशिका निर्माण भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियो
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
देशको अप्ठ्यारो परिस्थितिमा निकास दिने कांग्रेस मात्रै हो : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको अप्ठ्यारो परिस्थितिको निकास कांग्रेसले मात्रै दिने गरेको बताउनुभएको छ ।
मन्त्री थापाद्वारा खोप अभियान शुभारम्भ, देशभर तीन लाख ५० हजारलाई खोप दिइने
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आज भक्तपुरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने अभियान शुभारम्भ गर्नुभएको छ ।
निर्वाचनमा प्राथमिक उपचारक खटाइँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाल रेडक्रस सोसाइटिले एक हजार जना प्राथमिक उपचारक खटाउने भएको छ ।
विजय मल्ल नइ शताब्दी पदक ३४ स्रष्टालाई प्रदान गरिने
नइ एकेडेमीले नेपाली भाषा-साहित्यका सुविख्यात स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा ३४ जना व्यक्तित्वलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित
राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।
महासंघको पहलमा नेपाल-कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल
नेपाल र कतारबिच समग्र आर्थिक विकास, पर्यटन प्रवर्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ ।
राष्ट्रिय सभाको शून्य समयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का, महँगी नियन्त्रणसहित आगामी निर्वाचनको सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित
राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।
काठमाडौँ–१० मा स्थानीय उम्मेदवारका स्थानीय ‘एजेन्डा’
राजधानी उपत्यकाकै भाग भए पनि विकासमा पछि परेको काँठ क्षेत्र हो काठमाडौँ निर्वाचन क्षेत्र नं १० । काठमाडौँ महानगरपालिकाले नछुने एक मात्र निर्वाचन क्षेत्र पनि यही नै हो ।
भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको हो : प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ ।
नवजात शिशुको मृत्युदरमा सुधार
नेपालमा एक महिना नपुग्दै १७ जना नवजात शिशुको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ ।
राष्ट्रिय सभाकाे बैठक सुरु
राष्ट्रिय सभा
हिमाली जिल्लामा एचपिभी खोप अभियान चैत–वैशाखमा
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस विरुद्धको’ (एचपिभी)खोप कार्यक्रम हिमाली जिल्लाहरुमा चैत वैशाखमा सञ्चालन गर्ने निर्णय गरेको छ ।