तरकारीको उचित मूल्य नपाउँदा कृषक चिन्तित
पछिल्लो समय तरकारीको मूल्य ओरालो लागेर लागत मूल्यसमेत नपाउने अवस्थामा पुगेपछि कृषकहरु चिन्तित बनेका छन् ।
बाँझो जमिनमा बृहत् कृषि कार्यक्रम
दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा युबी एग्रो प्राइजर काठमाडौँले बृहत् कृषि कार्यक्रम गर्न लागेको छ ।
स्थानीय तहसँग सहकार्य गर्दै महिला समूह
शहीद लखन गाउँपालिका-७ मास्कीछाँपस्थित ‘बौद्धनाथ कोसिस महिला कृषक समूह’ की सदस्य रीता थापामगरले अहिले ११ वटा बङ्गुुर पाल्नुभएको छ । उहाँले सुरुमा नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले आयोजना गरेको १५ दिने बङ्गुर पालनसम्बन्धी तालिम लिएपछि बङ्गुर पालन सुरु गर्नभएको हो ।
बीउबिजन फार्ममै छैन पर्याप्त जनशक्ति र बजेट
कृषि बालीको मूल र प्रमाणित बीउ उत्पादन गर्ने मुलुककै ठूलो झापाको कृषि विकास फार्म जनशक्ति र बजेट अभाव खेपिरहेको छ । सरकारी स्वामित्वको यो फार्म शिवसताक्षी नगरपालिका-७ चन्द्रडाँगीको ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
नार्कका पदाधिकारीलाई कृषि मन्त्रालयमा राख्न सुझाव
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई पुनर्संरचना गर्न अध्ययन गर्न बनेको उच्चस्तरीय उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ । नार्कमा आयोजित एक कार्यक्रममा सो कार्यदलले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाललाई प्रतिवेदन बुझाएको हो । नार्कको उद्देश्य अनुरूप नियमनकारी एवं समन्वयकारी निकायका रूपमा पुनर्संरचना गरी कृषि अनुसन्धान, प्रसार र शिक्षालाई अझै प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न नार्कले गठन गरेको उच्चस्तरीय उपसमितिले तयार गरेको ठोस प्रस्तावसहितको प्रतिवेदन बुझाएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले बताउनुभयो ।
बीउ उत्पादनमा आत्मनिर्भर बनाउन माग
गुल्मीमा सहभागी एक कार्यक्रमका कृषकहरूले जिल्लालाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने माग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा कृषकलाई व्यावसायिक बीउ उत्पादनका लागि बीउबिजन व्यवसायी अनुमतिपत्र प्राप्त गर्न आवश्यक पर्ने तालिममा सहभागी कृषकहरूले यस्तो बताएका हुन् ।
प्राकृतिक खेती प्रणालीको आकर्षण बढ्दो
पछिल्लो समय बाजुराका अधिकांश किसान प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएका छन् । यो प्रविधिले खेती गर्दा स्वास्थ्यलाई फाइदा हुनुका साथै जमिनको समेत उर्वराशक्ति बढ्दै जाने भएकोले पछिल्लो समय किसान यो प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएका हुन् ।
फेरियो गाउँले शैली
काठमाडौँबाट पूर्व एक नम्बरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखासम्मका गाउँमा बनेका घिउ, नौनी, पनिर र छुर्पी विगतमा काठमाडौँ उपत्यकामा सहजै पाइन्थ्यो । अझ चाडपर्वमा दूध–दही छेलोखेलो हुन्थ्यो। एकाध परिवारको मात्र विशेष कारणले दूध–दही हुँदैनथ्यो । अहिले गाउँमा अवस्था उल्टिएको छ । एकाध परिवारमा मात्र दूध–दही भेटिन्छ । जसको घरमा पाखुरा दह्रो भएको मान्छे सहर र विदेश पसेको छैन उसका घरमा मात्रै दूध–दही दिने गाई–भैँसी देखिन्छन् ।
सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित
स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।
किवी खेतीबाट वार्षिक पाँच लाख बढी आम्दानी
गौमुखी गाउँपालिका–३ रजबाराका नरेन्द्र मल्लले व्यावसायिक रूपमा किवी खेती गर्दै आउनुभएको छ । विगत तीन वर्षदेखि उहाँले बर्सेनि किवी उत्पादन गरी विक्री गरेर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दैआएको छ ।
गोरुको सहायताले दाइँ गर्ने परम्परा हराउँदै
आधुनिक कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्ने क्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने चलन हराउँदै गएको हो ।
विश्व माटो दिवस मनाइँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी शनिबारदखि ‘विश्व माटो दिवस २०२३’ मनाउने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले यस पटक मङ्सिर १६ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रम मनाउने बताउनुभयो । माटोको गुणस्तरका बारेमा प्रचारप्रसार, मोटोको परीक्षणका बारेमा जानकारी गराउनेलगायतका विषयमा कार्यक्रम गरी मनाउने उहाँले बताउनुभयो ।
घाँसखेतीबाट कृषकको जीवन उकासिँदै
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१२ का कृषकहरू अहिले समूह नै बनाएर व्यावसायिक घाँस खेती गर्न थालेपछि उनीहरूको जीवनस्तर उकासिन थालेको छ ।
हाते ट्याक्टरको प्रयोग उच्च
पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोगमा वृद्धि भएको छ । गाउँका युवाहरू विदेश पलायन हुने र गाउँमा वृद्धवृद्धा मात्र हुँदा हाते ट्याक्टरको प्रयोगमा वृद्धि भएको हो ।
जग्गा स्वामित्वमा पुरुष र खेतीपातीमा महिला बढी
कृषि जग्गामा पुरुषको स्वामित्व बढी रहे पनि कृषि कार्य तथा खेतीपातीमा महिलाको सहभागिता बढी रहेको तथ्याङ्कले देखाएको छ । दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले जनाएको छ । नेपालको जनसङ्ख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जना (महिला–पुरुष) को नाममा जमिनको स्वामित्व रहेका छन् तर यसमध्ये ६५.५६ प्रतिशत हिस्सा पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाका छन् ।
गाउँपालिका हाँकेका पाइजाको किबी खेती
बडिगाड गाउँपालिका-५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौँबाट पाँच वटा किबीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो । साबिक धौलागिरि अञ्चलमा पहिलो पटक किबी भित्र्याएर यसको खेती सुरु गर्नुभएका पाइजा यतिबेला भने धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
बङ्गलाचुलीमा व्यावसायिक सुन्तला खेती
दाङको बङ्गलाचुली गाउँपालिका–५ कुडुले, साकिनेलगायत गाउँमा व्यावसायिकरूपमा सुन्तला खेती गर्न थालिएको छ । जिल्लामा व्यावसायिक सुन्तला उत्पादन हुन थालेपछि किसान उत्साहित बनेका छन् ।
कास्कीमा आलुखेती : निर्वाहमुखीबाट व्यावसायिकतातर्फ
झण्डै साढे तीन दशक अघिसम्म हिमाली क्षेत्रमा लगाइने आलुखेती अहिले पहाडी क्षेत्रमा व्यावसायिक रूप लिँदै गएको छ । २०४५/४६ सालतिर मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलु र कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउबाट कास्कीको हेम्जामा खेती सुरु गरिएकामा पछिल्ला वर्षमा जिल्लाका विभिन्न क्षेत्रमा विस्तार भएको हो ।
किरा लागेर सुन्तला झर्न थालेपछि कृषक चिन्तित
स्याङ्जाका सुन्तला किसान सुन्तलामा किरा लागेर झर्न थालेपछि किसान चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे किरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् ।
दूध बिक्री नभएपछि किसान चिन्तित
गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् ।
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् ।
विपन्न विद्यार्थी अध्ययन खर्च जुटाउन विद्यालयमै कुखुरापालन
आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरा पालन व्यवसाय सुरु गरिएको छ । ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसक्ने बाध्यताको अन्त्य गर्न यस विद्यालयले विद्यार्थी पढ्ने कार्यसँगै कमाउने अवसर दिन कुखुरा पालन व्यवसाय सुरु गरेको हो ।
आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला
सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउनुहुन्छ ।
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ ।