• १३ साउन २०८१, आइतबार

प्राकृतिक खेती प्रणालीको आकर्षण बढ्दो

blog

प्राकृतिक खेती प्रणालीमा लगाएको तरकारी खेती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा ,मङ्सिर १८ गते । पछिल्लो समय बाजुराका अधिकांश किसान प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएका छन् । यो प्रविधिले खेती गर्दा स्वास्थ्यलाई फाइदा हुनुका साथै जमिनको समेत उर्वराशक्ति बढ्दै जाने भएकोले पछिल्लो समय किसान यो प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएका हुन् ।

यसअघि अधिकांश किसानहरूले खेती लगाउँदा त्यसमा रासायनिक मल प्रयोग गदै आएकोले बर्सेनि माटोको उर्वरा शक्ति कम हुँदै गएको बूढीगङ्गा नगरपालिका–७ बायलका कृषक दुर्गा देवी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले यो प्रविधिबाट खेती गर्दा माटोको उर्वराशक्ति पनि बढ्ने र यसमा फलाएको खाद्यान्न बाली तथा तरकारी खेतीले मानव स्वास्थ्यका लागि पनि निकै राम्रो हुने भएकोले पछिल्लो समय हामी यो प्राकृतिक खेती प्रणालीमा लागेका हौँ ।”

प्राकृतिक उपलब्ध स्रोत तथा साधनहरूको समुचित पर्यावरणलाई कम असर पार्ने र नयाँ तथा परम्परागत रूपमा प्रयोग भएका राम्रा विधिहरूको प्रयोग गर्दै उत्पादन गर्ने प्रणाली भएकोले यतीबेला बाजुराका अधिकांश कृषक प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएको गिप्ट नेपालका कृषि प्राविधिक कृष्ण बहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक गिफ्ट नेपालको साझेदार तथा प्राविधिक सहयोग र एकीकृत सामुदायिक विकास परियोजनामा अन्तर्गत बाजुराको बुढीगङ्गा र बडीमालिका लगायतका स्थानीय निकायमा यो कार्यक्रम सुरु गरिएको छ ।”

रासायनिक मलको प्रयोगले खेतीको उर्भराशक्ती कम हुँदै गएकोले त्यसलाई जोगाउने त्यहाँ उत्पादित तरकारीले मानव स्वास्थ्यमा फाइदा हुनेगरी २०८० जेठदेखि यहाँका कृषकलाई प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित गर्दै आएको रावतले बताउनुभयो ।