तानसेनले वितरण गर्यो कुहिएको मकैको बीउ
नगरपालिकाले कुहिएको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ कुहिएको पाइएको हो । नगरपालिकाका विभिन्न वडामा वितरण गरिएको साढे ६ टन मनकामना–३, जातको मकैको बीउ कुहिएको तानसेन–९, का किसान दिनेश पाण्डेयले बताउनुभयो ।
हुम्लामा हिमपात : किसान खुसी
डेढ महिनापछिको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले सुकेको जेठासी बाली र कात्तिके बाली लगाउन सहज हुने भएपछि किसान खुसी भएका हुन् ।
बाढीले नष्ट गर्यो बगरे तरकारी खेती
कपिलवस्तुको शिवराज नगर पालिका –८ देवीपुरका कृषकले लगाएको बगरे खेती नष्ट भएको छ । आइतबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको छ ।
किसान चैते धानखेतीतर्फ आकर्षित
धनुषामा चैते धानमा किसानको आकर्षण बढ्दै गएको छ ।
उत्पादन बढाउन तरकारी तथा मसला बालीको पकेट क्षेत्रमा माटो परीक्षण
उत्पादनमा वृद्धि गर्ने अभियानका साथ वालिङको तरकारी बालीको पकेट क्षेत्रका कृषकहरुको माटो परीक्षण गरिएको छ ।
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय
नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।
रासायनिक मलको मूल्यवृद्धि फिर्ता लिन एमालेको माग
नेकपा (एमाले) ले रासायनिक मलमा भएको मूल्यवृद्धिको फिर्ता लिन माग गरेको छ । एमाले कृषि तथा पशुपन्छी विकास विभागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै रासायनिक मलमा दिँदैआएको अनुदान भारी मात्रामा कटौती गर्ने निर्णयप्रति ध्यानाकर्षण गराएको हो ।
किसान चैते धानखेतीतर्फ आकर्षित
बाँकेमा यसवर्ष गतवर्षभन्दा दोब्बर बढी क्षेत्रफलमा चैते धान लगाइने भएको छ ।
केरा खेतीतर्फ किसान आकर्षित
कम लगानीमा बढी फाइदा हुने केरा खेतीतर्फ रौतहटका कृषकहरूको आकर्षण बढेको छ ।
सप्तरीमा आँपको उत्पादन बढ्ने अनुमान
सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् ।
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो ।
गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने
गल्याङमा चैत ३ र ४ गते प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सले आलु तथा कृषि प्रदर्शनी गर्ने भएको हो ।
बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने
बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसानहरू उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसानहरू उत्पादन बढ्नेमा आशावादी देखिएका छन् ।
सात करोड लगानीमा च्याउ उद्योग
पश्चिम नवलपरासीको सदरमुकाम परासीको कुनवारमा सात करोडको लगानीमा आधुनिक च्याउ उद्योग स्थापना गरिएको छ ।
ताप्लेजुङमा सुक्न थाले अलैँचीका बोट
ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन् । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ ।
बेचिएन अदुवा, सुठो बनाउँदै किसान
पूर्वी नवलपरासीको पहाडी क्षेत्रका कृषकहरुको मुख्य नगदेबालीको रुपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन् ।
व्यासमा कृषकलाई मकैको बीउ वितरण
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो ।
बोटमा सोचेभन्दा बढी मञ्जरी, सुनसरीका किसान खुसी
सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न गाउँमा यस वर्ष आँपको उत्पादन बढ्ने देखिएको छ । माघको अन्तिमदेखि हालसम्म प्रायः सबै किसानको आँपको बोटमा लागेको मञ्जरी (फूल) लागेकाले किसानहरू खुसी भएका हुन् ।
कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी
बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।
खडेरीले सुक्यो गहुँबाली : वर्षा नहुँदा मकै रोप्न ढिलाइ
लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन ।
दालचिनीका बोक्रा र पात बेचेर राम्रो आम्दानी
जिल्लाको पश्चिम भेगका किसानले दालचिनीको पात र बोक्रा बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । एक पटकको लगानी र कम मिहिनेतमा पनि यहाँका किसानले वार्षिक दुई देखि पाँच लाख रुपियाँसम्म कमाउन सफल भएका हुन् ।
कालीमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ ।
नुवाकोटका किसानलाई आलु खन्ने चटारो
आलु खेतीका लागि उर्वरभूमि नुवाकोटका कृषकलाई आलु खन्ने चटारो छ । पछिल्लो १५ वर्षदेखि यहाँका किसानमा आलुखेतीप्रति आकर्षण बढेको छ ।
बाढीसँगै बग्छ २५ लाख टन माटो
म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ ।