‘गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वर ! गुरुसाक्षात परबह्मातस्मै श्री गुरवे नम !!’ यो सृष्टिका रचनाकार (ब्रह्मा) पनि गुरु, सञ्चालनकर्ता (विष्णु) पनि गुरु, संहारकर्ता (महेश्वर) पनि गुरु नै हुन् । गुरु नै त्यो परमतत्त्व हुन् जसबाट यो जगत् सञ्चालित छ । त्यस्ता सद्गुरुदेवलाई मेरो सादर प्रणाम छ । यसरी मानवलाई यो सृष्टिको अस्तित्व, सञ्चालन प्रक्रिया र जीवनको सार्थकताबारे ज्ञान प्रदान गर्ने गुरु नै परब्रह्मका रूपमा मानिएको छ ।
पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने बित्तिकै नेपालका व्यापारी मौज्दात रहेको चामलसमेत बढाउन थालेका हुन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन ।२०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नुको प्रमुुख उद्देश्य श्रम ऐनमा नसमेटिएका अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई आबद्ध गराउने हो तर औपचारिक क्षेत्रबाट सुरु गरियो । औपचारिक क्षेत्रमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाउने ठूलो समस्या रहेकाले त्यसलाई चिर्न र कार्यक्रम घोषणालाई सहज बनाउन सुरु औपचारिक क्षेत्रबाट गरिएको थियो ।
“आम्दानी बढेको छैन, महँगी भने दिनदिनै बढेको बढ्यै छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो,” यो भनाइ कालीमाटी तरकारी बजारमा भेटिनुभएका विकास अधिकारीको हो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टर्दैन, तेल, नुन, मसलाको खर्च छुट्टै छ । दैनिक पाँच सय रुपियाँ कमाउनेले एक छाकको तरकारीका लागि एक सय रुपियाँ कसरी खर्च गर्न सक्छ ?” उहाँले प्रश्न गर्नुभयो । उहाँ कलङ्कीको एक डिपार्टमेन्ट स्टोरमा सुरक्षा गार्डका रूपमा कार्यरत हुनुहुन्छ । मासिक १५ हजार रुपियाँको तलबले चार जनाको परिवारलाई दाल र भात मात्रै खान पनि गाह्रो छ ।
वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ तर कोरोना महामारीका कारण देखाउँँदै विगत दुई वर्षदेखि यो कार्यान्वयन हुनसकेको छैन ।
रत्नपार्कबाट थानकोटसम्म चल्ने चन्द्रागिरि यातायातका सहचालक र सोही यातायातमा सवार विनु कार्कीबीच गाडी भाडाको विषयमा सोमबार साँझ झगडा भयो । सधैँ २० रुपियाँमा ओहोरदोहोर गरेकी कार्कीसँग सहचालकले त्यो दिन २५ रुपियाँ माग्नुभयो ।
कीर्तिपुरमा घरेलु श्रमिकका रूपमा कार्यरत बिन्दु थापाको भान्सामा भातको सितन दाल र तरकारी एकै पटक पाक्न छोडेको चार महिना भइसक्यो । कि त दाल मात्रै पाक्छ कि तरकारी मात्रै । अरूकै घरमा काम गरेर थापाले कमाएको मासिक १५ हजार रुपियाँले आफूसहित दुई साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा र कोठा भाडालगायत सबै खर्च पु-याउनुपर्छ । “आम्दानी बढेको छैन, दुई वर्षदेखि एउटै तलबमा काम गरिरहेकी छु। महँगी भने बढेको बढ्यै छ,” उहाँले भन्नुभयो ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या उल्लेख्य बढेको छ । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिना अर्थात् जेठसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख ७१ हजार ७७९ पुगेको छ । यो गत आवको ११ महिनाको तुलनामा करिब चार गुणाले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार आव २०७७/७८ को ११ महिनामा एक लाख ४६ हजार ४० जनाले मात्रै श्रम स्वीकृति लिएका थिए । पछिल्लो तथ्याङ्कअनुसार एक वर्षमै स्वीकृति लिनेको सङ्ख्या करिब चार गुणाले बढेको हो । जेठमा मात्रै ७२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
वैदेशिक रोजगारीमा जाने युवा ठगिने गरेका छन् । वैदेशिक रोजगारीमा जाने क्रममा गाउँघरकै एजेन्टबाट ठगिने युवाको सङ्ख्या धेरै रहेको छ । यसबाहेक वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन् । वैदेशिक रोजागर विभागका अनुसार चालू आर्थिक वर्षको
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा सम्पन्न भएको छ । सन् २०२२ मा कृषि तथा पशुुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका निम्ति जेठ १९ गतेदेखि असार ३ सम्म सञ्चालनमा भएको भाषा परीक्षामा छ हजार १०६ जना सहभागी भएका हुुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँचवर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्नेगरी रणनीतिक योजना तयार गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख युवाले एक सय दिनको रोजगारी पाइरहेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले गएको सातादेखि चिनी बिक्री बन्द गरेको छ । साल्ट ट्रेडिङसँग रहेको मौज्दात चिनी सकिएपछि बिक्री बन्द भएको हो । साल्ट ट्रेडिङका उपमहानिर्देशक कुमार राजभण्डारीले चिनीको मौज्दात
नेपालमा तत्काल खाद्यवस्तुको अभाव हुने अवस्था नरहेको बताइएको छ । छ महिनालाई आवश्यक पर्ने खाद्यवस्तु आयात भइसकेकाले तत्काल आयात रोकिए पनि अभाव नहुने बताइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राल
आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । आन्तरिक रोजगारीको रूपमा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रममा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि पाँच अर्ब घटाएर सात अर्ब रुपियाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को संयुुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सात अर्ब पाँच करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि १२ अर्ब छुट्याएको थियो ।
असार १ गतेदेखि भैरहवाबाट पनि श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण सेवा सुरु हुने भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ देखि अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृतिका सम्पूर्ण काम भैरहवाबाट सुरु गर्न लागिएको हो । उक्त सेवा सञ्चालनका लागि वैदेशिक रोजगार विभागले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय काठमाडौँले दिँदै आएको सेवालाई आफ्नो शाखा स्थापना गरेर त्यहीबाट वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने सम्पूर्ण सेवा उपलब्ध गराउने गरी तयारी गरेको जनाइएको छ ।