हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ । विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको बताउँदै भन्नुभयो, “सुरक्षासाथ नेपालमै छाप्न सक्ने प्रकाशनगृहको खोजी हुँदा जनक शिक्षा उपयुक्त देखियो । मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन् । निजी छापाखानाले सुरक्षाका साथ छाप्न सक्ने देखिएन । सरकारी निकाय पनि भएकाले जनक शिक्षालाई यसको जिम्मेवारी दिने सहमति ग¥यौँ । स्वदेशी संस्थालाई प्रवर्धन गर्नु पर्छ । यतिका लागि विदेश जानुपर्ने आवश्यकता छैन ।”
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ। इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच सोमबार राति ११ बजे शुल्क वृद्धि नगर्ने र यही असोज २२ गते स्नातक तह (बिई/बिआर्क) को प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो । संस्थानका डिनले दबाबमा हस्ताक्षर गरेको भन्दै अध्ययन संस्थानका अन्य पदाधिकारीले अस्वीकार गरेपछि सहमति कार्यान्वयन नै शङ्काको घेरामा परेको छ ।
कमारा प्रथा उन्मूलन कसले गरे ? भन्ने जिज्ञासामा प्रायः सबैको उत्तर हुन्छ– तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणा । तर यो इतिहास गलत लेखिएको छ । कमारा प्रथाको उन्मूलनको थालनी चन्द्रशमशेर नभई तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नै गर्नुभएको थियो । उहाँले दासदासीको बेचबिखनमा मनपरी रोक्न मूल्य तोकिदिनुभएको थियो । पछि उहाँले मुलुकी ऐनमार्फत यो प्रथाको उन्मूलनको प्रयास गरे पनि खासै सफल हुन सकेन । उहाँपछिका प्रधानमन्त्री रणोद्दीप र वीरशमशेरको ध्यान यसतर्फ जान सकेन तर जम्माजम्मी ११४ दिन श्री ३ महाराजको पदवी गुथ्न पाएका देवशमशेरले यसलाई निरन्तरता दिनुभयो ।
राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने भएको छ। शिक्षकको स्थायी खुला प्रतिस्पर्धामा राहत, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकका लागि कुल दरबन्दीको ५० प्रतिशत सिट छुट्याइएको छ। बाँकी ५० प्रतिशतमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिएर पदपूर्ति गरिने छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बुधबार सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ। विधेयकमा सो प्रावधान प्रस्ताव गरिएको हो।
भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ । नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा २०२५ सालमा मुर्रा जातका ११६ भैँसी र ५८ राँगा ल्याइएका थिए । तीमध्ये ललितपुरको खुमलटार फार्ममा ३६ वटा, चितवनको रामपुर फार्ममा ४४ वटा तथा विराटनगरको तराई फार्ममा ३६ वटा भैँसी राखिएका थिए । राँगामध्ये तीन वटा कृषि फार्मका लागि दुई दुई वटा र बाँकी विभिन्न ग्राम पञ्चायतमा पठाइएका थिए ।
४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको जानकारी दिएको छ। साविकको उच्च माध्यमिक विद्यालय (कक्षा ११/१२) को चार हजार अनुदानलाई पनि दरबन्दीमा परिणत गर्ने प्रस्ताव विधेयकमा गरिएको छ। सो तहमा दुई हजार दरबन्दी र चार हजार अनुदानमा अस्थायी रूपमा शिक्षक व्यवस्थापन गरिएको छ। “विधेयक पारित भएमा दुवै किसिमका गरी एकै पटक ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान हु
गुरुकुलीय शिक्षा पद्धतिबाट आधुनिक विद्यालय शिक्षामा रूपान्तरण भएको १७० वर्ष पुगेको छ। थापाथली दरबारको दाखचोकबाट सुरु भएको आधुनिक विद्यालयको यात्रा अहिले ३६ हजार ३२ वटा विद्यालयमा आएर अडिएको छ। गत वर्ष एक हजार ६६४ नयाँ विद्यालय थपिएकाले यस वर्ष पनि थप नहोलान् भन्न सकिँदैन। देशभर ४० हजार ६६५ वटा प्रारम्भिक बालकक्षा तथा पूर्वप्राथमिक कक्षा सञ्चालित छन्। विद्यालय तहमा यतिका संस्था स्थापना भए पनि समस्या सधैँ उही। सधैँ पुगेन। सधैँ भएन। सधैँ घिटिघिटी। सुधारका लागि भनेर आयोग गठन ग-यो। योजना निर्माण ग-यो। नीति बनायो। समस्या ज्युँका त्युँ।
“जो शिक्षक प्रसन्न चित्त रहन्छन् तिनका शिष्यहरू पनि प्रसन्न रहने गर्दछन् । हाँसीखुसी साथ नयाँ नयाँ कुरा सिक्तै जान्छन् । जो शिक्षक उदास मन गरेर पढाउँदछन् तिनीहरूका शिष्यहरू पनि ध्यानपूर्वक मन लगाएर पढ्दैनन् । शिक्षकको हृदय धार्मिक भावले, सुन्दर विचारले भरिइरहेको हुनुपर्दछ ।”
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्ममा बहस वा टिप्पणी पढ्न, हेर्न र सुन्न पाइएको छ। बजेट महात्वाकाङ्क्षी भयो भन्नेहरू पनि छन्। हरेक सरकारले बजेट प्रस्तुत गरेपछि महत्वाकाङ्क्षीको संज्ञा दिने प्रवृत्ति पुरानै हो। क्षेत्रगत रूपमा आमधारणा सार्वजनिक भइरहेका छन् तर बढी जसो आर्थिक मामिलाकै विचार अभिव्यक्त भइरहेको देख्न पाइन्छ। शिक्षा क्षेत्रको कुरा गर्दा धेरै जसो कार्यक्रमको निरन्तरता मात्र छ। केही कुरा सिकाइसँग पनि जोडिएका छन्। कार्यान्वयन कुन विधि र शैलीमा अगाडि बढ्छ भन्नेमा यसको सफलता भर पर्दछ। कर्मचारीले काम गर्ने हुन् वा कुर्सीले काम गर्ने हो ? सफलताको आधार नै त्यही हो।
रातो मत्स्येन्द्रनाथको रथजात्रा सञ्चालनमा महिलाको प्रमुख भूमिका रहे पनि भोटोजात्राका दिन गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख लछुना शर्मा काफ्लेले भोटो प्रदर्शन गर्न पाउनुहुने छैन। जाति, सम्प्रदाय वा वर्णका कारण भोटो प्रदर्शन गर्न उहाँ वञ्चित हुनुभएको होइन। महिला भएकै कारण उहाँले त्यो अवसर नपाउने हुनुभएको हो।
सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई ढल्न नदिन क्रेनले अड्याउनुपरेको छ। निर्माण समयदेखि नै रथ बाङ्गो भएकाले जात्रा खर्च पनि बढेको छ। निर्माण कार्यमा प्रत्यक्ष संलग्न हुनेहरू रथ बाङ्गो निर्माण हुनुमा आफूहरूको दोष नरहेको तर्क गर्छन्। यता व्यवस्थापन हेर्ने निकायका पदाधिकारी भने आफूहरू अन्योलमा रहेको बताउँछन्।
उदार मन भएका श्री ३ महाराज देवशमशेरले मुलुकको बागडोर सम्हालेपछि ‘प्रजा’ले सिनेमा हेर्ने अवसर पाए । संवत् १९५८ मिति ज्येष्ठवदी ३ सोमबारको गोरखापत्रमा ‘टुँडिखेलमा तमासा’ शीर्षकमा सिनेमा हेर्न सार्वजनिक निम्तो छापियो– श्री ३ महाराजबाट बेदाम्मा दुनिञाहरूले हेर्न पाऊन् भनी टुँडिखेलमा प्रोजेक्टास्कोप अर्थात् मानिसले चलफिर ग-येको सब काम तसवीरबाट सोही बमोजिम दुरुस्त देखिन्या तमासा वैशाख गते २६ बुधबारदेखि हुनेछ । सो तमाशा हेर्नेलाई अगाडि केटा केटीहरू, ताहाँपछि नीज केटा केटीहरूका आमाहरू, वाहाँपछि लोग्ने मानिसहरू वाहाँपछि बग्गीमा आउनेहरू अरूलाई नछेकने गरी रहने छन् ।
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।
युगौँसम्मका लागि भनेर माइक्रोफिल्ममा सुरक्षित राखिएका ऐतिहासिक ग्रन्थ तथा लिखत बिग्रिन थालेका छन्। अभिलेखालयमा दुई लाखभन्दा बढी प्राचीन ग्रन्थ तथा लिखतका पोजेटिभ र नेगेटिभ गरी १८ हजार माइक्रोफिल्म छन्। तीमध्ये दुई सयवटा रिल पूर्ण रूपमा बिग्रिएका छन् भने करिब छ सय रिलमा समस्या देखिएको छ।
सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपियाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको हो। सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त रकम छुट्याएको थियो। यसबाट दुई हजारभन्दा बढी विद्यार्थी भएका ७३ वटा विद्यालय भवन पुनर्निर्माण गर्ने प्रस्ताव छ। विनियोजित रकमअनुसार भवन पुनर्निर्माण गर्न विद्यालय भौतिक निर्माणसम्बन्धी निर्देशिका आवश्यक पर्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्देशिकाको मस्यौदा बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो।