बोरामा कोच्याएर केशरमहल परिसरमा बेवारिसे बनाइएका शिक्षा निकायका कागजात खोतल्ने साइत बल्ल जुरेको छ। डेढ सयभन्दा बढी बोरामा रहेका ती कागजातलाई सोमबारदेखि छान्न थालिएको छ। दुई दिनमा काम लाग्ने कागजात अझैसम्म फेला पर्न सकेको छैन। ज्यालादारीमा तीन जना महिलालाई कागजात खोतल्न खटाइएको छ। काम लाग्ने वा नलाग्ने कागज छुट्टयाउने कार्यमा निकै सुस्त गति छ।
नेपालीमा एउटा निकै चर्चित उखान छ, ‘सरकारी काम, कहिले जाला घाम ।’ यतिबेला यो उखान केशरमहलका कागजात व्यवस्थापन गर्ने सन्दर्भमा चरितार्थ बन्न पुगेको छ । बेवारिसे बनाइएका कागजातबारे पछिल्लो पटक गोरखापत्रमा खबर सार्वजनिक भएको नौ दिन बितेको छ । यस अवधिमा शिक्षा निकायका कुनै पनि पदाधिकारी वा कर्मचारीलाई ती कागजात व्यवस्थापन गर्ने सन्दर्भमा केशरमहल पुग्नेसम्म पनि फुर्सद मिलेको छैन । यसअघि पनि गोरखापत्रले ३१२ दिनअघि अर्थात् २०७८ साल चैत २० गते केशरमहलका दस्तावेजसहितका कागजात बेवारिसे पारिएको बारेमा मुख्य समाचार नै छापेको थियो ।
साढे तीन वर्षभन्दा बढी समयदेखि केशरमहलको मूलढोकासामुन्ने बेवारिसे बनाइएका कागजातलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बल्ल व्यवस्थापन गर्ने भएको छ। बारम्बार लैजान अनुरोध गर्दा पनि सम्बन्धित कुनै पनि सरकारी निकायले चासो नदेखाएपछि ती कागजात पुनर्निर्माण निर्माण कम्पनी आफैँले धुल्याइदिन खोजेको घटना सार्वजनिक भएपछि मन्त्रालयको ध्यान त्यसतर्फ आकृष्ट भएको छ। निर्माण कम्पनीले भने ‘साइट क्लियरेन्स’ गर्न ती कागजातलाई घाममा सुकाई पुनः बोरामा राखिदिन लागेको भनी आफूलाई बचाउ गरेको छ। यत्तिका समयसम्म पनि ती कागजात बेवारिसे बनाउनुमा शिक्षा मन्त्रालय मुख्य दोषी देखिन्छ।
माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्।
सन् १९०९ जनवरी २९ अर्थात् १९६५ साल माघ १७ गते । प्राइमिनिस्टर चन्द्रशमशेरले पालना गर्नुपर्ने नियमका बारेमा छोराहरूलाई सम्बोधन गरी यसै मितिमा ‘इच्छापत्र’ लेख्नुभएको थियो । ५० बुँदाको फेहरिस्त थियो । चन्द्रशमशेरको निधनपछि मात्र त्यो इच्छापत्रलाई कन्तुरबाट झिकेर सार्वजनिक गरिएको थियो । ‘
माध्यमिक तहमा एक पटक मात्र रजिस्ट्रेसन गरिने भएको छ। सरकारले विगत १२ वर्षअघि कक्षा ९–१२ लाई विद्यालय शिक्षाको संरचनाभित्र समावेश गरेको थियो। यसैअनुरूप माध्यमिक तहभित्र कक्षा ९ र ११ मा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान रहँदै आएको छ।
आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए ।
उपत्यकाका एकाध स्थानमा मात्र अब पत्रमञ्जुषा (लेटर बक्स) देख्न पाइन्छ । सूचना प्रविधिको विकासले लेटर बक्सलाई विस्थापित गरेको
चरम राजनीति र अनुत्तरदायी हुँदा विद्यालय रित्तो हुने अवस्था सिर्जना भएपछि सामुदायिक विद्यालय बल्ल सचेत हुन थालेका छन्। पछिल्ला केही वर्षयता गुणस्तर र सिकाइमा सुधार गर्न विद्यालयबीच प्रतिस्पर्धा सुरु भएको छ। विद्यार्थी आकर्षित गर्न र शिक्षकलाई कक्षाकोठाभित्र टिकाउन अनेक प्रयत्न थालिएका छन्। नयाँ–नयाँ योजना अगाडि सारिएका छन्।
भाषा आयोगले नेपाली भाषालाई पनि मातृभाषाका रूपमा व्याख्या गरेको छ। नेपाली भाषासहित नेपालका सबै भाषा मातृभाषा र राष्ट्रभाषा हुन् भन्ने अर्थमा आयोगले आफ्नो धारणा स्पष्ट गरेको हो। आयोगले मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ। प्रतिवेदनमा नेपाली भाषालाई पनि मातृभाषा हो भनी स्पष्ट व्याख्या गरिएको छ। आयोगका अध्यक्ष डा। लवदेव अवस्थीले भन्नुभयो, “नेपाली भाषा मातृभाषा नहुने कुनै आधार छैन। त्यसैले यसलाई पनि मातृभाषाका रूपमा व्याख्या गरेका हौँ।”
७६ वर्षअघि अर्थात् २००३ सालको एसएलसी परीक्षा सर्नुका बारेमा गोरखापत्रमाथि लगाइएको आरोप गलत प्रमाणित भएको छ। तत्कालीन शिक्षा डाइरेक्टरका छोरा बिरामी हुँदा परीक्षा सार्नु परेको तर आरोपचाहिँ गोरखापत्रले खेप्नु परेको थियो। विराटनगरस्थित जुद्ध पब्लिक स्कुल (हालको आदर्श माध्यमिक विद्यालय)ले त्यस बेला शिक्षाका डाइरेक्टर जनरललाई पत्र लेखी आफूहरूका कारण परीक्षा सरेको भन्दै गोरखापत्रले गलत समाचार छापेको र त्यसका लागि गोरखापत्रविरुद्ध आवश्यक कारबाही गर्न माग गरेको थियो। सो पत्र त्रिचन्द्र क्याम्पसमा सुरक्षित रहेको फेला पारिएको छ।
बेलायती शैलीको फल्स सिलिङ बजारमा उपलब्ध हुन नसक्दा केशरमहलको पुनर्निर्माणकर्ताका लागि निकै समस्याको विषय बनेको छ। धातुको बुट्टेदार फल्स सिलिङ राख्ने चलन राणाकालमा भित्रिएको थियो। केशरमहल पुनर्निर्माण कम्पनीले ९० प्रतिशत पुरानो फल्स सिलिङ काम लाग्ने र १० प्रतिशत नयाँ व्यवस्थापन गर्नुपर्ने अनुमान गरेको थियो। ठेकेदार कम्पनी जेडसीजीआई–खानी जेभीका परियोजना व्यवस्थापक नरकान्त सापकोटाले केशरमहलमा प्रयोग भएका फल्स सिलिङ मुस्किलले १० प्रतिशतमात्र पुनः प्रयोगमा आउन सक्ने बताउँदै भन्नुभयो, “बाहिरबाट हेर्दा नयाँजस्तो देखिए पनि भित्र खियाले काम नलाग्ने अवस्थामा पुगेका रहेछन्। ती प्रयोग गर्न सकिँदैन।”
श्री ३ महाराज जङ्गबहादुर राणाको निधन भएपछि पत्थरघट्टामा काजकिरियालगायत ‘कामकाममा खर्च भयाका’– ४७ हजार ६५६ रुपियाँ । भन्नै परेन, खर्च राज्यकोषको । जङ्गको निधन भएको ५३ वर्षपछि श्री ३ महाराज चन्द्रशमशेरको निधन हुँदा ब्राह्मणलाई जनही ५० पैसाका दरले भोजन खर्च उपलब्ध गराइयो । अर्थात् जङ्गबहादुरको निधन हुँदाका ताक ५० पैसाले कति महìव राख्थ्यो ? १९१३ सालमा राजा सुरेन्द्रलाई फर्माइसी खर्च भनेर राज्यले मासिक जम्माजम्मी चार सय रुपियाँ मात्र दिन्थ्यो । तसर्थ जङ्गको निधन हुँदा राज्यले गरेको खर्च कुन परिमाणमा थियो भन्ने अब अर्थशास्त्रीय दृष्टिकोणबाट बयान गरिरहनु परेन । त्यो बेला नेपाली मुद्रा (मोहरू)का साथै कम्पनी रुपियाँ पनि खर्च गरिन्थ्यो ।
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुँदा एक परीक्षार्थीले गणितमा शून्य अङ्क पाए । ती परीक्षार्थीले आफूले प्राप्त गरेको नतिजाप्रति चित्त बुझाएनन् र सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई पुनर्योगका लागि आवेदन दिए । पुनर्योगका लागि पोकाबाट उनको उत्तरपुस्तिका झिक्दा पनिकाका कर्मचारी नै झस्किए । कारण ती परीक्षार्थीले वास्तवमा ८० अङ्क पाएका थिए तर अङ्क चढाउँदा अगाडिको अङ्क नै छुट्याइएको रहेछ । धन्न ती परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएकाले उनको नतिजा ‘ई’बाट ए ग्रेडमा परिवर्तन हुन सक्यो ।
निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षामा सहभागी हुन सर्लाही आइपुगेका परीक्षार्थीले बास नपाएर कष्टसाथ रात बिताउनुप-यो। शिक्षक सेवा आयोगले शनिबार सञ्चालन गरेको परीक्षामा सम्मिलित हुन विभिन्न जिल्लाबाट शुक्रबार परीक्षार्थी हरिवन पुगेका थिए। भएजति होटल परीक्षार्थीले भरिभराउ भए। आउनेक्रम थपिँदै जाँदा होटल नपाएपछि थुप्रै परीक्षार्थी शुक्रबार राति १० बजेसम्म सडकमै अलपत्र परे।