हिमाल प्रकृतिको उपहार मात्र नभएर मानव सभ्यताको साक्षी पनि भएकाले प्राकृतिक हिमालबिना मानव सभ्यता सम्भव नभएको कुरामा विश्व समुदायको जोड रहेको छ ।
वनजङ्गलको संरक्षणले हरियाली र घाँसदाउराको आपूर्ति हुन्छ भन्ने सामान्य बुझाइ छ तर यसको संरक्षणका बहुआयामिक पक्षबारे धेरै जसो अनभिज्ञ देखिन्छन् । हरियाली वातावरण सिर्जना हुनुका साथै संसारमा दुर्लभ मानिएका वनस्पति, वन्यजन्तुलगायतका समग्र जैविक विविधताको संरक्षण, पानीको स्रोतको
विश्वमा दुर्लभ मानिएको वन्यजन्तु हिउँ चितुवा संरक्षणलाई नेपालले प्राथमिकतामा राखेर बाघको संरक्षणमा कमाएको सफलताजस्तै हिउँ चितुवाको संरक्षणमा पनि सफलता प्राप्त गर्नुपर्नेमा जोड दिइएको छ ।
जलवायु परिवर्तनको असरले जलचर, स्थलचर प्रभावित भइरहेका बेला आकाशमा उड्ने पन्क्षी समेत यसको मार खेप्न बाध्य भइरहेका छन् ।
नेपाल आफ्नो कुल क्षेत्रफलको करिब ४५ प्रतिशत भूभाग वन क्षेत्र कायम गर्न सफल भएको छ ।
बाढी, पहिरो, वन डढेलो लगायतका प्राकृतिक विपद्बाट भएको मानवीय र भौतिक क्षतिको तथ्याङ्क सरकारी निकायसँग भए पनि विपद्बाट जैविक विविधताको क्षेत्रमा के कति हानी नोक्सानी भएको छ भन्ने विवरण हालसम्म कुनै पनि निकायले राख्ने गरेको छैन ।
विश्वमा दुर्लभ मानिएको वन्यजन्तु एक सिङे गैँडाको संरक्षणमा जलवायु परिवर्तनको असर, चोरी शिकार तथा खागको अवैध व्यापार नै प्रमुख चुनौतीका रुपमा देखिएका छन् ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषण नेपालमा जटिल समस्या भइसकेको हुँदा वायु प्रदूषण नियन्त्रणका लागि सरकार सजग रहेको बताउनुभएको छ ।
मुलुकभरि बाँदरले कृषिबालीमा क्षति गर्न थालेपछि सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको छ ।
नेपालमा बाघको सङ्ख्या बढेसँगै बाघसँगको द्वन्द्व न्यूनीकरण गर्न विज्ञहरुले चासो व्यक्त गर्नुभएको छ । बाघको आक्रमणले मान्छे मर्न थालेपछि मानव र वन्यजन्तुबिचको द्वन्द्व कम गर्न बाघको बासस्थान सुधार, स्थानीय समुदायको बानी, व्यवहारमा परिवर्तन आवश्यक रहेको विज्ञहरुको सुझाव छ ।
नवनियुक्त वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले हिमाली क्षेत्रको पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्न आफूले सबै खालका प्रयास गर्ने बताउनुभएको छ।
बाघ मांसाहारी प्राणी हो । जङ्गलको राजा बाघ बरु भोकै मर्न सक्छ तर कहिल्यै घाँस खाँदैन भन्ने नेपाली उखान नै छ । अरूले मारेको सिनो नखाने विशेषतासँग बाघको आनीबानीलाई जोडिने गरिन्छ । जङ्गलमा भएका जोकोहीको पनि उसले सिकार गर्छ; चाहे ती साना जनावर हुन् वा हात्ती, गैँडा जस्ता ठुला जनावर । शक्ति, सामथ्र्यले भ्याएसम्म बाघले जङ्गलमा भेटिएका सबै जनावरको सिकार गर्छ र आफू बाँच्न खोज्छ । त्यसैले बाघलाई जङ्गलको राजा भनिएको हो । ज्यान ठुलो हुने हि
जलवायु परिवर्तनको उच्च जोखिममा परेको नेपालले जलवायु वित्त ल्याउनका लागि निरन्तर मिहिनेत र प्रयास गर्नुपर्नेमा दातृ निकायका प्रमुखहरुले आग्रह गरेका छन् ।
हिमाल र हिमालको स्वच्छ पानीले विश्वव्यापी तापक्रम सन्तुलनमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्नेगरेको हुँदा हिमाल संरक्षणको विषय विश्व समुदायको एजेण्डा भएको कुरालाई स्वीकार गरिएको छ । दुई दिनसम्म चलेको हिमाल, मानव र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सो स्वीकार गरिएको हो ।
जलवायु परिवर्तन र बढ्दो तापक्रमले नेपालको हिमाली क्षेत्र जोखिममा परिरहेका बेला विषय मिल्ने मुलुकसँग साझा एजेण्डा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।