लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लालमटियामा भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री कार्यालयसहित १० वटा निर्माणाधीन मन्त्रालयको भौतिक प्रगति ८५ प्रतिशत सकिएको छ ।
थारू समुदायको बाहुल्य रहेको पश्चिम नेपालको तराई क्षेत्रमा अटवारी पर्वको उल्लास छाएको छ । अटवारी पर्व सुरु भएसँगै थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायका पुरुषले विशेष रूपमा मनाउने अटवारी पर्वमा दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै मनाउने गरिन्छ । थारू संस्कृतिविद् बेझलाल चौधरीले अटवारी पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरीमा शुक्रबार बसेको बैठकले प्रदेश विकाससँग सम्बन्धित प्रमुख विषय सङ्घीयस्तरमा उठाउने तयारी गरेको हो ।
दाङमा पाँच वर्षको अवधिमा स्वास्थ्य बिमा कायक्रममा ७१ हजार नागरिक आबद्ध भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको छ लाख ७४ हजार ९९३ जनसङ्ख्यामध्ये १०.६२ प्रतिशत अर्थात् ७१ हजार ८१८ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका हुन् ।
दाङमा साढे दुई वर्षको अवधिमा राप्ती नदी तटबन्धको ७१ प्रतिशत काम सम्पन्न भएको छ । राप्ती नदी अन्तर्गत लमही नगरपालिका र गढवा गाउँपालिका क्षेत्रमा करिब ११ किलोमिटरमध्ये ७१ प्रतिशत अर्थात् करिब आठ किलोमिटर क्षेत्रमा तटबन्ध गर्ने काम सकिएको छ ।
हुलाकी सडक निर्माणमा ढिलाइ भइरहे पनि पुल भने धमाधम निर्माण हुन थालेका छन् । हुलाकी सडक अन्तर्गत देउखुरीको गढवा गाउँपालिका–१, वनघुस्रीदेखि राजपुर गाउँपालिका–५, गङ्गदीसम्मको ४० किलोमिटर सडकखण्डमा धमाधम पुल निर्माण हुन थालेका छन् ।
दाङमा निर्माण व्यवसायीको लापर्बाहीका कारण दुई वर्षमा स्तरोन्नति गरिसक्नुपर्ने सडक चार वर्ष बितिसक्दा करिब ३५ प्रतिशत मात्र सकिएको छ । घोराही–मसिना–मर्पेस–बोचपोखरा हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने ग्रामीण सडक निर्माण व्यवसायीको लापर्बाहीका कारण स्तरोन्नति हुन सकेको छैन ।
दाङमा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पाँच सय विपन्न नागरिकको घरमा जस्ताको छाना लगाइएको छ ।
दाङको देउखुरीमा निर्माण भइरहेको बड्कापथ सिँचाइ आयोजनाको करिब आठ किलोमिटर नहरमा पानी छोड्ने तयारी भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डमा काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारबाही गरिने भएको छ ।
इतिहासका धेरै घटनाक्रममा दाङ जिल्लाको आफ्नै विशेषता, महत्व र विरासत छ ।