लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने र आयोगले तोकेको जरिबानासमेत नबुझाएका तीन राजनीतिक दल खारेजी प्रक्रियामा जाने भएका छन् । यसरी खारेज प्रक्रियामा जानेमा आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) हुन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा नियमावलीमा प्रतिस्थापन विधेयकको नामसम्बन्धी व्यवस्था बाझिएपछि राष्ट्रिय सभाको बैठक प्रभावित भएको छ ।
राजनीतिक दलहरूको आयको महत्वपूर्ण हिस्सा चन्दा तथा सहयोग रकम अपारदर्शी बनेको छ ।
काठमाडौँ, फागुन १९ गते । नेता कार्यकर्ताको लेबी, सदस्यता तथा नवीकरण शुल्क र चन्दा सहयोगबाट सञ्चालनमा रहेका नेपालका राजनीतिक दलहरूको आर्थिक वर्ष २०८०/८१ को खर्च व्यवस्थापन शङ्कास्पद देखिएको छ । दलहरूको विवरणमा खर्चको अर्थपूर्ण हिस्सा कार्यालय सञ्चालन, भ्रमण, यातायात र इन्धन शीर्षकमा उल्लेख छ । निर्वाचन आयोगमा प्रमुख राजनीतिक दलले बुझाएको आयव्ययको विवरण अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले कार्यालय सञ्चालन, इन्धन र यातायात तथा भ्रमण एवं कर्मचारीको तलब भत्ता शीर्षकमा अत्यधिक खर्च भएको देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०/८१ मा तीन करोड ५३ लाख ४२ हजार ४१४ रुपियाँ कार्यालय सञ्चालन शीर्षकमा खर्च भएको उल्लेख गरेको छ । रास्वपाले यातायात र इन्धन शीर्षकमा मात्रै करिब ८५ लाख ८५ हजार ९४५ रुपियाँ खर्च गरेको छ । रास्वपाको इन्धन र यातायात खर्च संसद्को सबैभन्दा ठुलो दल कांग्रेसभन्दा तीन गुणा बढी छ । कर्मचारीको तलबमा रास्वपाले करिब एक करोड खर्चेको छ । सफ्टवेयर खरिदमा ५१ लाख ६४ हजार ४५२ रुपियाँ खर्च गरेको रास्वपाको व्ययको विवरणमा उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४२ ले निर्वाचन आयोगले दलको लेखा परीक्षण जाँच गराउन सक्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम आयोगले लेखा परीक्षण प्रतिवेदन परीक्षण गर्न अधिकारी तोक्ने र सम्बन्धित अधिकारीले दलसँग कागजात माग्न सक्ने र त्यस्तो विवरण वा कागजात तोकिएको समयभित्र सम्बन्धित दलले बुझाउनुपर्ने छ । नेकपा (एमाले) ले आव २०८०/८१ मा करिब सात करोड ८६ लाख खर्च जनाएको छ । उसले गैरसञ्चालन खर्च शीर्षकमा एक करोड ५९ लाख रुपियाँ खर्च गरेको छ । इन्धन, यातायात र भ्रमण खर्चमा सो दलले करिब ३४ लाख ३६ हजार ६९६ रुपियाँ खर्च गरेको हो । एमालेले अतिथि सत्कार तथा बैठकमा करिब ७५ लाख र सेवा खर्चमा ७९ लाख ६८ हजार रुपियाँ खर्चेको हो । सेवा खर्च शीर्षक अनुसूची १५ अन्तर्गत सो दलले विवरणमा उल्लेख गरेको छ तर अनुसूची १५ कर्जासम्बन्धी विवरणसँग सम्बन्धित छ । एमालेले उल्लेख गरेको अनुसूची र खर्चको विवरण नमिलेको पाइएको छ । कर्मचारी पारिश्रमिक तथा कार्यकर्ता शीर्षकमा एमालेले ७१ लाख ८२ हजार खर्च भएको जनाएको छ । नेपाली कांग्रेसले आव २०८०/८१ मा तीन करोड १० लाख रुपियाँ खर्च गरेको छ । कांग्रेसले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको ५० लाख रुपियाँ खर्च अन्तर्गत राखेको छ । कांग्रेसले अन्य विविध प्रशासनिक खर्चमा २६ लाख २० हजार खर्च गरेको छ । कर्मचारी तलब तथा ज्याला शीर्षकमा कांग्रेसले एक करोड दुई लाख २८ हजार १११ रुपियाँ खर्च भएको जनाएको छ । सहयोग तथा चन्दा शीर्षकमा अन्य व्यक्ति तथा संस्थाबाट एक करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ प्राप्त गरेको कांग्रेसले ३४ लाख ९० हजार आर्थिक सहयोग गरेको छ । नेकपा (माओवादी केन्द्र) ले आव २०८०/८१ मा एक करोड ८६ लाख ५५ हजार ५९० रुपियाँ खर्च गर्यो । माओवादी केन्द्रले करिब एकतिहाइ खर्च कार्यालय सञ्चालन शीर्षकमा देखाएको छ । कार्यालय सञ्चालनमा ४९ लाख ६३ हजार र कर्मचारी तलब भत्तामा ३५ लाख २२ हजार रुपियाँ माओवादी केन्द्रले खर्च भएको उल्लेख गरेको छ ।
राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा (एमाले) सबैभन्दा धनी दल रहेको छ ।
आमनिर्वाचन २०७९ सम्पन्न भएको दुई वर्षभन्दा बढी भयो तर निर्वाचन आयोगले आफ्नै परिसरवरिपरि गुज्रेकै तिथिमितिको प्रचारप्रसार हुने सामग्रीसहितको होर्डिङ बोर्ड राखिरहेको छ ।
विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने संसदीय समितिको अध्ययनले देखाएको छ
सरकारले माथिल्लो सदन राष्ट्रिय सभामा अध्यादेश स्वीकार हुने सुनिश्चित नदेखेपछि सहमतिका लागि थप समय मागेको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विधेयकको प्रस्तावित व्यवस्थालाई संशोधन गरेर वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न १५ वर्षको अनुभव भए पुग्ने व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पठाइएको विधेयक समयमा राष्ट्रिय सभामा प्राप्त हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले समयमा विधेयक प्राप्त नहुँदा कार्यसम्पादनमा समस्या आएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विवादित विषय मिलाउने प्रतिबद्धता जनाएपछि समिति प्रतिवेदन लेख्ने प्रक्रियामा गएको हो ।
नियमावलीको व्यवस्थाले विचाराधीन रहेका विधेयकलाई टुङ्ग्याउन राष्ट्रिय सभाको विषयगत समितिमाथि समयसीमाको दबाब परेको छ । नियमावलीको समयसीमासम्बन्धी व्यवस्थाले समितिको कामकारबाहीसमेत प्रभावकारी भएको छ ।
राजनीतिक दलले निर्वाचन आयोगको निर्देशन पालना गर्न अटेर गरेका छन् । लेखा परीक्षण प्रतिवेदन नबुझाउने, प्रतिवेदन बुझाए पनि सार्वजनिक नगर्ने दललाई जरिबाना तोकिएकोमा आयोगले तोकेको समयावधिभित्र अधिकांश दलले जरिबाना बुझाएका छैनन् ।
जनप्रतिनिधि जिम्मेवार नहुँदा कानुन निर्माण ओझेलमा परेको छ ।
संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन सम्बन्धित पक्ष उदासीन देखिएका छन् ।