विश्वास रेग्मी आयातित शब्दहरूको अधिक प्रयोगका कारण नेपाली भाषाले मौलिकता जोगाउने सङ्घर्ष गरिरहनुपरेको छ । अर्कोतिर, नेपाली भाषाकै अशुद्ध प्रयोगका कारण यसको मूल संरचना नै बिग्रने हो कि भन्ने चिन्ता सार्वजनिक रूपमा व्यक्त भइरहन्छ । खासगरी पछिल्लो पुस्ता लेख्य नेपाली भाषाप्रति त्यति गम्भीर भएको पाइँदैन ।नेपाली भाषाको व्याकरणीय नियमको पालना नयाँ पुस्ताका लागि कठिनजस्तै देखिन्छ । त्यसमाथि कतिपय शब्दका अर्थकै जानकारी नहुँदा अर्को समस्या सिर्जना गरिदिएको हुन्छ । नेपाली भाषाको व्यावहारिक प्रयोगमा देखिएका पछिल्ला यस्तै समस्यालाई समूल समाधान गर्ने उद्देश्यसहित युवा इन्जिनियरको समूहले एउटा सहज विकल्प निकालिदिएको छ, हिज्जे डटकम ।नेपाली भाषासँग सम्बन्धित धेरै कम एकीकृत सुविधामध्येको एक हो यो । इन्टरनेटको प्रयोगमार्फत संसारभर जसले पनि प्रयोग गर्न सक्ने गरी तयार गरिएको हिज्जे डटकम पछिल्लो समय आफैँलाई सुधार्दै अघि बढिरहेको छ ।भाषाको मायाहिज्जे डटकम सुरु गर्नुअघि यसका संस्थापक विरोध रिजालको व्यक्तिगत भावनाले बढी काम गरेको छ । पेसाले कम्प्युटर इन्जिनियर रिजाल आफ्ना एक जना गुरुको पे्ररणाबाट यसको सुरुवात गरेको सम्झन्छन् । नेपाली भाषा संरक्षण गर्नुपर्छ भन्ने गुरुको चिन्तालाई समाधान गर्ने उद्देश्यसहित हिज्जे डटकम सुरुवात गरिएको रिजालको भनाइ छ । उनका लागि यो नितान्त समाजसेवा हो । यसबाट कमाउने उद्देश्य नराखिएको उनी स्पष्ट पार्छन् । त्यसैले यसमा आफैले सक्दो सानो सानो लगानी गर्दै निरन्तरता दिइराख्ने उनको योजना छ । त्यसो त सुरुवाती दिनमा हिज्जे डटकम तयार गर्न उनले केही ठाउँमा लगानीका लागि सङ्घर्ष गर्नु नपरेको होइन । अपेक्षाअनुसारको लगानी नआए पनि सामान्य लगानी जोडजाड गर्दै यहाँसम्म आइपुगेको छ, यो । भाषाका लागि सम्बन्धित क्षेत्रका विज्ञ संलग्न गराउनेदेखि ब्याकइन्ड तयार गर्न प्राविधिक जनशक्ति उपयोगमा त्यस्तो लगानी उपयोग गरिएको उनले जानकारी दिएका छन् ।धेरै सुविधा एकै ठाउँमाहिज्जे डटकममा नेपाली भाषासँग सम्बन्धित धेरै सुविधा प्रयोग गर्न सकिन्छ । यसको सबैभन्दा महत्त्वपूर्ण सुविधा हिज्जेको परीक्षण नै हो । जसमा वाक्यको गठन, ह्रस्व–दीर्घ परीक्षणदेखि अन्य भाषागत त्रुटि हेर्न सकिन्छ, अनि हिज्जेले नै आफैँ त्यसलाई सच्याइदिन्छ । सञ्चारमाध्यमको डेस्कमा काम गर्नेदेखि नेपाली भाषासँग सम्बन्धित काम गर्नेका लागि यो निकै उपयोगी सुविधा पनि हो । हाललाई युनिकोडमा लेखिएका शब्दको मात्र परीक्षण गर्ने सुविधा रहेको संस्थापक रिजालले जानकारी दिएका छन् ।यससँगै एकैठाउँमा नेपाली भाषा ‘टाइप’ गर्नेदेखि र प्रिती ‘फन्ट’लाई नेपालीसँग सम्बन्धित एक दर्जन फन्टमा रूपान्तरण गर्ने सुविधा यसमा उपलब्ध छ । हाल युनिकोडदेखि आकृति, आलेख, गणेश, हिमालबी, कान्तिपुर, नवजीवन, पीसीयस फन्टमा टाइप गर्न सकिन्छ ।त्यस्तै नेपाली शब्दकोष पनि यसमै उपलब्ध छ, जहाँ प्रयोगकर्ताले आफूलाई चाहिएको शब्द राखेर त्यसको सहजै अर्थ खोज्न सक्छन् । शब्को अर्थ र भाषाको व्याकरणीय नियम स्थापित गर्न हिज्जेले नेपाली भाषाका विज्ञहरूलाई उपयोग गरेको छ । भाषासम्म सकेसम्म त्रुटि नहोस् भन्ने उद्देश्यका लागि एक रूपता ल्याउने प्रयत्न गरिएको रिजालले बताएका छन् ।निःशुल्क खाताहिज्जे डटकम प्रयोग गर्न कुनै शुल्क लाग्दैन, अर्थात् यो निःशुल्क सेवा हो । ‘ब्राउजर’मा हिज्जे डटकम(https://hijje.com/#/) टाइप गरेर सहजै यसको प्रयोग गर्न सकिन्छ । व्यक्तिगत खाता खोलेर यसमा रहेका धेरै सुविधा प्रयोग गर्न सकिन्छ । सहजै खाता खोल्न सक्ने व्यवस्था यसमा गरिएको छ । खाता नै नखोलिकन पनि हिज्जे परीक्षण, शब्दकोष, फन्ट रूपान्तरणलगायतका सेवा उपयोग गर्न सकिन्छ ।आवाजलाई शब्दमाहिज्जे डटकमले पछिल्लो समय नेपालीमा बोलेको आवाजलाई शब्दमा उतार्ने सुविधा पनि ल्याएको छ । जहाँ प्रयोगकर्ताले आफूले बोलेको आवाज ‘अपलोड’ गरेर त्यसलाई लिखित शब्दमा उतार्न सक्छन् । यसमै पनि रेकर्ड गर्ने सुविधा राखिएको छ, जसमा सिधै रेकर्ड गरेर शब्दमा रूपान्तरण गर्न सकिन्छ । तत्कालका लागि एक पटकमा ३० सेकेन्डको आवाजलाई मात्र शब्दमा रूपान्तरण गर्ने सुविधा रहेको छ । भविष्यमा यो समयलाई अझ बढाएर एकैपटक लामो रेकर्डलाई पनि सहजै शब्दमा उतार्ने सुविधा ल्याउने योजना रिजालको छ ।झन् एकीकृतहिज्जे डटकममा उपलब्ध भाषासम्बन्धी सुविधालाई झन् एकीकृत गर्दै लैजाने योजना बनाइएको छ । अहिले लिखित भाषा र आवाजलाई शब्दमा रूपान्तरण गर्ने काम छुट्टाछुट्टै हुँदै आएको छ । यो भिन्न प्रकृतिको सुविधालाई एकीकृत गरेर आवाज र लिखित शब्द एकैपटक परीक्षण गर्ने सुविधा ल्याउने योजनामा हिज्जे डटकम छ । जसमा आवाजबाटै त्यसलाई शब्दमा उतार्ने, त्यसको हिज्जे परीक्षण गर्ने, फन्ट परिवर्तन गर्न सक्ने र शब्दको अर्थसमेत हेर्न सकिने गरी एकीकृत सुविधा ल्याउने सोचाइमा छन् रिजाल ।यसबाट नेपाली भाषासँग सम्बन्धित धेरै समस्या समाधान हुन सक्ने उनको विश्वास छ । त्यस्तै आवाज सुन्दै त्यसलाई पुनः उतार्नका लागि लाग्ने समय यसबाट बचत हुने छ ।भाषाको विषय जहिले पनि यसको शुद्धताबाट परीक्षण हुन्छ । निजी क्षेत्रबाट भएको यस्तो प्रयासको शुद्धता र विश्वसनीयतामा स्वाभाविक प्रश्न उठ्छन् । यस्तो प्रश्न हिज्जे डटकमलाई नसोधिएको होइन । संस्थापक रिजाल शतप्रतिशत पूर्णता केही पनि नहुने र त्यसैले गर्दा सुधार गर्दै लैजाने बाटो बाँकी रहने बुझाइ राख्छन् ।
स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी तथा अनुगमन संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध जाने व्यक्तिलाई आआफ्नो पार्टीले फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।
निर्वाचन आयोगले राजनीतिक दलका शीर्ष नेताबाट आएको द्वेषपूर्ण अभिव्यक्तिलाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले त्यस्तो अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर विश्लेषण गरिरहेको जनाएको छ । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूबाट एक अर्काप्रति लाञ्छना लगाउने र चरित्रहत्या गर्ने किसिमले नै द्वेषपूर्ण टिप्पणी आएको विषयमा आयोगले यस्तो धारणा राखेको हो ।
पूर्वाधार विकासको प्रक्रियामा जग्गा प्राप्ति, पुनर्वास, तथा पुनस्र्थापनासम्बन्धी एकीकृत नीति नहुँदा विकास निर्माणका आयोजनाका लागि जग्गा प्राप्त गर्न अनेक व्यवधान खडा भइरहेका छन् । आयोजना प्रभावित समुदाय तथा परिवारको जीविकोपार्जन र पुनस्र्थापनासम्बन्धी कार्य ढिलो हुने, आयोजनाको लागत बढ्ने र अनुमानित समयमा आयोजना पूरा हुन नसक्ने समस्या निरन्तर आइरहेका छन् । कैयौँ विकासका पूर्वाधार अनन्तकालसम्म लम्बिँदा राज्य तथा समाजलाई परेको अकल्पनीय घाटा र सीमित जमिनको बहुआयामिक उपयोगको महìवलाई राज्यले खासै ध्यान दिन सकेको देखिँदैन ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाको कार्यक्रम पछाडि धकेलिएको छ ।यसअघि भाषा परीक्षा वैशाख २६ गतेदेखि हुने भनिएकामा अब जेठ १५ गतेदेखि सुरु हुनेगरी कार्यतालिका परिवर्तन गरिएको हो ।ईपीएस कोरिया शाखाका निर्देशक पुुष्पराज कटुुवालले ईपीएसको रोजगारीमा जानेको कोरिया भाषाको परीक्षा स्थानीय निर्वाचनका कारण २० दिनपछि सारिएको बताउनुुभयो । कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँगको सल्लाह लिएर नै परीक्षा सारिएको उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनका लागि मतपत्र र अन्य निर्वाचनसम्बन्धी सामग्री जिल्लामा आइपुुगेको छ । नियमित रूपमा हवाई यातायात सञ्चालन नभएको बेला नेपाली सेनाको जहाज र हेलिकप्टर चार्टर गरी ती सामग्री ढुवानी गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुुर रानाका अनुुसार निर्वाचन आयोगबाट जिल्लाका लागि पठाइएको मतपत्र र निर्वाचन सामग्री हुम्ला आइपुुगेको छ । उहाँले ५४ प्रकारका निर्वाचन सामग्री नेपाली सेनाको जहाजबाट र ३८ हजार थान मतपत्र हेलिकप्टरबाट आयोगको प्रदेश कार्यालय सुुर्खेतबाट हुम्ला ल्याइएको बताउनुभयो ।
लमजुङका एक जलविद्युत आयोजनाकै कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
अपिनाम्पा संरक्षण क्षेत्र तीन वर्षदेखि परिषद्विहीन छ । २०६७ असार २८ गते साबिकका २१ गाविसलाई समेटेर घोषणा गरिएको संरक्षण क्षेत्रमा परिषद् गठनका लागि सहमति नहुनु तथा कानुनी जटिलताले गर्दा परिषद् गठन हुन सकेको छैन ।परिषद् गठनका लागि धेरै पटक राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भए पनि सहमति हुन नसक्दा परिषद् गठनमा ढिलाइ हुँदै गएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक वडाबाट दलित महिला सदस्य निर्वाचित हुँदै छन् । स्थानीय तहका हरेक वडामा दुईजना महिलामध्ये एक जना दलित महिला अनिवार्य भएअनुसार दलित महिला निर्वाचित हुने भए पनि केही वडामा भने कोटा खाली रहने देखिएको छ ।
जिल्लाका राजनीतिकदलबीच स्वच्छ प्रतिष्पर्धा गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्बन्धि गतिविधि सञ्चालन गर्ने सहमति भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दलहरुबस्च आपसी सौदार्यपूर्ण सम्बन्ध कायम गरी शान्तिपूर्ण रुपमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।
निशा राईधरान , वैशाख १६ गते । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नयाँ डायलिसिस मेसिन, बेडहरु थप गरिएको छ । नयाँ २० बेड र डायलिसिस सामग्रीहरुको उपकुलपति डा. ज्ञानेन्द्र गिरिले नयाँ युनिटको उद्घाटन गर्नुभएको हो ।नयाँ भवन निर्माणसँगै थप गरिएको नयाँ बेडहरुलाई छुट्टै डायलिसिस युनिट स्थापना गरी इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डायलिसिस युनिटलाई विस्तारित गरिएको छ । युनिटलाई २० बेड क्षमताको बनाइएको बी.पी. कोइराला स्वास्थ् विज्ञान प्रतिष्ठान सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिनुभयो । उद्घाटनको क्रममा उपकुलपति गिरिले बढ्दै गएका मृगौलाका बिरामीहरुलाई यस युनिटले थप मद्दत मिल्ने बताउनुभयो । प्रतिष्ठानमा मासिक करिब एक हजारको डायलिसिस हुने गरेको छ ।
चितवनको माडी नगरपालिकामा नेकपा एमालेका उपप्रमुखका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुुभएको छ । एमालेका तर्फबाट उपप्रमुुखमा उम्मेदवारी दर्ता गराउनुुभएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो । माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमतिअनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएको नेकपा चितवन प्रचार विभाग प्रमुख रविकिरण पौडेलले जानकारी दिनुभयो ।
विद्यालय उमेर पुगेका सवै बालवालिकाहरु लाई विद्यालय पठाऔं, बालअधिकारको सुनिश्चित गरौं भन्दै विद्यालयका बालवालिकाहरुले सचेतना अभियान सञ्चालन गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको उच्च माग हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा नपरेकामा सरोकारवालाले गुनासो गर्नुभएको छ ।२६औँ राष्ट्रिय चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागीले यस्तो गुुनासो गर्नुुभएको हो । चिया उत्पादक उद्यमी चण्डीप्रसाद पराजुुलीले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा माग भए पनि सरकारी निकायको समन्वयको अभावले क्षमताअनुसार उत्पादन हुन नसकेको बताउनुुभयो । अर्का उद्यमी दीपक बाँस्कोटाले नेपालमा विश्वमै उच्च गुणस्तरको चिया उत्पा