पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत साढे १५ अर्ब रुपियाँ सङ्कलन भएको छ ।आव २०६५-६६ देखि सरकारले पेट्रोलियम पदार्थमा प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । सो अवधिदेखि हालसम्म १५ अर्ब ६३ करोड ७३ लाख ३६ हजार ९१८ रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
बिहान उठ्ने बेला तपाईँले पटक पटक उठाउँदा कोल्टे परि परि सुत्ने म अहिले त आल्रामको एकै आवाजमा जुरुक्क उठ्न सक्ने भएको छु । आमा कति मेहनत गरी मेरो लागि बनाएको खाना, तपाईँले धम्काउँदै नखाने म । अहिले त चिसो, बासी भात पनि मीठा मानी मानी खाने भएको छु । तपाईँले दिएको एक सय रुपैयाँ थोरै हुन्छ भनी झगडा गर्ने म । अहिले त १० रुपैयाँ खर्च गर्न पनि १० चोटि सोच्न सक्ने भएको छु । स्कुल पढ्न जाँदा बिरामी भएको बहाना बनाई स्कुलबाट भागेर आउने म । अहिले त बिरामी पर्दा पनि लगातार स्कुलमा खट्न सक्ने भएको छु आमा ।
आमा बुबा पहिलो गुरु, घर हो पहिलो पाठशाला दोस्रो गुरु स्कुलमा, दस पास गरौँ यसपाला पढ्न, लेख्न, खेल्न सिकाइ, असल ज्ञानी बनायो कला, कौशल सीप भर्दै माया गर्न सिकायो
३२औँ मुना दिवस रमाइलो छ आज सबै जनालाई नमस्कार गर्छु मञ्चको माझ । बालकको प्रतिभालाई मुना अघि सार्छौं प्रतिभाको प्रचार गरी जीवन उज्ज्वल पार्छौं ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा म्याग्दीका दलहरु चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् । उम्मेदवार सहित चुनावी अभियान टोल,वस्ती र घर–घरमा पुगेपछि गाउँमा चुनावको माहोल तातेको छ ।
मुलुकमा सञ्चालनमा रहेका १४ वटा विकास बैङ्कले पाँच अर्ब २० करोड रुपियाँ खुद मुनाफा आर्जन गरेका छन् । कुल १७ मध्ये १४ वटा विकास बैङ्कको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै आधा अर्बले बढी हो । गत वर्षको सोही अवधिमा विकास बैङ्कहरूले चार अर्ब ४९ करोड ९१ हजार रुपियाँ खुद मुनाफा गरेका थिए । यसरी हेर्दा विकास बैङ्कको नाफा गत वर्षको तुलनामा आठ दशमलव ८३ प्रतिशतले बढी हो ।
जन्माई, हुर्काइ ठूलो बनाइन् मलाई आफू नखाई नखाई पेटभरि खुवाइन् मलाई । मलाईभन्दा बढी मेरो चोट उनलाई दुख्छ रुघाखोकी लाग्दा मलाई नसुती उनको रात बित्छ ।।
घुम्दै फिर्दै फेरि आयो नयाँ वर्ष मनमा पनि लागेको छ धेरै धेरै हर्ष यही वर्षमा परेको छ एसईई हाम्रो कसरी गर्ने होला यो परीक्षा राम्रो
बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई प्रमुख चुनावी नारा बनाएका छन् । सत्ता गठबन्धनका तर्फबाट बुटवल उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेयले आफ्नो पहिलो प्राथमिकता सुकुम्बासी समस्याको समाधान नै रहेको बताउनुभयो ।
नेपालले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध दोस्रो टी-२० खेल खेल्दैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे सुरु हुने खेलमा नेपाल पहिलो खेलमा हारेको बदला लिने योजनामा छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । पाथीभरा सडकको सुकेटार–काफ्लेपाटी खण्डको कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । ट्याक निर्माण भएको लामो समयपछि उक्त सडकखण्ड कालोपत्रे गर्न लागिएको हो ।
सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो निर्णयबाट पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा माग गर्दै आएका व्यवसायी सरकारको सो निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छन् ।
स्थानीय तहको निर्वाचनका सन्दर्भमा चितवनको भरतपुर महानगरपालिका यतिबेला सर्वाधिक चर्चामा छ ।
काठमाडौँ महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र छाप्ने कार्य पूरा भएको छ । निर्वाचन आयोगले छ महानगर र भक्तपुर जिल्लाको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै छाप्ने जनाएको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौँ महानगरको तीन लाख र भक्तपुर जिल्लाको एक लाख ५० हजार मतपत्र छापिएको जानकारी दिनुभयो ।