नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा सोमबार सफलता हात पारेको छ ।
नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका विद्रोही उम्मेदवारलाई वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गराउन निर्देशन दिएको छ ।
एसियाली खेलकुदको १९औँ संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो ।
शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ साल देखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि सबै दल तथा तिनका उम्मेदवारले जनसरोकारका विभिन्न विषयलाई उजागर गरी आफ्ना घोषणापत्रमा समेत उल्लेख गरेका छन् ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १९ गते । स्थानीय तह सदस्य निर्वाचनका लागि सोमबारसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । मधेस प्रदेशका जिल्ला र बागमति प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । आयोगका सहायक प्रवक्ता अर्यालले नियमित पत्रकार सम्मेलनमा आज सो जानकारी दिनुभयो । उहाँकाअनुसार मधेस प्रदेशका जिल्ला र बागमतिका केही जिल्लामा ढुवानी गर्न बाँकी छ । त्यस्तै, ७५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता नभएको उहाँले बताउनुभयो । त्यस्तै, ३५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो । सोहीअनुसार आचारसंहिताको प्रावधान विपरित उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट नगर्न आयोगले आग्रह गरेको छ । “गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्षरुपमा असर पार्ने गलत सामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकाले यस्तो काम नगर्न नगराउन आयोग चेतावनी दिन्छ” विज्ञप्तीमा उल्लेख छ ।सोहीअनुसार निर्वाचनको मिति नजिकिँदै गएको समयमा इन्टरनेट सेवा प्रदायक संघ, नेपालले इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “इन्टरनेट सेवा अवरोध भएमा संविधानले प्रत्याभूत गरेको नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति बाधा पुग्नेतर्फ सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ । मुलुकभर सबै स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको ब्यवस्थापनमा गम्भीर असर पर्ने भएकाले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोग निर्देशन दिन्छ” विज्ञप्तीमा भनिएको छ ।त्यस्तै, कतिपय सञ्चार माध्यमले विभिन्न दल र उम्मेदवारका पक्ष र विपक्षमा तथा यो या त्यो पक्षले जित्ने वा हार्ने भन्नेजस्ता पूर्वानुमान गर्ने प्रकारका सामग्री प्रकाशन र प्रसारणप्रति आफ्नो ध्यानाकर्षण भएको आयोगको भनाई छ । आयोगले प्रेस काउन्सिल नेपालको सहयोगमा निर्वाचनसँग सम्बन्धित सामग्रीको नियमित अनुगमन गर्दैआएको छ ।“निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिता विपरीतका कुनै पनि साम्रग्री प्रकाशन तथा प्रसारण नगर्न—नगराउन आयोग सबै सञ्चार माध्यमलाई पुनः आग्रह गर्दछ” विज्ञप्तीमा भनिएको छ, “आचारसंहिता विपरीत सामग्री दिने कुनै पनि सञ्चार माध्यमबारे जुनसुकै माध्यमबाट आयोगमा उजुरी दिन सम्बन्धित सबै पक्षमा आयोग आग्रह गर्दछ ।”
सरकारले कोष तथा लेखा नियन्त्रक कार्यालय, खोटाङका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने भएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापी रुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक गृह मन्त्रालयमा सोमबार दिउँसो बसेको छ । बैठकमा मुख्यगरी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भए गरेका कामको समिक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ४८.७३ अङ्कले ओरालो लागेर दुई हजार ३०७.४४ अङ्कमा ओर्लिएको छ ।
नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन सोमबार दर्ता भएको छ ।
काठमाडौं, वैशाख १९ गते । १६ औँ संस्करणको मिस नेवा : को उपाधि काठमाडौं चःमतीकी सलिना महर्जनले जित्नुभएको छ । 'नेप्लिज फेसन होम'द्वारा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उहाँले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जित्नुभएको हो ।सलिनालाई उपाधिसँगै एक लाख नगद र 'नेपाल क्योकुसिन सेइसिन काइकान कराँते'को सद्भावना दूत पनि नियुक्त गरिएको छ । उहाँलाई गत वर्षकी मिस नेवाः कृषा महर्जनले ताज पहिराइदिनुभएको हो । यस्तै, ठमेलकी सबिना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिना प्रजापतिले सेकेन्ड रनरअपकाे उपाधि जित्नुभएकाे छ । रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा पूर्व उद्योगमन्त्री रविभक्त श्रेष्ठ अतिथिको रूपमा सहभागी हुनुहुन्थ्याे । प्रतियोगितामा मुख्य निर्णायकको रुपमा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ र नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे हुनुहुन्थ्यो ।
गोरखापत्र अनलाइन काठमाडौं, वैशाख १९ गते । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजकको जिम्मेवारी दिएको छ । चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन एमालेले सो जिम्मेवारी दिएको हो । काठमाडौँ महानगर निर्वाचन परिचालन सचिवालयमा आज सम्बाेधन गर्दै संयोजक पोखरेलले भन्नुभयो, ‘चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ । अब थप व्यवस्थित ढङ्गले यो काम अघि बढ्छ ।’ पोखरेलले आज ३२ वटै वडाको गतिविधि र त्यहाँ भैरहेको चुनावी प्रचारबारे जानकारी लिनुभयो । एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले मुलुकको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढङ्गले अघि बढ्ने बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरु सभ्यताका वाहक हुन् भने उहाँहरुले गरेका सिर्जना राष्ट्रका अमूल्य निधि र सम्पदा रहेको बताउनुभएको छ ।
पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।