मतदाता सूचीमा नाम नभएका कारण सप्तरीको रूपनी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवारको मनोनयन दर्ता रद्द भएको छ ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट जिल्लाको रूपनी गाउँपालिका अध्यक्ष पदमा अरुणकुमार साहले मनोनयन दर्ता गर्नुभएको थियो । निर्वाचन आयोगले बिहीबार साहको मनोनयन रद्द गरेको हो । २०७० को संविधान सभा निर्वाचनमा मतदान गरेको ठाउँमा आफ्नो नाम हटेको विषयमा साह आश्चर्यचकित हुनुभएको छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १९ गते । भजन शिरोमणि भक्तराज आचार्यको नाममा स्थापित ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७८’ सङ्गीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई प्रदान गरिएको छ ।शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपियाँसहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो । त्यसैगरी कार्यक्रममा ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’ बाट वाद्यवाधक रुपेश सिंहलाई नगद २५ हजार एक रुपियाँ प्रदान गरियो ।
कपिलवस्तुमा स्ट्रारिपर (भुसा काटने मेसिन)को प्रयोग बढ्दै गएको छ । विगत वर्षमा कम्बाइन मेसिनले गहुँ र धान काटेपछि बाँकी रहेका ठुटालाई खेतमै छाडिने गरिन्थ्यो । त्यही ठुटालाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गरिएको थियो तर स्ट्रारिपर मेसिनले खेतमा बाँकी रहेका गहुँ र धानको ठुटालाई भुस बनाई सङ्कलन गर्ने गरिएको छ । स्ट्रारिपरको प्रयोग गत वर्षदेखि कपिलवस्तुमा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताउनुभयो ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मुटुरोग परीक्षणसम्बन्धी शिविरबाट एक हजार पाँच सय जनाभन्दा बढीले सुविधा लिएका छन् । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको शिविरमा एक हजार ५०५ जनाको मुटुको परीक्षण गरिनुका साथै औषधि उपचारको सेवा प्रदान गरिएको थियो ।
बागलुङमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल गरेका छन् । एमालेले नगरप्रमुख र राप्रपाले उपप्रमुखको भागबन्डा गरी चुनावी गठबन्धन गरेका हुन् । एमालेले प्रमुखमा प्रदेश कमिटी सचिवालय सदस्य जनकराज पौडेल र राप्रपाले जिल्ला समिति सदस्य सञ्जय खड्कालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । पहिलो स्थानीय तह निर्वाचनमा पनि चुनावी तालमेल गरेका दुई दल दुवै पदमा विजयी भएका थिए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमाले र राप्रपाले आइतबार चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् ।
नेपाल प्रहरीका अनुसार दस महिनाको अवधिमा लागूऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता भएका छन् । यस अवधिमा ९१ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा आर्थिक वर्ष ०७८/७९ देखि हालसम्ममा दर्ता भएका उजुरीका पाँच जना आरोपित फरार छन् । पछिल्लो समय घरमै भण्डारण गरी लागूऔषध बिक्री गर्दै आएका एक युवालाई प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बोदेबर्साइन नगरपालिका–९, देउरीस्थित घरबाट लागूऔषधसहित पक्राउ परेका १९ वर्षीय शङ्कर यादवलाई सार्वजनिक गरेको छ ।
सर्लाहीको कृषि उपज थोक बजार लालबन्दीमा किसानले उत्पादन गरेर ल्याएको बोडीले मूल्य पाउन छाडेको छ । केही दिनअघिसम्म थोरै मात्र आउने बोडी विगत एक सातादेखि भने बजारमा अत्यधिक भित्रिन थालेको हो । बोडी उत्पादनको मुख्ययाममा मूल्य भने नपाउँदा किसान निराश छन् ।
बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई २-१ गोलले हरायो ।
इङ्लिस प्रिमियर लिग फुटबलको बलियो टोली चेल्सीलाई रेलिगेसनको दबाबमा रहेको एभर्टनको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग उसैको मैदानमा १-० गोलले पराजित भयो ।
सात वर्षअघिको भूकम्पले जीर्ण अवस्थामा रहेका नुवाकोटको साततले दरबारलगायतका पुरातात्त्विक महत्त्वका सम्पदा अझै टेकोका भरमा छन् । चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्ने भनिएको नुवाकोटको साततले दरबार सङ्ग्रहालय अझै टेकोको भरमा अडेको छ ।
रुपन्देहीको तिलोत्तमा गौतमप्रसाद चौधरी (थारू) कुनै समय शिक्षक हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनका महत्त्वपूर्ण १४ वर्ष तिलोत्तमा नगरपालिका–१३ मा रहेको नर्मदेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई कखरा सिकाएरै बिताउनुभयो । अहिले उनै शिक्षकको परिचय बदलिएको छ । उहाँले सो पेसा छाडेर कृषिकर्ममा रमाउन थालेपछि शिक्षकको परिचय किसानमा बदलिएको छ ।
राजनीतिक दलहरूले हरेक निर्वाचनमा प्रमुखताका साथ उठाउने सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान नहुँदा सकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू चिन्तित बनेका छन् । आफूहरू सधैँ भोट बैङ्कका रूपमा मात्र प्रयोग भइरहेको भन्दै उनीहरूले अब धेरै नढाँट्न उम्मेदवार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
श्रमिकका निम्ति आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अवधारणाले सार्थकता पाएको दिन हो– मे दिवस । यसका पछाडि लामो सङ्घर्ष छ । सन् १८९० अर्थात् १३३ वर्ष श्रमिकको लामो सङ्घर्षले सार्थकता पायो । फलस्वरूप हरेक वर्ष मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने विश्वव्यापी प्रचलन छ । श्रमिकलाई गुणस्तरीय जीवन बिताउने वातावरण तयार गर्न समयसापेक्ष सुविधा तथा अधिकारको सुनिश्चितताका लागि सरकार एवं रोजगारदातालाई झकझकाउने दिनका रूपमा यो दिवसको महìवपूर्ण स्थान रहिआएको छ ।
एक बलियो सूचना प्रणालीको आधारमा सञ्चालित सरकारलाई बलियो सरकारको उपमा दिइन्छ । राज्य सञ्चालनका लागि सूचना एक यस्तो महìवपूर्ण संसाधन हो, जसले सरकारलाई जवाफदेही मात्र बनाउँदैन अपितु यसले सरकारलाई आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्न तथा राज्य सञ्चालनमा जनताको सहभागिता सुनिश्चित गर्नसमेत मद्दत गर्दछ । जसका कारण सरकारको सक्षमता बढ्ने गर्दछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामको रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, २०७९ का अवसरमा शुभकामना दिनुहुँदै उहाँले सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने उल्लेख गर्नुभएको छ ।