माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् ।
भारतको चेन्नईमा जुलाईको २८ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने ४४औं चेस ओलम्पियाडमा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई मंगलबार विदाइ गरिएको छ । टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले विदाइ गर्नुभयो ।
नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै मंगलबार सांसद भट्टराईले सो आरोप लगाउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘‘तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ ।
नेपाल भलिबल संघ केन्द्रीय निर्वाचनको तयारीमा जुटेको छ । नयाँ नेतृत्व चयनका लागि संघको हालै भक्तपुरमा सम्पन्न कार्यसमिति बैठकले भदौ २२ गते केन्द्रीय निर्वाचन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरुले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारीहरु गत १० दिन यता निर्वाचित जनप्रतिनिधिले आफ्ना मान्छे बाहेक अरुलाई निकालेको भन्दै आन्दोलन गरेका हुन् ।
पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा फरेन्सिक ल्याबका विज्ञहरुसँग छलफल गर्ने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) भित्र भएका गतिविधीलाई एक एक गरी निगरानी गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा सोमबार बसेको केन्द्रीय कमिटिको बठकले उक्त निर्णय गरेको हो ।
मनौवैज्ञानिक दृष्टिकोणबाट अझै बढी चाखलाग्दो र परिज्ञान प्राप्त गर्न फिजिओनोमिस्ट (अनुहार पढ्ने)ले नाकको आकार अध्ययन गरी मानिसको स्वभाव र व्यक्तित्व बुझ्ने प्रयास गरिरहेका छन् । फिजिओनोमिस्ट व्यक्तिको नाकको आकार प्रकारले उसको व्यक्तित्व बयान गर्ने दाबी मात्र गरेका छैनन् स्वास्थ्य र आयुको निश्चित अवधि कसरी बित्ने छ भन्ने पनि विश्लेषण गरेका छन् । वास्तवमा अनुहारको अध्ययन गर्ने कला आज विकसित भएको होइन, तीन हजार वर्ष पहिले नै मानिसले अनुहारको अध्ययन गर्दथे। फिजिओनोमिस्ट जान हानरका अनुसार अनुहारको अध्ययन गर्दा खुला किताबसरह मानिसको व्यक्तित्वका विशेषता पढ्न सकिन्छ। आऔँ हेरौँ तपाईंको नाकको आकारले तपाईंको व्यक्तित्वका बारेमा के भन्छ :
होचो कद, सानो र पातलो शरीर झट्ट हेर्दा उहाँलाई कसैले पनि हिमाल आरोही भनेर विश्वास नै गर्दैनन् । धेरै ठाउँमा उहाँले फोटो देखाएपछि मात्र मान्छेहरू अचम्म मान्छन् । यति सानो मान्छेले पनि सगरमाथा चढ्न सक्छन ? पत्यार नै मान्दैनन् । मुना मासिकसँग कुराकानीको क्रममा सफल हिमाल आरोही पूर्णिमा श्रेष्ठले भन्नुभयो, “हट्टाकट्टा देखिने बलियो खाइलाग्दो शरीर हुनेले मात्र सगरमाथा चढ्न सक्छन् भन्ने मान्छेहरूको बुझाइ हुने रहेछ तर होइन । हिमाल चढ्न होस् या कुनै पनि काम गर्न शारीरिक बनावटले होइन, बलियो आत्मविश्वास र इच्छाशक्तिले मात्र सफल हुन सकिन्छ भन्ने कुराको पूर्णिमा श्रेष्ठ उदाहरण नै हुनुहुन्छ । आफूभित्र केही गर्छु भन्ने आत्मविश्वास भए संसारमा कुनै पनि कुरा असम्भव हुँदैन ।” आठ हजार मिटर उचाइका आधा दर्जन हिमालको सफल आरोहण गरिसक्नुभएकी सगरमाथा आरोही पूर्णिमासँग धेरै सफल अनुभव छन् ।
तिमीलाई खोज्दैखोज्दै एक दिन आउनेछ– सिरसिर्रे र साथमा ल्याउनेछ– गाउँको सम्झना गाउँमा तिम्री आमा डोकोमा जूनताराको भारी बोकेर
सत्यको अर्गानिक इतिहास यतिखेर भ्रमहरूको दुकानबाट एकाएक लिलाम भएको छ र, मृत्यु क्याप्सुल सेवन गरेर.. खरानी भएको छ
झन्डा शब्दको अर्थ नेपाली बृहत् शब्दकोशमा डन्डाको टुप्पामा जोडिने र खास गरी भवन, मन्दिर आदिमा फहराइने, कुनै देश, संस्था, दल आदिको विशेष प्रतीक वा चिह्न अङ्कित कपडाको विभिन्न आकार र रङको टुक्रा, त्यस्तै आकारमा बनेको कागत, धातु आदिको टुक्रो, परिचायक चिह्न, ध्वजा, पताका, भनेर उल्लेख गरिएको छ।