नेपालको परिचय विश्वमा शान्तिप्रिय राष्ट्रका रूपमा कायम रहेको छ। विश्व राजनीतिक मञ्चमा नेपालले विश्वशान्ति तथा मानव अधिकारजस्ता विषयलाई प्रधानता दिँदै आएको छ। अमेरिकाको न्युयोर्कमा जारी ७७औँ राष्ट्रसङ्घीय महासभामा नेपालले विश्व शान्ति, राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, कोभिड–१९ विरुद्धको लडाइँ, निशस्त्रीकरण, सैन्य होडबाजीको अन्त्यजस्ता विषयलाई प्रमुख प्राथमिकता दिएको छ। यी विषयले समकालीन विश्वलाई प्रत्यक्ष रूपले प्रभावित पारिरहेका छन्। नेपालले ती सबै समस्या शान्तिपूर्ण, सहकार्य र समन्वयात्मक ढङ्गले समाधान होस् भन्ने चाहन्छ। नेपालको राष्ट्रिय दृष्टिकोण मानवजातिको सर्वोपरि हितमा केन्द्रित छ। परराष्ट्रसचिव भरतराज पौड्यालले महासभामा नेपालको दृष्टिकोण स्पष्ट पार्नुभएको छ। नेपालद्वारा ७७औँ राष्ट्रसङ्घीय महासभाबाट उठाइएका विषयवस्तु विश्व शान्ति, विकास र अग्रयात्राका लागि असाध्य महत्वपूर्ण छन्। प्रत्यक्ष अप्रत्यक्ष रूपमा विश्वलाई प्रत्येक आयामबाट प्रभावित गरिरहेको विषयवस्तुलाई नेपालले उठान गरेको छ। महासभामा नेपालले सार्वभौमिक समानतालाई जोड दिएको छ। कुनै पनि राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता तथा क्षेत्रीय अखण्डताविरुद्ध धम्की वा बल प्रयोगको नेपालले सधैँ विरोध गर्ने उद्घोषण गरेको छ। यसबाट सबै राष्ट्रलाई शान्ति तथा स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूतिमा बल पुग्नेछ। वर्तमान विश्व आतङ्कवादबाट प्रताडित छ। अनेक रूपमा आतङ्कवाद देखापर्ने गर्छ। यस सन्दर्भमा नेपालले आतङ्कवादका सबै रूप र अभिव्यक्तिको निन्दा गरेको छ। यसलाई आतङ्कवादविरुद्धको बृहत सन्धिको यथाशक्य निष्कर्ष निकाल्न विश्वसमुदायलाई घच्घचाएको अर्थमा लिन सकिन्छ। विश्वका कतिपय मुलुकले आतङ्कवाद र मानव अधिकारका सम्बन्धमा दोहोरो चरित्रसमेत अवलम्बन गरेको अवस्थामा नेपालले राष्ट्रिय अडान सुस्पष्ट गरेको हो।विश्वका कतिपय स्थान युद्ध, सङ्घर्ष तथा विवादले गर्दा समस्याग्रस्त देखिएका छन्। यी सबै समस्याको समाधान बलको प्रयोग नभई शान्तिपूर्ण वार्ता तथा सम्झौताका माध्यमबाट हुनुपर्छ भन्ने नेपालको अडान छ। नेपालको विश्वास शान्ति, सहार्य र सद्भावमा छ। अन्तर्राष्ट्रिय जगत्मा नेपालको परिचय शान्तिप्रेमी राष्ट्रका रूपमा स्थापित छ। शान्तिपे्रमी भएसँगै विश्वका विभिन्न स्थानमा राष्ट्रसङ्घीय झन्डामुनि शान्ति स्थापनार्थ गर्न नेपाली सेना तथा प्रहरीको योगदान पनि उत्तिकै महत्वपूर्ण छ। वर्तमानमा नेपाल राष्ट्रसङ्घीय शान्ति अभियानअन्तर्गत शान्ति सेना तथा प्रहरी उपलब्ध गराउने दोस्रो ठूलो राष्ट्र बन्न सफलसमेत भएको छ। यसको अर्थ नेपाल अन्तर्राष्ट्रिय तवरमा शान्ति स्थापनार्थ मन, वचन तथा कर्मले सहयोग गरिरहेको स्पष्ट सन्देश प्रवाहित भएको छ। बेलाबखतमा नेपाली शान्ति सेना तथा प्रहरीको संयुक्त राष्ट्रसङ्घ तथा अन्य मुलुकद्वारा हुने प्रशंसा पक्कै पनि नेपाल र नेपालीका निम्ति गौरवका विषय हुन्। विश्वशान्तिका निम्ति नेपाल यस सद्कार्यलाई निरन्तर अगाडि बढाउन चाहन्छ।जलवायुमा देखिएको परिवर्तन वैश्विक रूपमा चिन्ताको विषय हो। ठूला औद्योगिक राष्ट्रहरू प्रकृतिको अति दोहनबाट यो समस्या उत्पन्न भएको हो। विगत एकडेढ सय वर्षमा भएको प्राकृतिक स्रोतको अति उपयोग र कतिपय अर्थमा दुरुपयोगबाट आर्जन गरेको विकास विनाशको समेत कारण बन्ने खतरा छ। यसबाट पर्यावरणीयदेखि मानव जनजीविकाका क्षेत्रमा समेत असाध्य प्रतिकूल अवस्था सिर्जना गरिरहेको छ। राष्ट्रसङ्घीय महासभामा नेपालले विश्वलाई नै आक्रान्त पारिरहेको यो जल्दोबल्दो समस्या समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्य तथा ऐक्यबद्धतामा जोड दिएको छ। सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने नेपालको प्रतिबद्धता महासभामा व्यक्त गरिनु अर्को महत्वपूर्ण पाटो हो। यसबाट यो लक्ष्य प्राप्तिमा थप उत्साहपूर्ण वातावरणको सिर्जनामा योगदान पुर्याउन सक्नेमा विश्वस्त हुन सकिन्छ। नेपाल विशेष गरी विश्वलाई प्रभावित गरिरहेका मुख्य चुनौती तथा विषयवस्तुमाथि निकै चिन्तित छ। समग्रमा नेपालले यस पटकको महासभामा मूलभूत राष्ट्रिय दृष्टिकोणलाई सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्चमा सुस्पष्ट पारेको छ। उठान गरिएका विषयवस्तु विश्वजगत्लाई नै सही दिशामा अग्रसर गराउन उपयोगी छन्। निशस्त्रीकरण, विश्वशान्ति र सुरक्षा, क्षेत्रीय अखण्डता, कोभिडको समस्या, अन्तर्राष्ट्रिय स्तरमा खोपको सन्तुलित वितरण, जलवायु परिवर्तनजस्ता नेपालले उठाएका जल्दाबल्दा विषयको समाधानमा निम्ति सहकार्य तथा ऐक्यबद्धता कायम हुन सकेमा यसले अधिकतम सकारात्मक परिणाम ल्याउनेछ।
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले उत्तर विधायिकी परीक्षण (ऐन कार्यान्वयन मापन)को अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ ।
चन्द्रलोक प्रतिष्ठानले बिभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मानित गरेको छ ।
काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौंको रानीवनमा लागेको आगो नियन्त्रणमा आएको छ।आगलागीबाट करिब २५ लाखको क्षति भएको छ ।
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । दशैलक्षित बजार अनुगमन गर्नेक्रममा बुधबार नगरपालिकाको उपप्रमुख विनिताकुमारी मेहताको नेतृत्वको बजार अनुगमन टोलीले अनुगमन गरेको हो ।
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । देवानगञ्ज गाउँपालिका –१, मध्यहर्षाही र देवनागञ्ज ६ राजगञ्ज सिनुवारीमा बुधबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको हो ।
सिराज खान नेपालगञ्ज, असोज १२ गते । सल्यानको मूलपानीमा जीप दुर्घटनाका घाइते तिलक ओलीको अहिले कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सो दुर्घटनामा परेर एक बालकसहित ८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते सल्यान कपुरकोट गाउँपालिका ६ जलवाङका ३५ वर्षीय ओलीले चालक निदाउँदा दुर्घटना भएको बताउनुभएको छ। शरीरका धेरै भागमा गम्भीर चोट लागेर घाइते हुनुभएका उहाँले चालक निदाएपछि दुर्घटना भएको बताउनुभएको छ। उहाँले दुर्घटनापछि आफूले नै भतिजोलाई फोन गरेर दुर्घटनाको जानकारी दिएपनि ठ्याक्कै ठाउँ बताउन नसक्दा समयमा उद्धार हुन नसकेको उहाँको भनाइ छ। दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्री गरेर सल्यानतर्फ हिँडेको उहाँहरू सवार रा १ ज ५६३ नम्बरको डबल क्याप सो जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा राति करिब दुई बजेको आसपासमा दुर्घटनामा परेको थियो। दुर्घटनाको खबरले ढकेरीमा रहनु भएका खड्का परिवार शोकमा डुबेको छ। कल्पनै नगरेको घटना भएको उहाँहरूको भनाइ छ।
काठमाडौं, असोज १२ गते । लोकतान्त्रिक समाजवादी पार्टीकी निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। बुधबार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेत्री चौधरीलाई पार्टीमा स्वागत गर्नुभएको हो। बालुवाटारमा नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै सभापति देउवाले नेत्री चौधरीलाई स्वागत गर्नुभएको हो। सभापति देउवासँगै नेतृ चौधरीलाई कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले स्वागत गर्नुभएको हो। नेत्री चौधरीलाई कांग्रेसमा स्वागत गर्न नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, जिल्ला सदस्य विकासकुमार ठाकुरलगायत बालुवाटार पुग्नु भएको थियो।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले चाडपर्व लक्षित सुरक्षा चेकजाँचलाई कडाई गरेको छ । चेकजाँचमा कडाई गर्दै पूर्वपश्चिम राजमार्गमा चल्ने लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य गरिएको छ ।
सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, असोज १२ गते । अष्ट्रेलियामा रहेको डी-ब्वाइज इभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेसनले त्यहाँका विभिन्न सहरमा साकुरा नाइट सिजन ५ आयोजना गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममार्फत फस्टलुक सार्वजनिक गर्दै आयोजक संस्थाहरू सूर्य कर्पोरेसन र ग्लोबल मिडियाले यसबारे जानकारी दिएको हो ।यसअघि नेपाल र जापानमा चार पटकसम्म आयोजना भइसकेको साकुरा नाइटको सिजन–५ यस पटक ११ देशमा हुने कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले बताउनुभयो ।अष्ट्रेलियामा भने ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाइट सिजन ५ को आयोजना हुदैँछ । क्यानबेरा, सिड्नी, मेलबर्न र पर्थलगायतका सहरमा कम्तीमा ७ शोको तयारी भइरहेको अष्ट्रेलियाका लागि आयोजक संस्था डी ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले जानकारी दिनुभयो ।अष्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थामा डी–ब्वाईजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली ईन्टरटेन्मेन्ट र प्रोडक्शन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले व्यवस्थापनको तयारी गरेको छ ।डिसेम्बर १३ तारिखदेखि २१ तारिखसम्म कार्यक्रम हुने भएको छ । अष्ट्रेलिया पछि जापान, दुबई, दक्षिण कोरिया, न्युजिल्याण्ड, युरोप, बेलायत, क्यानडा, अमेरिका र नेपालमा पनि कार्यक्रम हुने भएको छ ।यो सिजनको लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समीक्षा अधिकारीले प्रस्तुति दिने बताइएको छ । कर्पोरेसनले २०२३ मा सूर्य ईनटरनेशनल अवार्डको तेस्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेकोसमेत जनाएको छ ।
उत्तरी गोरखाको मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन्।