दशैं सुरक्षा योजनाअनुसार जिल्ला प्रहरी कार्यालयले गरेको सवारी चेकजाँचको क्रममा नियमविपरित यात्रु बोक्ने ४३ जना सवारी साधन कारबाहीमा परेको छ् । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा प्रहरी चौकी रानिमत्ता, पाल्तडा, राकम कर्णाली र इलाका प्रहरी कार्यालय दुल्लुबाट गएको ट्राफिकसहितको टोलीले एक सय १० सवारी चेकजाँच गर्दा ४३ सवारी साधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
धनकुटामा सम्पन्न रोड रेस प्रतियोगिताको खुला तर्फको उपाधि नेपाल आर्मीका देवराज बस्नेतले जित्नु भएको छ । विश्व मुटु दिवसको अवसर पारेर बिहीबार धनकुटामा आयोजना गरिएको प्रतियोगितामा बस्नेतले १५ किलोमिटर दुरी दौड एक घण्टा एक मिनेट १९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।
खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र बिहीबार प्रदान गरिएको छ ।
नेपाली सेनाको बिकास निर्माण दलले कर्णाली करिडोरको हुम्ला र बाजुुरा खण्डमा गर्दैआएको काम रोकेको छ । सडक निर्माण कार्यमा खटिदै आएका कामदार दशैं मनाउन घर गएपछि सेनाले काम रोकेको हो ।
विश्व खाद्य सङ्गठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ ।
तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा ‘विशेष छुट’ हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ ।
यू–१७ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गर्नुभएको हो ।
काठमाडौं महानगरपालिकाले पैदल यात्रीलाई सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाउने बताएको छ ।
सुजन काफ्लेचरिकोट, असोज १३ गते । पर्यटकीय जिल्ला दोलखा सदरमुकाम चरिकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ।जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनले जथाभाबी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओर्लाउने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ।चरिकोट बजारमा सडक छेउमै टिकट काउण्टर खोलिएको छ। जिल्लामा नयाँ बस थपिएसँगै सडकमा समस्या भएको छ। यहाँ बस पार्किङका लागि समस्या छ। यातायातका साधन सडकमै पार्किङ गर्न नपाइने नियम छ। फराकिलो बसपार्क नहुँदा सडक दायाँबायाँ र होटल, पसल तथा स्थानीयका घर अगाडि सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको बोलेरो चालक रोशन कुमार केसीले बताउनुभयो। घर अगाडि र सडक छेउमै पार्किङ गर्दा दुर्घटना जोखिम बढ्ने उहाँको भनाइ छ।व्यवस्थित बसपार्क नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन्। यात्रु र सवारी साधनको चाप बढेको छ। तर, बसपार्क व्यवस्थापन अनि निर्माणमा सरकारी निकायको ध्यान पुगेको छैन। भीमेश्वर नगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेश राउतले बसपार्क निर्माणका लागि मास्टर प्लान तयार भएको बताउनुभयो। अरू स्थान भन्दा भीमेश्वर नगरपालिका ५ अनाथालय नजिकै रहेका जग्गामा सबैलाई पायक पर्ने भएकाले बसपार्कको लागि जग्गा व्यवस्थापन भएको उहाँको भनाइ छ। जिल्ला सदरमुकाम चरिकोटसहित सिगटी, जिरी, मैनापोखरी बजारलगायत व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क नहुँदा सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ। जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रसम्म यातायात सञ्चालन हुँदै आएको छ। मुख्य राजमार्ग र भित्री सडक प्राय सबैमा व्यावसायिक सवारी साधन सञ्चालनमा छन्।
साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । माल्दिभ्समा बुधबार राति भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ७२-५९ ले हराउँदै च्याम्पियन बनेपछि नेपाल दोस्रो भएको हो ।
पाल्पाको रैनादेवी छहरा –२, सर्देवामा निर्माणाधीन सिजी सिमेन्ट उद्योगमा कार्यरत कामदार आन्दोलित भएका छन् । तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै कम्पनीमा काम गर्ने कामदारहरूले कार्यालयमा तालाबन्दी गरेर काम ठप्प पारेका हुन् ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक रहेको बताउनुभएको छ ।
दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छन् । रोल्पाको होलेरीबाट घोराहीतर्फ आउने क्रममा एम्वुलेन्स घोराही उपमहानगरपालिका–१९ च्यानगैरामा दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन ।
जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना भएको छ । हिमा गाउँपालिका –१ आचार्य लिहीमा स्याउ बाेकेको ट्रक बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।