शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, असार १२ गते । चन्द्रलोक प्रतिष्ठानले बिभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मानित गरेको छ ।
बुधबार पर्यटन बोर्डमा भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँहरुलाई सम्मानित गर्नु भएको हो ।
चन्द्रलोक प्रतिष्ठानले न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाललगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मानित गरेको छ । उक्त सम्मानबाट गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा, जनता टेलिभिजनका सम्पादक टंक पन्तलगायतका ब्यक्तिहरु सम्मानित हुनुभएको हो । संस्थाका अध्यक्ष सीताराम कार्कीले विभिन्न क्षेत्रमा ख्याती कमाएका ब्यक्तिलाई सम्मान गरेको बताउनुभयो ।