नाम्खा गाउँपालिका –६ को हिमालपारिको गाउँ लिमीको तुम्लिङ र ताक्ची नदीमा नयाँ झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएपछि स्थानीय बासिन्दा खुसी हुनुभएको छ ।
अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश नं. १ का पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अध्ययन थालिएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशको राजनीति दुई ध्रुवमा ध्रुवीकृत रहेकाले देश बनाउने शक्तिलाई स्थापित गराउन सञ्चार माध्यममले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
जिल्ला सुरक्षा समितिले पाल्पाका २९ वटा मतदान स्थललाई सुरक्षा संवेदनशील सूचीमा राखेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।
सोमालियामा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यहाँका अल सेबाब आतङ्ककारी सङ्गठनका ४० जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ ।
छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुभएको छ ।
नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यटन गरेको संसद पुनरस्थापनाका लागि आफूहरुले गरेका क्रियाकलापमा कुनै पनि खालको आत्मआलोचना नगर्ने बताउनु भएको छ ।
कुमाल भाषा
भोजपुरी भाषा
दाङका बालबालिकामा बर्सेनि कुपोषणको समस्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङका १०
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन इच्छुक पदाधिकारी र सर्वसाधारणलाई टीका लगाइदिनु हुने भएको छ ।
अमेरिकी डलरको बढ्दो मूल्य र नेपाली मुद्राको खस्कँदो अवस्थाले नेपाली अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने खतरा देखिएको छ ।
गाउँगाउँमा अहिले पनि विद्यमान विकृति तथा विसङ्गतिविरुद्ध स्थानीय कलाकारद्वारा सडक नाटक प्रस्तुत गरिएको छ । स्थानीय भाषा र देउडा गीतमार्फत कलाकारहरूले गाउँघरमै पुगेर सडक नाटक देखाएका हुन् ।