मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा (एमाले)का घनश्याम खतिवडा तेस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
कात्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको छ ।
नेपाल चेम्बर अफ कमर्सले बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा दुई जनामा डेंगु सङ्क्रमितको मृत्यु हुनुका साथै ९१४ जनामा डेंगु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८३७ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल विकास अलपत्र परेकाले उम्मेदवार बनेको बताउनुभयो।
साबिक विजेता फ्रान्सले कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि खेलाडी टोलीको घोषणा गरेको छ । फ्रान्सले बुधबार राति २५ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको हो ।
सल्यानमा ट्याक्टु दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बनगाड कुपिण्डे नगरपालिका १० रजेखोलाबाट थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर रजेखोलामा दुर्घटना हुँदा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
अमेरिकामा गत मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनसँगै परिणाम पनि प्राप्त हुन थालेको छ । पछिल्लो परिणामले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त हुने देखिएको छ ।
जाडो मौसम सुरु भए पनि तनहुँमा डेंगुको सङ्क्रमण फैलिरहेको छ । सदरमुकाम दमौलीस्थित अस्पताल लगायतका अन्य अस्पतालमा डेंगुका बिरामीको चाप बढेको हो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाल र पाकिस्तानबीच कात्तिक ३० गते हुने मैत्रीपूर्ण खेलको भाग्यमानी दर्शकलाई विश्वकप हेर्ने मौका दिने भएको छ ।
सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सोलुदूधकुण्ड नगरपालिका –१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताउनुभएको छ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आचारसंहिताको पालना नगर्ने उम्मेदवारलाई कारबाही गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कानुन समाज र निर्वाचन आयोग नेपालको आयोजनामा दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ ।