लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौं मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ ।
काठमाडौं महानगरपालिका-११ थापाथलीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता सिंहले काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउनु नहुने बताउनुभएको हो ।
नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै, सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की कल्पना धमला हुनुहुन्छ । उहाँहरू दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारहरूले सिँचाइको समस्या समाधान गर्ने मुख्य सङ्कल्प रहेको बताएका छन् । मत माग्न घरदैलो गर्ने क्रममा आफ्नो पहिलो प्राथमिकता सिँचाइको समस्या समाधान गर्ने रहेको बताउने गरेका छन् ।
कतिपय व्यक्तिलाई राजनीतिसँग ‘एलर्जी’ नै हुन्छ । राजनीतिमा चासो नहुँदा नहुँदै पनि कोही पनि राजनीतिको बाघपञ्जाबाट उम्कन सक्दैन। कसैलाई पत्यार नलाग्न सक्छ, मानव जीवन राजनीतिकै एक हिस्सा हो। यस सम्बन्धमा एउटा सर्वप्रचलित भनाइ उद्धरणीय छ, ‘राजनीति जताततै छ।’ हुन पनि राजनीतिले नछोएको कुनै क्षेत्र नै छैन।
मसानबाट जुरुक्क उठेर दिउँसै बर्बराउन थालेको छ मृतात्मा यहीबेला निर्लज्ज बयलगाढा चालकले निस्फिक्री समाइरहेछ विरुदावली जहाजको स्टेरिङ अलपत्र र निरीह प्यासेन्जरहरू
कलमको कुरा जान्नेहरू मसिको कुरा गर्न जान्दैनन् । मसीको कुरा जान्नेहरू कलमा प्रवाहित हुन सक्दैनन् ।
भाइबहिनीहरू, जब हामी कोही व्यक्तिका बारेमा कुरा गर्छौँ, सुन्छौँ कथाजस्तै लाग्छ । हुन पनि हरेक व्यक्ति स्वयं एउटा सिङ्गो कथा हो तर सबै कथा सुन्न र पढ्न लायक हुँदैनन् । मान्छे मान्छे भएर बाँच्न पनि सजिलो कहाँ छ र ? व्यक्तित्व बनाउन र मान्छे भएर बाँच्न लगनशील हुनुपर्छ । चाहना राख्नु राम्रो हो । त्यसका लागि क्षमता चाहिन्छ, सामाजिक परिवेश तथा वातावरण चाहिन्छ ।
बाँके क्षेत्र नम्बर ३ मा बाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका सह महामन्त्री किशोरसिंह राठौर र एमालेका जिल्ला अध्यक्ष किस्मत कक्षपतिविच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
आर्टुडियोको अन्तर्राष्ट्रिय कला रेसिडेन्ट कलाकार युरी अल्भिट्सले सार्वजनिक ठाउँलाई ग्यालरीका रूपमा प्रयोग गर्दै विष्णुमती नदीको खुला ठाउँमा ‘ह्याफजार्ड’ शीर्षकको आफ्नो खुला कला प्रदर्शनी प्रस्तुत गर्नुभएको छ। ‘ह्याफजार्ड’ कला प्रदर्शनीले प्रदूषण र काठमाडौँका नदी र सार्वजनिक स्थानको अव्यवस्थित अवस्था देखाउँदै युरीका कलाकृति प्रदर्शनीमा राखिएका थिए। सार्वजनिक कला प्रदर्शनीका रूपमा डल्लु पुल, विष्णुमती नदीमा कला प्रदर्शन गरिएको हो।
नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाको स्मृति ग्रन्थको लोकार्पण गरिएको छ। सुवर्ण स्मृति परिषद्को केन्द्रीय कार्यालयद्वारा भक्तपुरमा आयोजित राणाको ४५औँ स्मृति दिवसमा सुवर्ण स्मृति ग्रन्थ लोकार्पण गरिएको हो।
प्रदर्शनको तेस्रो सातामा पनि चलचित्र ‘महापुरुष’ हाउसफुल भइरहेको छ। शुक्रबारसमेत दर्शकको साथ पाएको चलचित्र शनिबार काठमाडौँ उपत्यकामा रहेका सो हाउसफुल छन्। प्रदर्शनको दुई सातामा सात करोड चार लाख ग्रस कलेक्सन गरेको चलचित्र नेपालसँगै अमेरिकामा समेत इतिहास बनाउने दौडमा छ।