नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान सङ्कटमा रहेको बताउनुभएको छ ।
दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपिएफकी फुलमती रानाले जित्नुभएको छ ।
गुल्मीको तम्घास बजारलाई हर्न निषेधित क्षेत्र बनाइने भएको छ । रेसुङ्गा नगरपालिकाको मुख्यबजार एवम् जिल्लाको सदरमुकाम तम्घासलाई हर्न निषेधित क्षेत्र बनाउने निर्णय गरेको हो ।
नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैङ्कको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैङ्कहरूलाई दबाब आउन थालेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाको उपसभामुख पद प्रतिपक्षी दललाई दिनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा एक व्यक्ति बेपत्ता भएको तीन दिनपछि शव फेला परेको छ । प्रहरीका अनुसार फुरुम्बुका स्थानीय टङ्कबहादुर नुगो लिम्बूको शव फेला परेको हो ।
उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरीत संसदमा आफैँले सहिदहरूको सम्मानमा मौनधारण गर्न लगाउनु संसदीय मूल्य मान्यताअनुकुल नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । इटहरी स्थित जनता क्रिकेट पार्क मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई ६ विकेटले हरायो ।
थारु सांस्कृतिक पहिचान झल्काउने र प्रचार प्रसार गर्ने उद्देश्यसाथ रामधुनी नगरपालिका झुम्काको जितमहान चोकमा तिलासंक्राइत कार्यक्रम सम्पन्न भएको छ ।
ओमानको मस्कटमा जारी २०औँ भेट्रान्स विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ ।
थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनल नेपालका लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारले हार खेप्नुभएको छ ।
प्रतिनिधि सभाको उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ। प्रतिनिधि सभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो।
वङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भई नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–११, कुईनेस्थित भेरी नदी र कर्णाली नदीको सङ्गमस्थल ।
जर्मन बुन्डेसलिगा फुटबलको उपाधि दौडमा रहेको बायर्न म्युनिख आरबी लेइपजिगसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति लेइपजिगको मैदानमा भएको खेलमा बायर्नले लेइपजिगसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।