• ९ जेठ २०८१, बुधबार

साताका सात तस्बिर

blog

सुर्खेतको पञ्चपुरी नगरपालिका–११, कुईनेस्थित भेरी नदी र कर्णाली नदीको सङ्गमस्थल । तस्बिरः सुरेश आचार्य/रासस


पूर्वी रुकुमको भूमे गाउँपालिका–१ स्थित लुकुम गाउँ। यो क्षेत्र मध्यपहाडी लोकमार्गमा जोडिएपछि खेतीयोग्य जमिनमा तीव्र रुपमा बस्ती बिस्तार हुँदैछ । तस्बिर : डम्मर बुढा मगर, रासस 


प्रतिनिधि सभाको सभामुख पदमा बिहीबार निर्वाचित हुनुभएका देवराज घिमिरे । तस्बिरः रत्न श्रेष्ठ/रासस


पोखराको सेती  खोंचमा  आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटना स्थलमा सोमबार  बिहानैदेखि उद्दार  तथा  वेपत्ताको खोजी भएको थियो ।  तस्बिरः राधिका कँडेल/रासस


काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिएको सूर्य उदयको दृश्य । तस्बिर : कविता थापा 


नवनियुक्त मन्त्रीका साथमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत । तस्बिर: सुजन गुरुङ 


सुर्खेतको चौकुने गाउँपालिका–१०, घाटगाउँको चिप्लेघाटस्थित भेरी नदी माथिको ५५० मिटर लामो पुल । पुल सञ्चालनमा आएपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको सम्बन्ध सिधा जोडिएको छ भने दूरी पनि घटेको छ । तस्बिरः सुरेश आचार्य/रासस