दार्चुलाको गोकुलेश्वरस्थित चौलानी नदी किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ । शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वरमा चौलानी नदीको किनारमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालिगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफलाइन रहेको बताउनुभएको छ।
पुरुषले मात्रै गाउँ, समाजको नेतृत्व गर्नुपर्छ भन्ने मान्यतालाई चिर्दै कैलालीमा महिलाले भलमन्साको जिम्मेवारी लिन थालेका छन् । गाउँ चलाउन महिला पनि सक्षम रहेको सन्देश दिदैं उहाँहरु भलमन्साको भूमिकामा आउन थाल्नुभएको हो ।
कृषि ज्ञान केन्द्र कैलालीले किसानलाई पावर टिलर हस्तान्तरण गरेको छ।
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताउनुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गर्नुभएको छ।
प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्को बैठक माघ १० गते मङ्गलबार दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो ।
प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो।
प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। शनिबारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रस्तावक, समर्थक र सांसदले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् ।
सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका फाइल अनुसन्धान नगरेको भन्दै आपत्ति जनाउनुभएको छ।
जाम्बियाका सुरक्षा निकायले शुक्रबार राजधानी लुसाकामा इथियोपियाली भएको आशङ्कामा ३३ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको बताएको छ ।
चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।
बेलायती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताउनुभएको छ।