सर्लाहीको हरिपूर्वा नगरपालिकामा बिहीबार एक युवकको कुलोमा डुबेर मृत्यु भएको छ । जिल्लाको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिका –९, वसन्तपुर पछियारी टोल बस्ने १८ वर्षीय ललन राय यादवको बोरिङबाट सिँचाई गर्न बनाइएको कुलोमा डुबेर मृत्यु भएको हो ।
आइतबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
अफ्रिकी विकास बैङ्कले अफ्रिकी देशहरूमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरूमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गरिने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
दिगो विकास तथा सुशासन समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समयमै मल उपलब्ध गराउने कार्ययोजना पेस गर्न निर्देशन दिएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ । बिहीबार राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले देशभरका झण्डै ८० लाख विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्नु आफ्नो मन्त्रालयको मुख्य जिम्मेवारी रहेको बताउनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ ।
जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मङ्गलवार देखी आएको लगातारको हिमपातले धावन मार्गमा हिउँ जमेपछि जहाज बस्न सकिरहेका छैनन् । आज बिहानै देखी हिउँ रोकिएको छ ।
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रा सहित हस्तान्तरण गरिएको हो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा वसन्तपञ्चमी(श्री पञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
हिमाली बौद्धमार्गीहरुले मनाउने लोसार पर्वको अवसर पारेर 'लोसार मेला' बोलको गीत बजारमा ल्याएको छ । लोसार पर्व उत्सवका क्रममा मेलाहरू पुगेर माया लगाउने गीतको मुख्य बोल रहेको छ ।
जस्तै जुनेली नभ हुन्छ राम्रो झुल्के बिहानी पनि हुन्छ राम्रो । सदैव यौटै क्षण हुन्न राम्रो होस् एक त्यस्तै घरबार हाम्रो ।। १ ।।
१. परिवर्तन कसैको आँशु मोती हुन्छ कसैको आँशु पानी हुन्छ कहानी मोतीको आफ्नै कहानी पानीको आफ्नै झिँजा, दाउरा, मूढाको आफ्नै रापतापमै चम्किन्छ जीवन सुन झन झन खारिन्छ