सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको उपाधि दिनेश प्रजापतीले जित्नुभएको छ । रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न तीन दिने प्रतियोगिताको फाइनलमा दिनेशले रमेश अधिकारीलाई हराउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिको प्रयास हुने बताउनुभएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताउनुभएको छ ।
रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ ।
उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले आफू अप्ठ्यारो एवम् कष्टकर दिनहरूमा पनि नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको बुताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनका लागि राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने उहाँले बताउनुभएको हो ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा मौखिक र लिखित संक्षिप्त प्रतिवेदन पेस गर्नुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताउनु भएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक (डाक्टर) पुगेपछि सेवाग्राहीलाई राहत पुग्ने भएको छ। ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रमा डा.नवराज चपागाईँ पुगेपछि सर्वसाधारण सेवाग्राहीलाई राहत पुग्ने भएको हो।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक सय ८३ दशमलव २१ मा सीमित भएको छ ।
शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा पहिलो दिन ५७ करोड भारुको बम्पर ओपनिङ गरेको छ । जसमध्ये ५५ करोड रुपियाँ हिन्दी संस्करणबाट र बाँकी २ करोड डब तमिल र तेलुगु संस्करणबाट रहेको छ ।
नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । बिहीबार चेम्बरले ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक डा. मैनालीलाई सम्मान गरेको हो ।
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित सडेको र फोहर मासु बेच्ने दुई मासु पसललाई कारबाही गरिएको छ । तौलिहवाको हाटबजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिवाना गरिएको हो ।
विभिन्न कार्यक्रमको आयोजना गरी आज (बिहीबार) ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ ।