कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित एक कपडा उद्योगमा लागुऔषध चरेशको व्यापार हुने गरेको पाइएको छ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित भएका छन्।
टेलिभिजन रियालिटी शो 'हिमालय रोडिज'को पाँचौं सिजनको डिजिटल अडिसन खुला गरिएको छ।
क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आज (मङ्गलबार) निवेदन दर्ता भएको छ ।
बङ्गलादेशमा फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको छ।
अनावश्यक हर्न बनाएर ध्वनि प्रदूषण गर्ने ५२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मङ्गलबार) उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा ट्राफिक प्रहरीले अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ चालकलाई कारबाही गरेको हो ।
नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालय दलीयकरणको मारमा परेको बताउनुभएको छ।
लमजुङको दूधपोखरी गाउँपालिका ४ र ५ जोड्न कुयाँले खोलामा मोटर गुड्ने पुल निर्माण गरिएको छ।
पोखराको मुख्य सडकका चोकमा मोटरसाइकल र गाडी पार्किङ गर्न पोखरा महानगरपालिकाले निषेध गरेको छ। महानगरपालिको निर्णय अनुसार मुख्य सहरी क्षेत्रको सडकमा पार्किङ गर्न पाइने छैन।
सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ ।
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको भन्दै अनुगमन बढाउन निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नलिने बताउनुभएको छ।
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवाहरू फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन् ।