विश्वकप फुटबल दौरान विदेशी नागरिकहरूका लागि कतार प्रवेश गर्न प्रदान गरिएको प्रवेश पत्र ‘हाया कार्ड’ कोको वैधता सम्बन्धी कतारी आन्तरिक मामिला मन्त्रालयले समय बढाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा विकास, स्थायित्व र सुशासन कायम राख्न राजनीतिक दलबीच एकता आवश्यक रहेको बताउनु भएको छ।
हालै थाइल्यान्डमा सम्पन्न एएसबीसी एसियन यू–२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिप अन्तर्गत महिला ४८ केजी तौल समूहमा रजत जित्न सफल नेपालकी बक्सर सुस्मा तामाङ वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट हुनुभएको छ ।
उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र १५० भन्दा बढी घाइते भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटिएम शुल्क घटाएको छ । एउटा बैङ्कको एटिएम कार्ड अर्को बैङ्कको एटिएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबारबाट सुरु भएको प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौँ व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि व्यास नगरपालिका–७ का २६ वर्षीय विशाल गुरुङले जित्नु भएको छ ।
काठमाडौं महानगरपालिकाले नागरिकहरूको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ । रोग, उपचार र औषधि सेवा सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिने महानगरले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (मङ्गलबार) पनि माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।
गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ ।
हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यस वर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले आज (मङ्गलबार) भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ ।
झापामा बाबुसँग व्यावसायिक लेनदेन नमिलेपछि छोराको अपहरण गरी चार करोड फिरौती माग गरेका छन् । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा बिर्तामोडका २१ वर्षीय राजीव बस्नेत प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् ।