भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अहिले हड्ताल गर्ने बेला नभएकाले हड्ताल फिर्ता लिन आग्रह गर्नुभयो ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।
नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गर्नुभएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका– ७ को रोडिकोट गाउँका ३७ वर्षीय जगत विश्वकर्मा विगत ५ वर्षदेखि क्यान्सरका कारण थला पर्दै आउनु भएको छ । पछिल्लो अवस्थाले उहाँ आर्थिक अभाव हुन थालेपछि निकै हतास मनस्थितिमा गुज्रिरहेको देखिएको हो ।
‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत हुनुहुन्छ ।
उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् ।
मैले राधा उपन्यासमा कतै लेखेको थिएँ एउटा संवाद, जुन कृष्ण पात्रले बोलेको थियो– “राधा ! आपूmलाई सम्पूर्ण रूपमा नबिर्सीकन अर्कालाई प्रेम गर्न कहाँ सकिन्छ ? प्रेम भन्नु नै आफूले आफैँलाई बिर्सी आफूलाई अरूमा पाउनु हो । मैले आपूmलाई सम्पूर्ण रूपमा तिमीमा पाउनु र तिमीले आपूmलाई ममा पाउनु प्रेमको पूर्णता हो । .... शारीरिक प्रेम र आत्मिक प्रेमको अन्तर बुझ राधा । शारीरिक प्रेम यौनको वरिपरि हुन्छ, त्यसले शरीरको भोग गर्छ र सन्तान जन्माउँछ । आत्मिक प्रेम शरीरतì
बालकृष्ण समको प्रेमपिण्ड प्रेमविषयक चिन्तनप्रधान नाटक हो । यसको मूल घटनाका साथै अनेक अवान्तर प्रसङ्गहरू पनि प्रेमसँग सम्बन्धित छन् । ती सबैले आदर्श प्रेमको गाथा बोल्छन्, प्रेमका लागि आत्मोत्सर्ग गर्ने पात्रहरूको झझल्को दिलाउँछन् । यस नाटकमा प्रेमको अधिरचना ‘नियमित आकस्मिकता’को दर्शनको जगमा उभिएको छ । प्रेम आकस्मिक रूपमा जागृत हुने भावना नै त हो तर त्यो अनियमित हुँदैन । त्यो विपरीत विद्युतीय भार भएका ऋणात्मक र धनात्मक शक्तिका बीच परस्पर आकर्षण पैदा भए जस्तै नारी र पुरुषका बीच परस्पर ऋणात्मकता र धनात्मकताले हुने आकर्षण आकस्मिक क्रिया हो । सायास वा हठपू
विश्वप्रसिद्ध कलाकार भिन्सेन्ट भ्यान गग प्रेममा देखाएको पागलपनले विश्व परिचित छ । एक पटक उनले प्रेमिकालाई आफूलाई प्रेम गर्ने भए जे पनि गर्न तयार भएको अभिव्यक्ति दिन्छन् । उनले भन्छन्, ‘साँच्चिकै तिमी मलाई प्रेम गछ्र्यौ भने म तिम्रा लागि जे पनि गर्न तयार छु ।’ भ्यान गगले प्रेम गर्ने ती महिला (वेश्या)ले आफूप्रतिको अनुराग देखेर ‘साँच्चि हो ! तिमी मेरा लागि जे पनि गर्न तयार छौ ?’
बलेफी गाउँपालिकामा पछिल्लो समय कोठाभित्र बसेर उपभोक्ता समिति गठन गर्ने गरेको पाइएको छ । विधि र प्रक्रियालाई नमानेर गाउँपालिका वडा नम्बर ६ मा निमार्ण हुन लागेको अँधेरी खेलमैदान उपभोक्ता समिति उपभोक्ताहरूको भेला नगराई उपभोक्ता समिति गठन गरिएको छ ।
बुटवलमा निर्माण भएको लामो समयपछि पशु वधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयोे । सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणाबमोजिम वधशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिन लागिएको उहाँले बताउनुभयो ।
भारतबाट गहुँ आयातमा कडाइ गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै अन्य उद्योगमा परेको छ । भारतले १० महिनाअघि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिँदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् । गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योग चलिरहेको गौमती आँटा उद्योगका सञ्चालक हरिवंश राठीले जानकारी दिनुभयो । गहुँ पाक्ने सिजन नजिक आएकाले भण्डारण गरिएको गहुँबाट केही आपूर्ति भए पनि मागअनुसार नभएको राठीले बताउनुभयो ।
रुपन्देही जिल्लाभर रगत अभाव भएपछि बुटवलमा नियमित रक्तदान अभियान सञ्चालन गरिएको छ। बुटवलमा क्रियाशील विभिन्न सङ्घसंस्थाले बिरामीका लागि आवश्यक रगतको अभाव पूर्ति गर्न दैनिक रक्तदान कार्यक्रम गर्न अभियान नै थालेका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बुटवलमा दैनिक ९० पिन्ट रगत आवश्यक पर्ने बताउनुभयो। बुटवलमा कुनै बेला अति दुर्लभ मानिएको ब्लड ग्रुपको रगत मात्र अपुग हुने गरेकोमा अहिले भने सवै ग्रुपको रगतको माग रहेको उहाँले बताउनुभयो।