पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुग्नुहुन्छ। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थाल्नुभएको हो। सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू (२६ वर्ष) पनि भाषा सिक्न बिहान ६ बजे फिदिमको सेवारो कोरियन भाषा केन्द्रमा पुग्नुहुन्छ। स्नातक तहसम्म अध्ययन गरेकी लिम्बू नेपालमा रोजगारीको सम्भावना नदेखेर कोरियन भाषा पढ्न थाल्नुभएको हो।
नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको शतवार्षिकीको अवसर पारेर बेलायतबाट उच्चस्तरीय भ्रमण हुने भएको छ । नेपालका लागि बेलायतकी राजदूत निकोला क्याथ्रिन पोलिटले बेलायतले उच्चस्तरीय भ्रमण तालिका तय गरेको जानकारी दिनुभयो । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेसँग बेलायतकी राजदूत क्याथ्रिनले सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो । उच्चस्तरीय भ्रमणले नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ हुने बताउँदै राजदूत क्याथ्रिनले भ्रमणबारे जानकारी दिनुभएको थियो ।
सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किरातीले जनमुक्ति सेनाको ब्यारेक बसेका २८ वटा स्थानलाई युद्ध पर्यटनका रुपमा विकास गरेर लानुपर्ने बताउनुभएको छ।
निर्माण व्यवसायी सङ्घ मकवानपुरको ११ औँ अधिवेशनबाट सङ्घको अध्यक्षमा बालगोपाल कँडेल निर्वाचित हुनुभएको छ । कँडेल २१६ मतसहित आज निर्वाचित हुनुभएको हो ।
जनता समाजवादीका पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेपाल बाह्य शक्तिको खेलमैदान बन्दैआएको बताउनुभएको छ । जसपा नेपाल कपिलबस्तुले तौलिहवामा राखेको अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
लुम्बिनी प्रदेशमा शहीद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको छ । रुपन्देहीमा रहेका ६५ जना शहीदपरिवारका सदस्यसँगै सो दिवस मनाइएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने दाबी गर्नुभएको छ । कांग्रेस रुपन्देही क्षेत्र १ ले आज तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन हुँदा बखतको पुरानो सहमति कायम हुनसके सरकारमा जाने बताएको छ। रास्वपाको सोमबार बसेको केन्द्रीय कार्य समितिमा पुनः सहमति हुन सक्यो र जनताको काम गर्ने अवस्था रह्यो भने पछिल्लो अवस्था हेरेर सरकारमा जान सकिने अन्यथा सरकारबाट बाहिरिन पनि सक्ने रास्वपाले जनाएको हो।
बालाजुस्थित गोङ्गबु नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको छ। मजदुर कुटिएको भन्दै सुरु भएको विरोध प्रदर्शन चर्कँदै जाँदा उक्त क्षेत्रमा तनाव भएको हो।
भवन भाडामा लिएर लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सरुवा रोग अस्पताल सञ्चालनको तयारीमा अगाडि बढाएको छ । प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले नागरिक अगुवासँग भेटघाट गर्दै केही स्वास्थ्यकर्मी परिचालन गरेर भवन नबन्दै सेवा प्रदान गरिने बताउनुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। रनिङ शिल्डको नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो। वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा जारी प्रतियोगितामा ३६ विद्यालयको सहभागिता छ।
भोलि (मङ्गलबार) बस्ने भनिएको राष्ट्रिय सभा बैठक सरेको छ । सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले मङ्गलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश सरेको जानकारी दिनुभयो ।