नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौताविपरीत भएको टिप्पणी गरेको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार विज्ञप्तिमार्फत उक्त टिप्प्णी गर्नुभएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ। इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो।
सत्ता निकट नौ राजनीतिक दलका शीर्ष नेताको बैठकले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गरेको छ ।
सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित सशस्त्र प्रहरीका सहायक हवल्दार नगेन्द्र सेनलाई पक्राउ गरेको छ।
गुल्मीको रेसुङ्गा नगरपालिकाद्वारा तम्घासमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सय नागरिकले सेवा लिएका छन् ।
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्य समितिको साधारण सभा पहिलोपटक कालिकोटमा आयोजना हुने भएको छ।
सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ।
नेपाल शिक्षक सङ्घ पाँचथरको अध्यक्षमा होमप्रसाद खनाल निर्विरोध निर्वाचित हुनुभएको छ। निलगिरि मावि सुभाङका प्रधानाध्यापक खनाल आइतबार फिदिममा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो।
दार्चुलामा खाना पकाउने ग्यास लिक (चुहिएर) भएर आगलागी भएको छ । महाकाली नगरपालिका –५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू जन्मेको ठाउँ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पुगेर आँखाका बिरामीको उपचार गर्नुभएको छ । जिल्लाकै दुर्गम तथा बिकट स्थानीय तहको रूपमा रहेको फक्ताङ्लुङ गाउँपालिकामा डा. रुइतले शल्यक्रियासहित आँखाका बिरामीको उपचार गर्नुभएको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शहीदको सपनालाई साकार पार्न सबै लाग्नु पर्ने बताउनुभएको छ । उहाँले शहीदले गरेको बलिदानी र देखेको सपनाअनुसार जनताको जीवनमा अनुभूत गर्नेगरी काम गर्नुपर्ने भन्दै यस्तो बताउनुभएको हो ।
जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पको अनुगमन गरेको छ। पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित पाँच वटा पम्पमा आइतबार समितिले अनुगमन गरेको हो।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।
जोन्टा क्लब काठमाडौंले अन्तर्राष्ट्रिय महिला दिवस र यलो रोज डेको अवसरमा आर्थिक, सामाजिक र सांस्कृतिक उपलब्धिहरूको क्षेत्रमा काम गर्ने १२ महिलालाई सम्मान गरेको छ ।