• १३ असोज २०८१, आइतबार

शिक्षक सङ्घ पाँचथरको अध्यक्षमा होम खनाल

blog

नेपाल शिक्षक संघ पाँचथरको अधिवेशन उद्घाटन समारोहमा उपस्थित अतिथि। तस्बिरः गोरखापत्र।

राधा लुइटेल 

फिदिम, फागुन २१ गते। नेपाल शिक्षक सङ्घ पाँचथरको अध्यक्षमा होमप्रसाद खनाल निर्विरोध निर्वाचित हुनुभएको छ। निलगिरि मावि सुभाङका प्रधानाध्यापक खनाल आइतबार फिदिममा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो।

सङ्घको उपाध्यक्षमा सुरेन्द्र ओझा र फुलकुमारी नेम्वाङ, सचिवमा डिल्ली लुइँटेल, सह–सचिवमा रमेश रेग्मी, सन्तोषकुमार यादव, सरिता तामाङ र सुन्दरी चेम्जोङ चयन हुनुभएको छ। 

सदस्यमा योगेन्द्र बोहोरा, परशुराम अधिकारी, राजेन्द्र राई, गिरिराज हुमागाईँ, इन्दिरा खेबाङ, मालिका सुब्बा र पदमकुमारी फियाक निर्विरोध निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष वीरेन्द्रकुमार खड्काले जानकारी दिनुभयो। 

यसैगरी सङ्घीय प्रतिनिधिमा वीरेन्द्रकुमार खड्का र नरेन्द्रकुमार सम्बाहाम्फे र गोपालप्रसाद पोखरेल, रचना नेम्वाङ र पूर्णमाया तावा तथा प्रदेश प्रतिनिधिमा सुरेन्द्र केरुङ, तिलोचन अधिकारी, रामचन्द्रप्रसाद गुप्ता, अञ्जना राई, आशा आङदेम्बे र जयप्रसाद बास्कोटा चयन हुनुभएको निर्वाचन अधिकृत युद्धनारायण थापाले जानकारी दिनुभयो।