विराटनगरमा ट्याक्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
सीमा क्षेत्रमा बिना अनुमति विदेशी मुद्रा सटही गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान महोत्तरीको सीमानाका भिट्ठामोडबाट ठूलो मात्रामा भारतीय रुपियाँसहित प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले निगरानीमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (सोमबार) बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो ।
काठमाडाैं वसन्तपुर क्षेत्रमा बिहानै देखि होलीको उत्सव सुरु भएको छ । विदेशी पर्यटक देखि स्थानीयहरू समेत वसन्तपुरमा रङ लगाएर होली मनाएका छन् ।
आज हामी समाजका अनेक चरित्रहरूबाट पीडित छौँ । हामी निरन्तर पीडामा हुन्छौँ । त्यो पनि झुर मान्छेकै कारणले । अरू कारणले हुने पीडाको कथा यहाँ समेटिने छैन । झुर मान्छेको पहिचान भनेको उसले आपूmलाई सबैभन्दा विज्ञ ठान्नु । सबैभन्दा मिलनसार ठान्नु । सबैभन्दा गन्यमान्ने ठान्नु । सबैभन्दा लोकप्रिय ठान्नु । अनि अरूले मेरा बारेमा के सोचे होलान् भनेर एक रत्ति पनि नसोच्नु । उसको निजी विचार नै सबैको विचार हो भनेर भ्रम पाल्नु । उसको अभिव्यञ्जना नै शाश्वत हो भनेर ग्रहण गर्नु । अनि अरूले उसको कुरा ध्यान दिएर आनन्द
आमाले हुन् कोखबाट, जन्माएकी हामीलाई बुबाले हुन् पैसा कमाई, हुर्काएका हामीलाई । घरको पिलर बलियो जग, हुन है पिता उनी तिम्रै छोरा हुन पाउ, पिता जुनी जुनी ।।
तेस्रो त्रैमासिक परीक्षा सकिएयो । परीक्षापछि पुस १३ देखि माघ १ गतेसम्म जाडो बिदा भयो । जाडो बिदामा के के गर्ने भनेर मैले योजना बनाएँ । त्यहीअनुसार गृहकार्य र योजना तयार गरेँ । एक दिन बाबा, आमा र दादाहरूसँग त्रिभुवन विश्वविद्यालयमा घुम्न गएँ । त्यहाँ क्रिकेट र ब्याडमिन्टन खेलेर रमाइलो गरियो ।
स्थानीय जनप्रतिनिधिहरूले उच्च तहका नेताहरूको भनसुनबाट हुने बजेट विनियोजन अन्त्य हुनुपर्ने बताएका छन्। ससर्त योजनाको नाममा नेता तथा मन्त्रीको भनसुनकै आधारमा योजना वितरण गर्दा विकास निर्माण नहुने र भए पनि गुणस्तरहीन हुने गरेको भनाइ जनप्रतिनिधिहरूको छ।
कपिलवस्तुको टिक्कर, बुड्ढी, बिजगौरी हुँदै तौलिहवा जोड्ने २२ किलोमिटर सडक कालोपत्रे पूरा हुन सकेको छैन। सडक कालोपत्रे हुन नसक्दा स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य छन्।
हिउँदमा वर्षा नहुँदा अन्न बाली सुक्न थालेको छ। सिँचाइको अभावमा अन्न बाली सुक्दा किसान चिन्तित भएका छन्। हिउँदे बाली लगाएदेखि हालसम्म पर्याप्त वर्षा हुन सकेको छैन। खेतबारीमा रोपेका हिउँदे बाली गहुँ, जौ, आलु, साग तथा गेडागुडीलगायत तरकारी बाली घामले सुक्न थालेका छन्। हिउँद सिजनमा पनि हिउँ नपरेपछि लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा फागुन महिनामा पनि अझै चिसो उत्तिकै छ।
दाङमा सामुदायिक वन समूहले सल्लाको खोटो बिक्री गरेर आम्दानी गर्न थालेका छन्। जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले जङ्गलमा रहेका सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखाैँ रुपियाँ आम्दानी गर्ने गरेका हुन्। योसँगै बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्नाले गर्मी मौसममा डढेलोका कारण सल्ला मर्दै जाने समस्या पनि रहेको छ। वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै गाउँका लागि खानेपानीलगायत सामाजिक कार्यमा लगाउने गरेका छन्।
हिमाली जिल्ला डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सवारी जाँचमा कडाइ गरेको छ। सवारी जाँचमा कडाइ गरिएपछि राजस्वमा पनि वृद्धि भएको छ।