• १३ असोज २०८१, आइतबार

दुर्घटनामा साइकल यात्रीको मृत्यु

blog

विराटनगर, फागुन २२ गते । विराटनगरमा ट्याक्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ इक्राही चोकमा को ३ त ८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाइते हुनुभएकी २८ वर्षे राधादेवी राजवंशीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते राजवंशीलाई नजिकै रहेको नोबेल अस्पतालमा उपचारका लागि राखिएकोमा उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्याक्टर चालकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।