राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आज पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ ।
नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मजदुर वर्गका सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, हक, हित अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गर्नुभएको छ । सोमवार दिउँसो सिनेट कार्यालय, रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुइ देशबीचको पाँच दशक लामो दौत्यसम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आइपियुलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भैरहेको चर्चा गर्नुभयो ।
कवि राजु स्याङतानको कविता सङ्ग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक भएको छ।
उपचार सहजताका लागि सुदूरपश्चिम प्रदेश सरकारले दिएको एम्बुलेन्स स्वास्थ्य संस्था र पालिकाहरुले प्रदेश सरकारलाई नै फिर्ता गर्न थालेका छन् । एम्बुलेन्स बिग्रेपछि खर्चिलो र पहाडी जिल्लाका लागि अनुपयुक्त भएपछि एम्बुलेन्स पाएका स्वास्थ्य संस्था र पालिकाले साढे तीन वर्षमै सरकारलाई एम्बुलेन्स फिर्ता गर्न थालेका हुन् ।
दुर्गम गाउँ भुननडाँडा, भुलुङखाले, किटिनी, भलार्खक, भरातीगाउँ, आरुखर्क, हर्रेडाँडाका बिद्यार्थीलाई बिद्यालयमा टिकाउन निःशुल्क झोला बितरण गरिएको छ । चौतारा साँगचोकगढी नगरपालिका –३ स्थित श्री दक्षिणकाली माध्यमिक बिद्यालयका एक सय २० जना छात्रछात्रालाई झोला बितरण गरिएको सो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक कटुवालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताउनुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो पहिलो प्राथमिकता प्रदेशको आर्थिक समृद्धि रहेको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले सोमवार घोराहीमा आयोजना गरेको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले दैजि–छेला औद्योगिक क्षेत्रको काम अघि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा तालाबन्दी गरिएपछि कामकाज एक महिनादेखि ठप्प भएको छ । नगरपालिका कार्यालयमा गएको चैत १५ गते जनप्रतिनिधि र विभिन्न दलका नेताहरुको नेतृत्वमा सर्वदलीय सङ्घर्ष समितिको नामबाट तालाबन्दी गरिएको थियो । एक महिना बितिसक्दा पनि तालाबन्दी खुलेको छैन ।
चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद (एसियाड)का लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
नेपालको बहुपति प्रथा बारेमा जानकारी गराउने गरी निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हसबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपियाँको सहयोग प्राप्त गरेको छ । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित को–हसबेण्डले जापानको क्युशु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (एक करोड तीस लाख नेपाली रुपियाँ) फिल्म फण्डिङ प्राप्त गरेको हो ।
खार्पुनाथ गाउँपालिकाले आफ्ना गाउँपालिकाका स्थानीयलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेभएको छ । सर्केगार्ड गाउँपालिकाको सलीसल्लाबाट हेलिकोप्टरमा ढुवानी गरेर गाउँपालिकामा पुगाएर सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई सो सेवा प्रदान गर्नेभएको हो ।