• १३ साउन २०८१, आइतबार

‘ओ पेङदोर्जे’ सार्वजनिक

blog

सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई हस्तान्तरण गरेर पुस्तक सार्वजनिक गर्नुहुँदै राजु स्याङतान ।

काठमाडौं, वैशाख १७ गते।  कवि राजु स्याङतानको कविता सङ्ग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक भएको छ। पब्लिकेशन नेपालयको आर शालामा पुस्तक विमोचन गर्नुअघि वक्ता कुनै समय हतियार बोकेर समाज रुपान्तरणमा लागेका राजुले पछिल्लो समय लेखनलाई धारिलो बनाएको टिप्पणी गर्नुभयो। 

कार्यक्रममा नयाँ पुस्ताका कवि राजुका बारेमा अघिल्ला पुस्ताका कवि श्रवण मुकारुङले चिनारी प्रस्तुत गर्नुभयो। त्यस अवसरमा राजुले पुस्तकका दुईवटा कविता वाचन गर्नुभयो। 

सोही समारोहमा पुस्तकको ‘इबुक’ र ‘अडियो बुक’ पनि सार्वजनिक भएको घोषणा गरिएको थियो। कविता सङ्ग्रहमा छ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन्।