नेपाली कांग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनुनहुने बताउनुभएको छ।
नेपाल गल्फ संघको अध्यक्षमा पुनः टासी घले निर्वाचित हुनुभएको छ । संघको शनिबार सम्पन्न छैटौं चुनावी साधारण सभाले तासीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
इन्धनको मूल्य घटेसँगै मेची राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनको भाडादर घटाएको विरोधमा शनिबार यातायात व्यवसायीले यातायात बन्द गरेका छन् ।
झापाको धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधामको झर्नामा पौडी खेल्नेक्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेंगु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो ।
गायिका स्मिता दाहालले नयाँ गीत ल्याउनुभएको छ । करिब एक वर्षको अन्तरालमा उहाँले नयाँ गीत ‘आँखामा गाजल’ ल्याउनुभएको हो ।
चुरे गाउँपालिका वडा ६ सिम्ताकी ७० वर्षीया कृष्णा कार्कीले आफ्नै गाउँघरमा स्वास्थ्य अवस्था जाँच गर्ने मौका पाउँदा खुसी हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताउनुभएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज (शनिबार) अपराह्नबाट सुरु भएको प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।
क्यान्सरका कारण गत चैत २९ गते निधन हुनुभएकी कान्छी प्राध्यापक डा. उर्मिला प्याकुरेलको स्मृतिमा प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गरिने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताउनु भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ को रूपमा विकसित गर्न नगरपालिकाले डस्टबिन वितरण गरेको छ ।
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका – ३ को मेखाला गाउँमा लगाएको बाली जौं, गहुँ र उवा नष्ट भएको छ । चार दिनदेखिको अविरल वर्षासँगै आएको असिना पानीले सो बाली नष्ट गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिकाले पूर्व नगरप्रमुखहरूको सम्मानमा पर्यटन क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा ४ बगाहास्थित माटेखाडी सालघारी क्षेत्रमा आईल्याण्डसहितको मेयर पार्क निर्माण सुरु गरेको छ ।