मुम्बई इन्डियन्सलाई पराजित गर्दै साबिक विजेता गुजरात टाईटन्स १६औँ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा जेठ १५ गतेदेखि २६ गतेसम्म हुने महेन्द्रनारायण निधि राष्ट्रिय टी—२० क्रिकेट प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।
सङ्खुवासभाको मकालु गाउँपालिका –२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ ।
नेपालभर प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताउनुभएको छ ।
महावु गाउँपालिकाका एक हजार नौ सय २९ घर परिवारलाई खानेपानी खुवाउने उद्देश्यले सुरु गरिएको महावु बृहद खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस पूर्ण कार्यान्वयनमा सरकारले प्रतिबद्धता जनाए पनि परिणाम सन्तोषजनक आउन नसकेको बताउनुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका –५ देवीपुर सडकको पीसीसी भासिएको छ । प्रदेश समानीकरण अनुदानमार्फत निर्माण भएको कृषि सडकको पुल नजिकको भाग भासिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताउनुभएको छ ।
कैलालीको ग्रामीण क्षेत्रका महिलाले उद्योग सञ्चालन गरिरहेका छन् । ५० लाख रुपियाँभन्दा बढी लगानीमा महिलाले कुटानी पिसानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
शान्डोङ विमानवाहक सहित तीनवटा चिनियाँ जहाजहरू शनिबार ताइवान स्ट्रेट हुँदै पार भएको यहाँको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ ।
उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नु भएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।