जेठ ५ गतेदेखि बन्द गरिएको मेलम्ची खानेपानी सोमबार बेलुकी देखि काठमाडौं उपत्यका तर्फ छाडिएको छ । सुरुङमा पथान्तरण गरिएको पानी बिहीबार देखि वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ ।
बालबालिकालाई पीर पर्ने वा आघात पुग्ने खालका नकारात्मक व्यवहार वा क्रियाकलापलाई बाल दुर्व्यवहार भनिन्छ । बाल दुर्व्यवहारअन्तर्गत भावनात्मक, शारीरिक र यौन दुर्व्यवहार पर्दछन् । बहकाउमा वा दबाबमा पारेर आफ्नो स्वार्थका लागि प्रयोग गर्नु, भावनात्मक आवश्यकतालाई बेवास्ता गर्नु चित्त दुख्ने गरी गाली गर्नु, आत्मविश्वास तोड्नुलाई भावनात्मक दुव्र्यवहार भनिन्छ भने आफ्नो रिस पोख्न वा अन्य बहानामा पिट्नु शारीरिक, मानसिक र शैक्षिक विकासमा असर पर्ने गरी काममा लगाउनु, गह्रौँ भारी बोकाउनु, विद्यालयमा शिक्षकले सजाय दिनु, कुलतमा लगाउनु, मनोरञ्जनको साधनका रूपमा प्रयोग गर्नु शारीरिक दुव्र्यवहार हो ।
गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा ललितकला क्षेत्रका विभिन्न कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
भाइबहिनीहरू हामी सबै विद्यालय जान्छौँ अनि पढ्छौँ तर हामी पढने कक्षाकोठा कस्तो हुनुपर्छ ? भन्नेबारे हामीले कहिल्यै ख्याल गरेका हुँदैनौँ । सानो उमेरका बालबालिकालाई पढ्नका लािग झन् धेरै अनुकूल वातावरण आवश्यक हुन्छ । साना साना बालबालिकालाई जस्तो सिकायो उस्तै सिक्ने हो । त्यसैले भाइबहिनीहरू हामीले जेठ अङ्कको मुनामा बालबालिकाको सिकाइमा अभिवृद्धि गर्न मङ्गला गाउँपालिकाले गरेको केही राम्रो र उदाहरणीय कामको चर्चा गर्ने छौँ है त ।
“हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारुको । उमेरले ५६ वर्ष लाग्नुभएका उहाँले भन्नुभयो, “पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्यास्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ ।
संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ । समितिका जेठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो ।
तनहुँका सबै पालिकामामा गाई, भैँसीमा देखिएको ‘लम्पी स्किन’ रोग महामारीका रूपमा फैलिएको छ। कैयौँ चौपाया यसै रोगले गर्दा मरेका छन्। दुई हप्ता अघिदेखि रोग फैलिएर गाई, भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन्। समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी गाई, भैँसीलाई एकै थलोमा बाँध्न थालेपछि रोग महामारीका रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ। केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले महामारीले गर्दा छोटो अवधिमै जिल्लाभर ४३ गाई, भैँसी मरेको र ६४८ गाई, भैँसीमा रोग फैलिसकेको जानकारी दिनुभयो।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले योजना र कार्यक्रम तयारीका लागि नागरिकबाट सुझाव सङ्कलन गरेको छ। पालिकाले कृषि र पर्यटनलाई बजेटको विशेष प्राथमिकतामा राख्ने योजना बनाएको छ। नगरपालिकाका प्रमुख लालवीर भण्डारीका अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजनको पूर्वतयारीस्वरूप नागरिकसँग सुझाव सङ्कलन गरिएको हो। सबै वडा पुगेर बस्तीस्तरको योजना छनोट सम्पन्न गरिएको छ। सुझावकै आधारमा जनताको आयआर्जनसँग प्रत्यक्ष जोडिएका सवाललाई प्राथमिकतामा राखेर योजना बनाउन लागिएको प्रमुख भण्डारीले बताउनुभयो।
जेठ महिनाको चर्को घाम र अत्यधिक गर्मीले बाँके राष्ट्रिय निकुञ्जभित्रका अधिकांश प्राकृतिक पोखरीहरू सुकिसकेका छन् ।
मुसीकोट नगरपालिका–१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिँचाइ आयोजना हालै सम्पन्न भएको छ। २०७३ सालमा निर्माण सुरु गरिएको सारापोले नमुना बस्ती सिँचाइ आयोजना सात वर्षपछि निर्माण सम्पन्न भएको हो। वडाध्यक्ष धनबहादुर खड्काले अलपत्र अवस्थामा रहेको सिँचाइ आयोजना निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार २०७३ सालमा साबिक जिल्ला सिँचाइ कार्यालयमार्फत सुरु गरिएको उक्त आयोजना बजेट अभावका कारण अलपत्र थियो। वडा कार्यालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयसँग समन्वय गरेर बजेट प्राप्त गरेपछि अलपत्र आयोजना सम्पन्न गरिएको जनाइएको छ।
सुदूरपश्चिम प्रदेशको विकास निर्माणका लागि महत्त्वपूर्ण मानिएका विभिन्न आयोजनाका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ। यस क्षेत्रको विकासको मेरुदण्ड ठानिएको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण, उत्तर–दक्षिण सडकमार्ग निर्माण, गेटा मेडिकल कलेज सञ्चालन, क्रिकेट मैदान निर्माण, गेटा विमानस्थल विस्तारको योजनालाई बजेटले प्राथमितामा दिएको छ।
बैतडीको सतबाँझको चिनारीका रूपमा रहेको गोल्डेन डेलिसियस जातको स्याउ पुनः फल्न थालेका छन्। छ हजार बोटमध्ये १५० बोटमा यो वर्ष लटरम्मै स्याउका दाना देखा परेका छन्। २०१९ सालमा २९ हेक्टर क्षेत्रफलमा छ हजार स्याउका बोट लगाएर सतबाँझ बागवानी स्थापना भएको हो। एक दशकयता सतबाँझमा हिउँ पर्न छाडेपछि गोल्डेन डेलिसियस जातको स्याउ हराउँदै जान थालेको छ।