कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ सय ८० जना छात्रालाई वितरण गरेको साइकल । तस्बिरः माधव बेल्वासे/रासस
पृथ्वी राजमार्गको मुग्लिन बजार नजिकै मंगलबार दिउँसो बस दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन्। काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस मुग्लिनमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्।
नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि टोलीसँग दक्षिण अफ्रिका नजाने हुनुभएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को गत वैशाख २५ गते बसेको आपतकालिन कार्यसमिति बैठकले पारित गरेको आर्थिक एजेन्डाको विषयमा असहमति जनाउँदै एन्फाका उपाध्यक्षसहित तीन सदस्यले ‘नोट अफ डिसेन्ट’ बुझाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने भएको छ।
सगरमाथा आरोहीद्वय ग्याल्जेन शेर्पा र पेमारिन्जी शेर्पाले सगरमाथाको चुचुरोमा नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख फहराउनु भएको भएको छ।
नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगितामा टिम स्पर्धाको स्वर्ण नेपालले जितेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरेको छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले महिला आन्दोलन समान अधिकारका लागि भएको बताउनुभयो।
गोंगबुको बानियाँटारस्थित काठमाडौं युरो स्कुलले विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन–अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक कला, विज्ञान तथा प्रविधिको प्रदर्शनी गरेको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम टुङ्गो लाग्न सकेन काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै जावलाखेल यूथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि होडमा फर्किएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ।
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ । आज (मङ्गलबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सीमित श्रोत साधन र न्यून जनशक्तिकाबीच पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले देशमा आइपरेका अनेकौँ प्राकृतिक प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरण गर्नमा ठुलो सहयोग पुर्याउँदै आएको बताउनुभएको छ ।