नेपाल प्रहरीले अवैध लागूऔषध कारोबार गर्ने पाँच विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
यहाँका लेकाली भेगका किसानका लागि भेडापालन व्यवसाय राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका कृषकले व्यावसायिक भेडापालनबाट वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताउनुभयो ।
वडा अध्यक्ष वलीलाई घोराही उपमहानगरपालिका-१० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका –४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
भरतपुर महानगरपालिका–१० हाकिमचोकमा रहेका अवैध संरचना हटाइएको छ । महानगरपालिकाले पटक–पटक सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि आज डोजर लगाएर अवैध संरचना हटाइएको हो ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ चार केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका कार्यवाहक सभापति डा. कालुराम राईले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल नेपालका लागि आवश्यक पूर्वाधार विकासमा सरकारले जोड दिएको बताउनुभएको छ ।
हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रूपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गर्नु भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ । फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको उहाँले बताउनुभयो ।
प्रतिनिधि सभाको आजको शून्य समयमा बाढीपहिरो र सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
सप्तकोशीमा व्यावसायिक रूपले सञ्चालनमा ल्याइएका जेटबोट पानीको बहाव बढेसँगै बन्द भएका छन् । अरुण र दूधकोशीमा रोमाञ्चक जलयात्रा गर्ने आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण बनेको जेटबोट कोशीमा आएको बाढीका कारण बन्द भएको हो ।