हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।
“भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारसमक्ष पुर्याउँछन् । सरकार स्वेच्छाचारी भयो भने पनि सरकारलाई काम गर्न बाध्य बनाउँछन् । त्यसैले प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा संसद्लाई प्रतिपक्षको सत्ता मानिन्छ ।”
अफसोस यस कुरामा भयो नारायणलाई, उसले त्यसो किन भन्यो ? भन्न नहुने थियो तर भन्यो र अहिले पश्चात्ताप गर्नु परिरहेछ । कहिलेको बोली कुन किसिमले भनिएको हुन्छ त्यो चाँडै नै सत्य साबित हुनु दुःखद हुन सक्दो रहेछ । यस तथ्यले नारायणलाई भित्रभित्र पोल्दै थियो । उसले असर्फीलाई यत्ति मात्र भनेको थियो, “तपाईंहरू हाम्रोमा आउनुभएन भने आइन्दा हामी पनि आउँदैनौँ ।” यसको अर्थ त सोझो थियो, परस्परको मित्रता कायम रहोस् । कायम मात्र होइन चलायमान रहोस् । अफसोस यसै
मैले मिसाइल त उसको छातीमा दागेँ तर त्यहाँ मर्दै छ उसको आकाश जस्तो भावना कोमल प्रेम र जीवन यता उसले दागेको लेजर मिसाइलले मेरो
अस्ताइसकेको छ आजको घाम बिस्तारै पारि स्वयम्भूको डाँडाबाट मन छैन त्यो ठाडो उकालो उक्लिएर एक्कासि बुद्धका आँखा स्पर्श गरूँ र माने घुमाउँदै, शान्तिको कामना गरूँ
‘कालको ओखती छैन, हुकुमको जवाफ छैन,’ ‘जसको हातमा तरबार उसैको हातमा दरबार’ । यस्ता अनेकौँ राणाकालीन आहान अहिले पनि जनजिब्रोमा छन् । कथित माथिल्लो जातिको पुरुषले कथित ‘पानी नचल्ने’ जातकी महिलालाई ल्याए उसको जात पनि पत्नीकै सरह बनाउने चलन राणाकालीन न्याय व्यवस्थाको एउटा विद्रूप विम्ब थियो, हो ।
“अजिङ्गरको पुछारमा छौँ हामी, टाउको समात्न जाऊँ !” आमदिङबाट हिँड्ने बेलामा निमा आङजु लामाले मलाई भनेथे । अघिल्लो दिन काठमाडौँबाट यहाँ आइपुग्दा गाला ताछ्ने चिसो र हावाको लाछलुछ मेरा लागि शैलुङको स्याँठभन्दा फरक थिएन । बिहानै भुटेको मकै र अरू खित्रिङमित्रिङ झोलामा हालेर निमा घर छेउको बुद्ध प्रतिमातिर लगे । पाँच रङ्गे लुङ्ता घरअघिल्तिर गोलुङ र जङ्गलमा रिलुङ फिर्फिराइरहेथे । नदी र पुलमा टाँगिने लुङ्तालाई जुङलुङ भनिने रहेछ ।
विश्व एन्टिमाइक्रोबियल प्रतिरोध जागरुकता सप्ताह शुक्रबार (यही नोभेम्बर १८ देखि २४ सम्म) सम्पन्न भएको छ । विश्वव्यापी रूपमा नै एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) लाई सबैभन्दा ठुलो स्वास्थ्य खतराका रूपमा लिइन्छ । घरेलु औषधी उद्योगले एन्टिबायोटिक प्रदूषणलाई सीमित गर्न अग्रणी भूमिका निर्वाह गर्न सक्छ ।
कलश विभिन्न कार्यमा प्रयोग हुने एउटा पवित्र पात्र (वर्तन) हो । यसको पूर्वीय संस्कृतिमा आफ्नै महìव र विशेषता रहेको छ । कलश मुख्यतयाः धातु र माटोबाट निर्माण भएको हुन्छ । धातुबाट निर्मित कलशको प्रयोग हुनुपूर्व माटाको कलश नै प्रयोग हुन्थे । कलशलाई घडा, घट, कुम्भ, जलपात्रका रूपमा पनि लिइन्छ भने पूर्वीय वाङ्मयमा कुम्भ, निधि, घट र अमृतपात्रका रूपमा समेत यसको चर्चा पाइन्छ । विभिन्न धार्मिक कृत्य एवं संस्कारमा यसको प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ । पानीले भरिएको तामा,
जनकपुरधामका पोखरीमा पानीको मात्रा घट्दै गएको छ । पर्यावरण प्रदूषण, प्रकृतिको उच्च दोहन र विकासका नाममा भइरहेको विनाशका कारण पोखरी र जलाशयमा पानी घटेपछि त्यसको असर मानव जीवनमा देखिन थालेको छ । ‘बाउन्न कुट्टी, बहत्तर कुण्ड’ का रूपमा परिचित जनकपुरधाममा अहिले छैनन् बहत्तर कुण्ड (पोखरी) । कतिपय पोखरी लुप्त भइसकेका छन् भने कतिको आकार सानो भएको छ । पोखरीको पानी र जमिनको अन्तरसम्बन्ध टुटेको छ । पोखरी नालाका रूपमा परिणत हुन पुगेको छ ।
सप्तकोशी नदीको पूर्वी तटबन्धमा वर्षामा पानीको बहाव रोक्न लगाइएका ‘प्रोकोपाइन’ (त्रिखुट्टी) हराउन थालेका छन् । पानीको बहावबाट पूर्वी तटबन्ध सुरक्षित राख्न हरेक वर्षायाममा कोशीको पूर्वी किनारमा ‘प्रोकोपाइन’ लगाउने गरिएको छ । भारतीय जलसाधन विभागले प्रत्येक वर्ष जोखिमपूर्ण स्थानमा ‘प्रोकोपाइन’ लगाउँदै आएको छ । वर्षा सकिएसँगै कोशी किनारमा लगाइएका ‘प्रोकोपाइन’ को सुरक्षा र हेरचाह नहुँदा चोरी हुन थालेको र यसले बाढीको जोखिम बढाएको छ ।
सिन्धुपाल्चोकको विकट ठाउँ हेलम्बुमा १५ शय्याको अस्पताल भवनको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजना अनुरूप हेलम्बुमा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको उक्त गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । साढे तीनतले उक्त अस्पताल १९ करोड ४३ लाख रुपियाँमा निर्माण भइरहेको हो । यो अस्पतालको गत पुस १ गते अध्यक्ष शेर्पाले शिलान्यास गर्नुभएको थियो । अस्पतालका झ्यालढोका, भित्री काम र फिनिसिङ, रङरोगनलगायतका काम चार महिनाभित्र सकेर अस्पताल गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको ठेकेदार कम्पनीले जनाएको छ ।
मकवानपुरको थाहा नगरमा शनिवारबाट थाहा फिल्म फेस्टिभल–२०२३ सुरु हुँदै छ । पर्यटनका लागि फिल्म फेस्टिभल भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते थाहा फिल्म फेस्टिभल–२०२३ को सम्पूर्ण तयारी पूरा भएको थाहा फिल्म फेस्टिभल–२०२३ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिनुभयो ।
शरीरमा गोलीका छर्रा छन् । कम्मरमुनि क्यान्सर भएको छ, तैपनि मनमा उत्साह बोकेर बैतडीका एक युवा कृषिकर्ममा सव्रिmय छन् । पञ्चेश्वर गाउँपालिका–१, (हालः पञ्चेश्वर–३) कुलाउका दीपक चन्द प्राणघातक रोग क्यान्सरसँग जुद्धै गाउँमा कुखुरा, कालिज, बाख्रा र बङ्गुरपालन गरिरहनुभएको छ । शरीरका अन्य भागमा क्यान्सर रोग फैलिन नदिन उहाँको प्रत्येक तीन महिनामा किमोथेरापी हुने गरेको छ । उहाँले कृषिबाटै खर्चको जोहो गर्दै आउनुभएको छ ।
सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरि पूर्वा नगरपालिकाका शिक्षक विद्यालय बन्द गरेर धर्नामा बसेका छन् । आर्थिक वर्ष २०८०-०८१ सुरु भएको चार महिना बितिसिक्दा समेत नगर सभा हुन नसक्दा यहाँका शिक्षकले तलब पाउन सकेका छैनन् ।