कलश विभिन्न कार्यमा प्रयोग हुने एउटा पवित्र पात्र (वर्तन) हो । यसको पूर्वीय संस्कृतिमा आफ्नै महìव र विशेषता रहेको छ । कलश मुख्यतयाः धातु र माटोबाट निर्माण भएको हुन्छ । धातुबाट निर्मित कलशको प्रयोग हुनुपूर्व माटाको कलश नै प्रयोग हुन्थे । कलशलाई घडा, घट, कुम्भ, जलपात्रका रूपमा पनि लिइन्छ भने पूर्वीय वाङ्मयमा कुम्भ, निधि, घट र अमृतपात्रका रूपमा समेत यसको चर्चा पाइन्छ । विभिन्न धार्मिक कृत्य एवं संस्कारमा यसको प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ । पानीले भरिएको तामा, पित्तल, ढलौट, काँस, सुन, चाँदी, माटो, पत्थरद्वारा निर्मित पात्र नै कलश हो ।
कलशलाई संस्कृतमा घट भनिन्छ । त्यसैले घटलाई पवित्र मानेर कालान्तरमा कलशका रूपमा प्रतिस्थापन गरिएको देखिन्छ । हिन्दु शास्त्रमा अगस्त्य ऋषिको जन्म कुम्भबाट भएको उल्लेख गरिएको छ । त्यसैले अगस्तलाई कुम्भयोनी, घटोद्भव भनेर वर्णन गरिएको पाइन्छ । जसका कारण अगस्त्य ऋषिलाई कलशयोनी भनेर पनि शास्त्रमा उल्लेख गरिएको छ भने पानीका देवता वरुणलाई पूर्णकलशका संरक्षकका रूपमा लिइन्छ । कुनै पनि धार्मिक कार्यमा गणेश, दीपपश्चात कलशको पूजा अर्चना गरिने भएको हुँदा यसको व्यापक महìव रहेको छ । जलपात्र वा कलशले संसारमा जलबिनाको अस्तित्व सम्भव नहुने कुरामा जोड दिएको छ । हिन्दु, बौद्ध र जैन परम्परामा कलशलाई पवित्र पात्रका रूपमा स्थापित गरिएको पाइन्छ ।
बौद्ध धर्मको बज्रयान सम्प्रदायमा कलशलाई विमर्श, विलक्षण, विजय र विचित्र गरी चार प्रकारका हुन्छन् भनी वर्णन गरिएको छ । यस सम्प्रदायमा पूजाआजा एवं धार्मिक कृत्यमा पूर्णकलशको प्रयोग गरिन्छ । बौद्ध सम्प्रदायमा कलशलाई अमृत पात्रका रूपमासमेत उल्लेख गरिएको छ । बोधिसत्व पद्मपाणीले हातमा कलश लिएको देखिन्छ । कलशलाई विभिन्न प्रकारका बुद्धका प्रतीकका रूपमा पनि लिइन्छ । त्यस्तै तिब्बती धार्मिक परम्परामा कलशलाई बुम्पा भनिन्छ । धार्मिक मान्यता अनुसार धार्मिक कृत्यको समापनपछि पूर्ण कलशको जल घरमा छर्कने र व्यक्तिले जलाभिषेक लिने चलन छ । यसो गर्दा घरमा अनिष्ट नहुने, भूतप्रेतले दुःख नदिने, नकारात्मक भाव हटेर जाने विश्वास छ । पूर्ण कलशको जलले सुख, शान्ति, आरोग्य र सकारात्मक ऊर्जाको विकास हुने विश्वास रहेको पाइन्छ । कलशलाई तिब्बतीहरूले अभिताभ बुद्धको प्रतीकका रूपमा पुज्ने गर्दछन् । त्यस्तै बुम्पाको प्रयोग मण्डलामा पनि पाइन्छ ।
त्यस्तै जैन धर्ममा अष्टमङ्गलका रूपमा कलशको प्रयोग गरिन्छ । जैनधर्ममा श्वेताम्बर र दीगम्बरका रूपमा शुभ, समृद्धि र ज्ञानका प्रतीकका रूपमा कलशलाई पुज्ने गरिन्छ । प्रायः नवीन कार्य शुभारम्भ गर्दा होस् वा गृहप्रवेश गर्दा होस् हिन्दु परम्परामा झैँ जैन धर्ममा पनि कलश स्थापना गरिन्छ । उनीहरू कलशलाई समृद्धि र शुभमङ्गलका रूपमा लिने गर्छन् ।
धार्मिक कृत्य पूजाआजामा प्रयोग हुने कलशहरू विभिन्न आकार, प्रकार र शैलीका हुन्छन् । त्यसो त स्कन्दपुराणमा ५० अङ्गुल गोलाकार, १६ अङ्गुल उचाइ र ८ अङ्गुल मुख भएको कलश नै उत्तम कलश हो भनी उल्लेख भएको पाइन्छ । शास्त्रमा वर्णन भए बेगर विभिन्न आकार प्रकार र शैलीका कलशको निर्माण भएको पाइन्छ । कलश टुटी भएका र टुटी नभएका पनि हुन्छन् । यसमा मुख, घाँटी, शरीर गरी मुख्य तीन अवयव हुन्छन् । कलश मानिसको आवश्यकता र रुचि अनुसार समेत निर्माण भएको पाइन्छ । धातुबाट निर्मित विभिन्न बुट्टेदार कलशको अभाव भएमा वा सोको प्रयोग गर्न सम्भव नभएमा माटाका घडा, घैला, घैँटाका साथै करुवा, अम्खोरा, गाग्रीलाई पनि लोक जीवनमा कलशका रूपामा स्थापना गरिने प्रचलन चलेको छ । त्यसरी स्थापना गरिएका कलशलाई चन्दन, अबिर, केशरीले सिँगारेर विभिन्न फूलका गुच्छाका साथै आँप, चाँप, वर, पीपल, अशोकका पातले सजाउने गरिन्छ । त्यस्तै कलशमा शुद्ध जल, गाईको दुध, पानको पात, आँप, केशर, अक्षता, कुमकुम, दुबो, कुश, सुपारी, विभिन्न फूल, धागो, नरिवल चढाइन्छ र धानमाथि प्रतिस्थापना गरिन्छ । कलशको मुखमाथि नरिवल राखेर त्यसको शिरमा रातो कपडा वा धागो बाँधिन्छ र अबिर हालेर रङ्ग्याइन्छ । कलशलाई विभिन्न फलफूल चढाएर चन्दनले विभूषित गर्नुपर्ने कुरा स्कन्द पुराणमा उल्लेख गरिएको छः
सौवर्ण कलशं रम्यं रोष्य ताम्रमथापि वा
निर्दोष मृणमयं चापि चन्दनेव विलोपयेत् ।
धार्मिक कृत्यका अलवा कसैको स्वागत वा बिदाइमा पनि कलश स्थापना गर्ने लोक परम्परादेखि चलिआएको छ । कलशलाई शुभ, मङ्गल, ऐश्वर्य, समृद्धि, सम्पन्नता र सौभाग्यका रूपमा लिइन्छ । नेपाली लोकजीवनमा विभिन्न धार्मिक कृत्य, यज्ञ, हवन, पूजाआजा, संस्कार गर्दा कलशको स्थापना गरिन्छ भने कार्यालय उद्घाटन, सवारी, स्वागत वा बिदाइमा प्रवेशद्वारको दायाँबायाँ कलश स्थापना गरिन्छ । ऋग्वेद, सामवेद र यजुर्वेदमा कलश महिमाका बारेमा उल्लेख गरिएकोछ ।
विभिन्न देवीदेवतासँग कलशको सामीप्यता पनि रहेको छ । भैषज्य भगवानको हातमा रहेको औषधिमणि, वसुन्धरा देवीको हातमा रहेको अमृत कलश, कुबेरको हातमा रहेको पैसाको थैलो, ब्रह्माको हातमा पनि कलश रहेको देखिन्छ ।
त्यसो त ऋग्वेदमा कलश नामका राजाको वर्णन पाइन्छ भने महाभारतमा कलशोदर गणको वर्णन पाइन्छ । विभिन्न देवीदेवताका प्रतीकका रूपमा कलशलाई लिन सकिन्छ । त्यस्तै देवीदेवताको वाहनका रूपमा समेत कलशलाई चित्रण गरिएको पाइन्छ । कलशलाई अमृत घडा वा मङ्गल कलशका रूपमा पनि चित्रण गरिएको पाइन्छ । समुद्र मन्थनको प्रतीकका रूपमा वा सुखसमृद्धिको प्रतीकका रूपमा कलशलाई पूजाघरमा राख्नु उत्तम मानिन्छ । समुद्र मन्थनको पूर्ण कलशसँग पनि सम्बन्ध रहेको पाइन्छ । अमृत मन्थनको समयमा मन्दराचल पर्वत मन्थन गर्दा अमृत निस्किएको थियो । जसलाई पूर्ण कलशसँग तुलना गर्दा कलशमा राखिएको जटायुक्त नरिवल मन्दराचल पर्वत हो । उक्त कलशमा बाँधिएको धागो बासुकी नाग हो । कलशमा रहेको जल क्षीर सागर होे भने उक्त कलश चाहिँ स्वयं विष्णु भगवान हुन् ।
त्यस्तै मन्दिर वा चैत्यमा पनि कलशको प्रयोग भएको देख्न सकिन्छ । वास्तुशास्त्र वा साहित्यमा कलशले मन्दिर वा चैत्यको गजुरलाई बुझाउँछ । प्रायः मन्दिर निर्माण सम्पन्न भइसकेपछि यसको शीर्ष भागमा कलशलाई गजुरका रूपमा स्थापना गरिन्छ । जसले मन्दिर वा चैत्य पूर्ण छ भन्ने अर्थबोध गराउँछ । तर कुनै कुनै मन्दिरमा पूर्ण कलशलाई नै देवीदेवताको प्रतीकका रूपमा पूज्ने गरिएको पाइन्छ । त्यस्ता देवीहरूमा अन्नपूर्णा, तुलजा भवानी, वत्सला देवी, (पुरानो) गुह्येश्वरी प्रमुख मानिन्छन् । यी देवीका मन्दिरमा देवीको प्रतीक स्वरूप कुनै पनि मूर्ति रहेको पाइन्न, त्यहाँ जल पात्र र कुण्ड मात्र रहेको देख्न सकिन्छ ।
हालसम्म प्राप्त कलशमध्ये राष्ट्रिय सङ्ग्रहालयमा रहेको वरुणको मूर्तियुक्त कलश हालसम्मकै सबैभन्दा पुरानो कलश होे । जुन कलश दोस्रो शताब्दीको भएको अनुमान गर्न सकिन्छ । त्यस्तै जैसीदेवलको पूर्वपट्टि राजा वसन्तदेवको शिलालेख अगाडि पत्थरका पूर्ण कलश संरक्षित छन् । ती तीन वटा कलश आकर्षक देखिन्छन् । त्यस्तै पशुपतिमामा पनि पत्थरको कलश रहेको पाइन्छ । जसलाई लिच्छविकालीन कलश मान्न सकिन्छ । पूर्ण कलशलाई पूर्णघट, भद्रघट, साधनकलश, सर्वाधसिद्ध कलश, सुवर्णकलश, अष्टमङ्गल कलशका रूपमा पनि उल्लेख गरिएको पाइन्छ । त्यस्तै विभिन्न शिलालेख तथा अभिलेखका शिरोभागमा कलशकोे प्रतीक कुँदिएको देख्न सकिन्छ भने विभिन्न चित्र, मूर्ति, पौभा, थान्का आदिमा समेत कलशको प्रयोग गरिएको देखिन्छ ।
हिन्दुहरूको महान् पर्व बडादसैँको पहिलो दिन घट वा कलशको स्थापना गरेपछि नै विधिवत् रूपमा दसैँको प्रारम्भ हुन्छ । यस दिन घर घरमा कलश स्थापना गरेर देवीको आह्वान गरिन्छ । देवीका प्रतीकका रूपमा घरमा घट स्थापना गरिएको हो । यस अवधिमा नौ दिनसम्म विभिन्न देवीको उपासना गर्दै घटको विशेष रूपमा पूजाअर्चना गरिन्छ । दशमीका दिन उक्त घटको जलले सबैलाई अभिषेक गरिन्छ र घरका विभिन्न ठाउँमा उक्त कलशको जल छर्कने गरिन्छ । धार्मिक कृत्यबाहेक जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा कलशको प्रयोग हुने गरेको छ । तर मृत्यु संस्कारमा प्रयोग गरिने कलश पृथक् खालको पाइन्छ र यो अन्य प्रयोजनमा प्रयोग गरिन्न । मृत्यु संस्कारमा प्रयोग गरिने कलश ठुलो पेट, सानो घाँटी र फुकेको मुख भएको पेटबाट टुटी निस्केको लाम्चो खालको हुन्छ । मृत्यु संस्कारमा प्रयोग गरिने जलपात्र वा कलशलाई झारी भनिन्छ ।
हिन्दुहरूको विवाह संस्कारमा जन्ती प्रस्थान गर्नुपूर्व कलश बोकेर अगाडि लैजाने प्रचलन छ । यो कलश भने मन्दिर आकारका हुन्छ । त्यस्तै स्वयंवरमा दुलहीले जलकलशले वरको परिव्रmमा गर्ने र माला पहि¥याउने चलन छ । दनुवार जातिमा व्रतबन्ध गर्दा दिदी वा मामाले नयाँ करुवा, गाग्री, थाल, कोसेली ल्याउने र नयाँ गाग्रीमा पानी भरेर त्यसमा विभिन्न प्रकारका फूल राखी कलश स्थापना गर्ने चलन छ । श्रीमद्भागवत सप्ताह सञ्चालन गर्नुपूर्व कलश यात्रा गर्ने प्रचलन पनि लोकजीवनमा चलेको छ । त्यस्तै नेपाल र भारतमा प्रचलित बोलबम परम्परामा पनि विभिन्न जलाशयबाट कलशमा ल्याइएको जल शिवालयमा चढाउने गरिन्छ । यस्तै मत्स्येन्द्रनाथ यात्रामा पनि कलशको विशेष महìव रहन्छ ।
पूजा गर्दा पूर्ण कलशको मुखमा पञ्चपल्लवका रूपमा आँप, बर, पीपल, अशोक र अमलाका पात राख्ने गरिन्छ । कलशमा ५, ७ वा ११ वटा पातहरू राखेर शुद्ध जलले भरिन्छ । जलका साथसाथै कलशमा कहिलेकाहीँ सिक्का, सुन, चाँदी, अन्नले पनि पूर्ण गरिन्छ । पूर्ण कलशका पाँच चव्रm वा भाग रहेका छन्– जसमा घट अर्थात् कुम्भलाई पृथ्वी, कुम्भको बिचको भागलाई जल, कुम्भको घाँटीलाई अग्नि, कुम्भको मुखलाई वायु र कुम्भमाथि राखिएको आँपको पत्रलाई आकाश मानिएको छ । कलशको मुखमा रहेको नरिवललाई सहस्रचव्रm र कलशको पिँधलाई मूलधराचव्रmका रूपमा शास्त्रमा उल्लेख गरिएको छ । कलशको मुखमा विष्णु, कण्ठमा रुद्र र मुखमा ब्रह्मा र मध्यभागमा मातृशक्ति देवीदुर्गाको निवास रहेको कुरा शास्त्रमा उल्लेख भएको छ :
कलशस्य मुखे विष्णुः कंठे रुद्रः समाश्रितः
मूले तत्र स्थितो ब्रह्म मध्ये मातृगणाः स्मृता
कुक्षौ तु सागराः सर्वे सप्तद्वीपा वसुन्धरा
ऋग्वेदो अथ यजुर्वेदः सामवेदो ह्यथवर्णः ।
ऋग्वेदमा सोम कलश, चन्द्रकलश, इन्द्रकुम्भ, पूर्णघट, भद्रघट, मङ्गलघट आदि प्रकारका घट वा कलशका बारेमा चर्चा गरिएको छ । पूर्ण कलश शुभ मङ्गल वा गणेशको प्रतीक हो । पूर्णकलशको प्रयोग सबै हिन्दु कृत्यमा हुने गरेको पाइन्छ । जसमा चढाइने आँपको पातलाई कामदेव वा प्रेमका रूपामा चर्चा गरिएको पाइन्छ । जसले संसारमा वंशवृद्धिमा सहयोग पु¥याउँछ । नरिवल अन्न र पैसाले समृद्धि, धनसम्पत्तिलाई बुझाउँछ । जलले सम्पूर्ण जीवनको सारतìवलाई बोध गराउँछ । वेदका अनुसार पूर्णकलशलाई जीवनको आधार वा स्रोतका साथै विश्व ब्रह्माण्ड र भू–पिण्डको प्रतीक पनि मानिन्छ । त्यस्तै कलशमा लगाइने स्वस्तिक चिह्नले बाल, युवा, प्रौढ र वृद्धावस्थालाई समेत सङ्केत गर्दछ ।