यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् ।
महिला हिंसा अन्त्यका लागि हिंसाविरुद्धका सचेतना कार्यक्रम आवश्यक रहेको बताइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन तानसेन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक सङ्घको ४९ औँ स्थापना दिवस र २९ औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।
गाउँ र बनपाखामा बज्ने बाँसुरीको धुन पछिल्लो समय बज्न छाडेका छन् । बजाउने युवाहरू नभएपछि बनपाखामा सुनिने बाँसुरीको धुन दुर्लभ हुन थालेको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने छ । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्नुहुँदै उहाँले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिनुभयो ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।
इलाका प्रशासन कार्यालय खोटाङले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई स्थानीय स्तरबाटै राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ कार्यालयले खोटाङ बजारमा स्थायी दर्ता स्टेसन सञ्चालनमा ल्याइएको हो ।
चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ । चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह कक्षमा पठाएको हो ।
हमास र इजरायलबिचको युद्धविराम सम्झौतापछि हमास आम नागरिकहरू हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरूलाई खाना, पानी, चिकित्सा आपूर्ति र अन्य आवश्यक मानवीय वस्तुहरूको साथ सहयोग गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनः गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समिति मध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनः गठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यमीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद पाँच-पाँच हजारसहित पुरस्कृत गरेको हो ।
इलामको पर्यटकीय क्षेत्र पाटेनागीमा दुर्लभ चस्मे उल्लु (उलुक) फेला परेको छ । वाइडलाइफ फोटोग्राफर देवेन खरेलले चरा खोजी गर्ने क्रममा पाटेनागी क्षेत्रमा पर्ने पुवामझुवाको चैतेमा (ब्राउन उड उल) नामको यो चराको तस्बिर खिच्न सफल भएको बताउनुभयो ।
स्याङ्जामा यस वर्ष सुन्तला उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा करिब २५ प्रतिशत कम हुने देखिएको हो ।